04/09/2026
श्री कृष्ण जन्माष्टमी पूजा तथा महोत्सव निमन्त्रणा सार्वजनिक सूचना
आदरणीय नगरवासी तथा श्रद्धालु भक्तजनहरू,
भक्ति, प्रेम र निष्काम कर्मका प्रणेता भगवान श्री कृष्णको पावन जन्मोत्सव (श्री कृष्ण जन्माष्टमी) को शुभ उपलक्ष्यमा हरेक वर्ष झैँ यस वर्ष पनि जनकपुरधाममा भव्य पूजा अर्चना आयोजना गर्न लागिएको सहर्ष जानकारी गराउँदछौँ। यस पवित्र र उल्लासमय धार्मिक वातावरणमा यहाँहरूको गरिमामय उपस्थिति, दर्शन एवं प्रसाद ग्रहणका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।
कार्यक्रम मिति २०८३/०५/१९ गते राती १२:०० बजे: भगवान श्री कृष्णको जन्मोत्सव (प्राकट्य)
पूजा मिति २०८३/०५/२० गते महाप्रसाद वितरण यहाँहरूको गरिमामय उपस्थितिले कार्यक्रमको शोभा बढाउनेछ। सनातन धर्म र संस्कृतिको यस महामहोत्सवमा सहभागी भई पुण्यको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
आयोजक:
जनकपुरधाम उपमहानगरपालिका
स्थान: जनकपुरधाम गौशाला
जनकपुरधाम उपमहानगरपालिकामा १२ कुवा ।