हरिवन सर्लाही

हरिवन सर्लाही Harion Municipality is one of the new Municipality declared by Nepal Government on May 18, 2014. It is situated in Sarlahi District Janakpur zone, Nepal.

Holi हरिवन सर्लाही
05/03/2026

Holi हरिवन सर्लाही

विगत २,३ दिन देखी पुर्बी तराईका धेरै जिल्लाहरु जस्तै सर्लाही , सुन्सरी, रौतहट, सिराहा, सप्तरी लगायतका अन्य ठाउँहरुमा दिन...
24/01/2025

विगत २,३ दिन देखी पुर्बी तराईका धेरै जिल्लाहरु जस्तै सर्लाही , सुन्सरी, रौतहट, सिराहा, सप्तरी लगायतका अन्य ठाउँहरुमा दिनभर जस्तो हुस्सु लाग्ने, मौसम धुम्मिने, बिहान देखी लगभग बेलुका सम्मै सितलहर पर्ने (पानी परे जस्तो हुने) हुन र अत्यधिक चिसो बढन थालेको छ। येस्तो बेलामा सकेसम्म घरैमा बस्ने, तातो खानेकुराहरु खाने, न्यानो कपडाहरु लगाउने काम गर्नु होला। आफ्नो अनि आफ्नो परिवारको पनि मज्जाले ख्याल राख्नु होला।🙏🏻

Be Safe
07/01/2025

Be Safe

06/01/2025

चीनमा फैलिएको एचएमपीभी भाइरस भारत पुग्यो

नागरिक काठमाडौँ २२ पुस

चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पुगेको छ। यसको पहिलो संक्रमित बेंगलुरुमा फेला परेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

जानकारी अनुसार आठ महिनाकी बालिकामा यो संक्रमण देखिएको हो।

राज्यको स्वास्थ्य विभागले अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एचएमपीभी भाइरस पुष्टि भएको जानकारी दिएको छ। कर्नाटक स्वास्थ्य विभागले केन्द्र सरकारलाई यसबारे जानकारी गराएको भनेको छ।

काठमाडौँ, पुस २२ गते । शङ्कास्पद लागेर रोकिएका एक लाख दुई हजार सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को वास्तविकतामाथि अध्ययन ...
06/01/2025

काठमाडौँ, पुस २२ गते । शङ्कास्पद लागेर रोकिएका एक लाख दुई हजार सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को वास्तविकतामाथि अध्ययन सुरु भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले मातहतका यातायात कार्यालयमार्फत लाइसेन्स सक्कली वा नक्कली हुन् भन्ने विषयमा अध्ययन सुरु गरेको हो ।
सम्बन्धित कार्यालयका ढड्डामा भएको रेकर्डलाई आधार मानेर अध्ययन सुरु गरिएको हो । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाका अनुसार बागमतीका यातायात कार्यालयहरूले ती लाइसेन्सको अध्ययन गरेपछि सक्कली भए सम्बन्धितलाई वितरण गरिने छ । पहिचानका क्रममा लाइसेन्स नक्कली भएको देखिएमा नस्ट गरिने निरौलाले बताउनुभयो ।

यसअघि विभिन्न कार्यालयबाट वितरण गरिएका एक लाख दुई हजार नयाँ लाइसेन्स नक्कली रहेको भन्ने शङ्का लागेपछि रोक्का गरिएको थियो । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले रोक्का भएका लाइसेन्सको ढड्डासँग दाँजेर विवरण ठिक भए खुला गर्ने प्रव्रिmया सुरु भएको बताउनुभयो ।

उहाँले लाइसेन्स जारी गर्ने र रद्द गर्ने अधिकार प्रदेशका यातायात कार्यालयलाई भएकाले चेकजाँच गरी ढड्डा अनुसार ठिक भएका लाइसेन्स खुला गर्नुपर्ने बताउनुभयो ।

उहाँका अनुसार नक्कली भनेर रोक्का गरिएको लाइसेन्स सम्बन्धित यातायात कार्यालयले ढड्डामा भएको रेकर्डसँग विवरण नभेटिए रद्द हुने छ । त्यस्तै लाइसेन्समा ‘ए’, ‘बी’, ‘सी’ को उल्लेख गरिएको भए पनि ढड्डामा ‘बी’ मात्रै रहे पनि चालकले ‘बी’ श्रेणीको मात्रै लाइसेन्स पाउने छ ।

सचिव निरौलाले उपत्यकाको एकान्तकुना, चाबहिल, भक्तपुर, ठुलो भर्‍याङ्ग लगायतका कार्यालयबाट चेकजाँचको काम भइरहेको जानकारी दिनुभयो । गोरखापत्रबाट

विभागले नक्कली लाइसेन्स प्रकरणमा आन्तरिक अध्ययन पनि गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान अयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानपश्चात् यातायात कार्यालयकै कर्मचारी पव्रmाउ परेका थिए । लिखित र ट्रायल नै नदिई लाइसेन्स बनाएका तथा अरूका नाममा लाइसेन्स लिएकाहरू धेरै भेटिएको विभागले जनाएको छ ।

पछिल्लो समय स्मार्ट लाइसेन्सको नियमन गर्न ट्राफिक प्रहरीलाई स्मार्टफोन हस्तान्तरण भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौँमा लाइसेन्स चेकजाँचका लागि झन्डै दुई सय थान मोबाइल प्रहरीलाई हस्तान्तरण गरेको थियो । हाल ट्राफिक प्रहरीले स्मार्ट फोनमार्फत चेकजाँच गर्दै आएको छ ।

२०७२ देखि स्मार्ट लाइसेन्स लागु भएपछि छपाइको काम निरन्तर बाँकी रहँदै आएको छ । उहाँले नक्कली लाइसेन्सको बिगबिगी हुन थालेको बताउनुभयो । उहाँले परीक्षा पास गरेकाले लाइसेन्स कार्ड पाउन कम्तीमा दुईदेखि तीन वर्षसम्म कुर्नुपर्ने अवस्थाले पनि यस्ता समस्या ल्याएको बताउनुभयो । विभागका अनुसार हालसम्म २८ लाखप्रति लाइसेन्स छाप्न बाँकी छ ।

काठमाडौँ, पुस २२ गते । शङ्कास्पद लागेर रोकिएका एक लाख दुई हजार सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को वास्तविकतामाथि ....

06/01/2025

पाँच दिनदेखि बेपत्ता सर्लाहीका व्यवसायी प्रसाईंको शव उखुबारीमा गाडेको भेटियो

सजिलो खबर
प्रकाशित मिति : पुस २१, २०८१ आईतबार

सर्लाही, २१ पुस । सर्लाहीको हरिवनमा ६ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ।

हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा आज शव फेला परेको प्रहरीले जनाएको छ।

उखुबारीमा गाडेको अवस्थामा फेला परेको शवको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो।

मृतक प्रसाईं गत पुस १५ गतेदेखि बेपत्ता थिए। पुस १५ गते बिहान बरहथवा पैसा लिन जान्छु भनेर हिँडेका प्रसाईं साँझ अबेरसम्म पनि नफर्किएपछि परिवारले खोजी गरेको थियो।

कतै फेला नपरेपछि पुस १६ गते बिहान इलाका प्रहरी कार्यालय हरिवनमा निवेदन दर्ता गरेका प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो।

परिवारले १६ गते बेपत्ता भनेर निवेदन दर्ता गरेपछि प्रहरीले उहाँको निरन्तर खोजी गरिरहेको थियो, प्रहरी उपरीक्षक श्रेष्ठले भन्नुभयो, खोजतलासको क्रममा उहाँले लगाएको जुत्ता फेला परेपछि प्रदेश प्रहरी कार्यलयबाट कुकुर ल्याएर खोजी गरेका थियौँ। पुस १८ गते सोही वडाको नहर छेउमा मोटरसाइकल र च्यातिएको फोटोसमेत फेला परेको थियो। त्यसपछि १९ गते घटनास्थलको केही किलोमिटरको दूरीमा पर्स फेला परेपछि खोजी तीव्र पारिएको थियो। शनिबार उखुबारीमा शव गाडेको अवस्थामा फेला परेको हो।

उहाका अनुसार प्रादेशिक अस्पतालका चिकित्सक र जिल्लाका सुरक्षा अधिकारी, सरकारी वकिलसमेतको उपस्थितिमा खाल्डो खनेर शव निकालेको हो।

प्रारम्भिक मुचुल्कापछि शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ। अनुसन्धान कार्यमा बाधा पुग्ने भन्दै निजहरूको पहिचान भने गोप्य राखिएको प्रहरीले जनाएको छ। प्रसाईंको हत्यापछि गाउँ त्रासमा परेको छ। मृतक प्रसाईंले इँटा भट्टा सञ्चालन गर्दै आउनुभएको थियो।

सर्लाही हरिओन-११ बासाटोल निवासी रमेश मगर भाईलाई बिगत केही समय देखि भास्कुलरAAA रोग को कारण ग्रस्त भै हाल टिचिङ्ग मनमोहन ...
22/12/2024

सर्लाही हरिओन-११ बासाटोल निवासी रमेश मगर भाईलाई बिगत केही समय देखि भास्कुलरAAA रोग को कारण ग्रस्त भै हाल टिचिङ्ग मनमोहन हस्पिटल मा अप्रेसन भएको कारण ले उहाँको आर्थिक अवस्था कमजोर रहेको कारण ले हामी नजिक का साथिभाई हरुले सकेको सहयोग गरेका छौ र सहयोगी मन का धनि साथिभाई हरुलाई धेरै धेरै धन्यबाद,,,,,❤️❤️🙏🙏

Address

Harion
Janakpur
977

Website

Alerts

Be the first to know and let us send you an email when हरिवन सर्लाही posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share