Asbin Dhital A Change

Asbin Dhital A Change समाज परिवर्तन को आशा बोकेर हिडेको एक खुल्ला पन्छी 🇳🇵🇳🇵🇳🇵
(4)

मैनाचरीमार्ग व्यवस्थापनबारे स्थानीयको छलफल‼️शिवसताक्षी । आज मिति २०८३ साल ४ महिना २४ गते मैनाचरीमार्ग का स्थानीय जनसमुदा...
09/08/2026

मैनाचरीमार्ग व्यवस्थापनबारे स्थानीयको छलफल‼️

शिवसताक्षी । आज मिति २०८३ साल ४ महिना २४ गते मैनाचरीमार्ग का स्थानीय जनसमुदायको भेलाले बाटोको संरचना तथा सरसफाइ, खुला चौपाया नियन्त्रण र बाटोको कुल क्षेत्र कायम गर्ने लगायतका विषयमा छलफल गरी आवश्यक निर्णय गरिएको छ। भेलामा मार्गलाई व्यवस्थित, सफा तथा सुरक्षित बनाउने विषयमा स्थानीयवासीबीच सहमति भएको छ।
#आफ्नो_ठाउँ_आफैं_बनाउँ।

आज शनिबार, श्रमबार! 🌿आज मिति २०८२ साल साउन ९ गते, मैनाचरी प्रा.वि.को परिसरमा अत्यधिक घाँस पलाएको हुँदा झार नियन्त्रणका ल...
25/07/2026

आज शनिबार, श्रमबार! 🌿

आज मिति २०८२ साल साउन ९ गते, मैनाचरी प्रा.वि.को परिसरमा अत्यधिक घाँस पलाएको हुँदा झार नियन्त्रणका लागि औषधि छर्किने, विद्यालय परिसर सरसफाइ गर्ने तथा फूलबारी गोडमेल गर्ने कार्यक्रम विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घको उपस्थितिमा सफलतापूर्वक सम्पन्न गरियो।

यस श्रमदान कार्यक्रममा सहभागी भई अमूल्य समय, श्रम र सहयोग प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं। 🙏



आज मिति २०८३/ ३ / १३ गतेका दिन मैनाचुली सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा विभिन्न प्रजातिका वृक्षरोपण कार्यक्रममा सह...
27/06/2026

आज मिति २०८३/ ३ / १३ गतेका दिन मैनाचुली सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा विभिन्न प्रजातिका वृक्षरोपण कार्यक्रममा सहभागी हुने अवसर मिल्यो प्रकृति जोगाउने यो सुन्दर कार्यक्रम आयोजना गर्नुभएकोमा आयोजक समितिलाई धेरै धेरै धन्यवाद।।
ियाली

30/05/2026

“प्रविधिसँगै आधुनिक कृषि अभियानलाई अघि बढाउँदै आज (बिहाड) धान खेतीको पहिलो चरणअन्तर्गत खेत जोत्ने कार्य सम्पन्न गरियो। कृषि क्षेत्रलाई आत्मनिर्भर, उत्पादनमुखी र व्यवसायिक बनाउन आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको छ। किसानको श्रम र प्रविधिको संयोजनले समृद्ध कृषिको आधार तयार गर्ने विश्वास लिएका छौं।”🌾🙏❤️
#प्रविधि_सँगै_खेतीपाती #किसान_कर्म

बिहाड गराको पहिलो चरणको जोताई सम्पन्न गरियो। अनि तपाईँले बिहाड गरो बनाउनुभयो त??; 🌾 🌾🙏❤️ #प्रविधि_सँगै_खेतीपाती   #किसान...
30/05/2026

बिहाड गराको पहिलो चरणको जोताई सम्पन्न गरियो। अनि तपाईँले बिहाड गरो बनाउनुभयो त??; 🌾 🌾🙏❤️
#प्रविधि_सँगै_खेतीपाती

#किसान_कर्म

17/05/2026

शिवसताक्षी नगरपालिका वार्ड नं. ११ को परिसरमा आयोजित वृक्षरोपण तथा सरसफाई कार्यक्रम सभ्य, भव्य र उत्साहजनक वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। वातावरण संरक्षण र स्वच्छ समाज निर्माणको उद्देश्यले आयोजित कार्यक्रममा स्थानीयवासी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सुन्दर कार्यक्रम आयोजना गर्नुभएको आयोजक समितिलाई धेरै धेरै धन्यवाद 🌱✨❤️🙏
- NYFN shivasatakshi

**"मैनाचरी आधारभूत विद्यालयको ग्राउन्ड सरसफाई गर्दै आज शनिबार। 🌱🧹**हाम्रो विद्यालय, हाम्रो गौरव! विद्यालयको वातावरणलाई स...
16/05/2026

**"मैनाचरी आधारभूत विद्यालयको ग्राउन्ड सरसफाई गर्दै आज शनिबार। 🌱🧹**
हाम्रो विद्यालय, हाम्रो गौरव! विद्यालयको वातावरणलाई स्वच्छ र सुन्दर बनाउने उद्देश्यका साथ आज शनिबारको बिदाको दिन विशेष सरसफाई कार्यक्रम सम्पन्न गरियो।
यो सत्कर्ममा आफ्नो अमूल्य समय दिएर स्वतःस्फूर्त रूपमा उपस्थित भई श्रमदान गर्नुहुने सम्पूर्ण आदरणीय दाजुभाइ, दिदीबहिनी तथा सहयोगी मनहरूमा हृदयदेखि नै हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौ। 🙏✨
'स्वच्छ वातावरण, स्वस्थ जीवन' — सामूहिक प्रयासले जे पनि सम्भव छ! 💪 ❤️
#श्रमदान #सरसफाई #सामूहिकप्रयास #मैनाचरी_आधारभूत_विद्यालय #शनिबारको_सदुपयोग

04/05/2026

24/03/2026

हल्का असिना सहित सिमसिम पानी परिरहेको अवस्था छ है हाम्रोतिर अझै रोकिएको भने छैन। 👋🌧️

श्री मैनाचरी आधारभूत विद्यालयमा अध्ययनरत कक्षा १ र २ का २५ जना जेहेन्दार विद्यार्थी भाइबहिनीहरूलाई स्वर्णलक्ष्मी साकोसको...
22/03/2026

श्री मैनाचरी आधारभूत विद्यालयमा अध्ययनरत कक्षा १ र २ का २५ जना जेहेन्दार विद्यार्थी भाइबहिनीहरूलाई स्वर्णलक्ष्मी साकोसको १७औँ स्थापना दिवसको अवसरमा संस्थाद्वारा विद्यालय ब्याग वितरण गरिएकोमा विद्यालय व्यवस्थापन समितिको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। यस सहयोगले विद्यार्थीहरूमा थप हौसला र प्रेरणा मिल्ने विश्वासका साथ संस्थाको निरन्तर प्रगति तथा उज्ज्वल भविष्यको कामना गर्दछौँ।🙏❤️

Address

Jhapa District

Telephone

+9779816073187

Website

Alerts

Be the first to know and let us send you an email when Asbin Dhital A Change posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category