18/01/2015
अनौपचारिक शिक्षा औपचारिकतामै सीमित हुँदै ||
जनकपुरधाम, ३ माघ ।
धनुषामा साक्षर नेपाल अभियान कार्यक्रम (अनौपचारिक शिक्षा) संचालन हुन सकेन ।
पूर्व निर्धारित तालिका अनुसार माघ २ गतेदेखि साक्षर नेपाल अभियान कार्यक्रम जिल्लाको ८८ गाविसमा संचालन हुनुपर्ने थियो । संस्था छनौटमा सहमति जुट्न नसकेपछि कार्यक्रम संचालन हुन नसकेको हो ।
गएको मंसिर महिनाको अन्तरतिर कार्यक्रम संचालनको लागि संस्थाहरुबाट प्रस्तावना मागेको थियो ।
कार्यक्रम संचालनको लागि संस्थाहरुले पेश गरेको प्रस्तावनासहितको कागजातको छानवीन गरी कोटा निर्धारणको काम पुस महिनाको पहिलो सातासम्म टुंगो लगाउनुपर्ने थियो । संस्था छनौट उपसमितिले संस्थाको टुंगो लगाउन नसक्दा तोकेको समयमा कार्यक्रम सुरु हुन सकेको छैन् ।
संस्था छनौटतर्पm जिल्ला शिक्षा कार्यालय गंभिर नरहेको उपसमिति सदस्य समेत रहेका नेपाल शिक्षक युनियन धनुषाका सचिव सुरैतलाल यादवले आरोप लगाए । जिल्ला शिक्षा कार्यालयको हेलचक्रयाईले गर्दा कार्यक्रम संचालनमा ढिलाई भएको छ, उनले भने–‘कार्यालयले चाहे एकदिनमै टुंगो लाग्छ ।’ यादवका अनुसार संस्थाको कागजात छानवीन गरी छनौट गर्ने काम समेत पूरा भइसकेको छ । कोटा वितरणमा मात्रै सहमति हुन सकेको छैन् । संस्था छनौट को काम दुई साता अघि नै पूरा भइसकेपनि अन्य कामहरु अघि बढ्न नसकेकोले माघ २ मा कार्यक्रम प्रारम्भ हुन नसकेको उनले दावी गरे ।
गणितीय हिसाबले कोटा वितरण गरी कार्यक्रम संचालनको तयारी आपूmहरुले गरेपनि अनावश्यक बखेडा खडा गरेको उपसमितिका सदस्य सचिव रामप्रसाद खरेलले जनाए ।
खरेलका अनुसार केही सदस्यहरुले आप्mनो अनुसारको कोटा चाहेको र सोही अनुसार वितरण गर्न नसकिने भएकोले कोटा निर्धारण गर्न नसकिएको हो । सहायक जिल्ला शिक्षा अधिकारी दानीकान्त झाको संयोजकत्वमा रहेको छनौट उपसमितिको सदस्यहरुमा शिक्षक युनियनका सुरैतलाल यादव, गैरसरकारी संस्था महासंघका धनुषा अध्यक्ष धिरेन्द्र बहादुर सिंह, गाविस महासंघका अध्यक्ष परमेश्वर साह, सीएलसी प्रतिनिधि योगेन्द्र महतो र अनौपचारिक शिक्षाका फोकल पर्सन खरेल सदस्य सचिव छन् ।
उनीहरुले संस्था छनौट गरी कोटा निर्धारण गरेर जिल्ला शिक्षा समितिमा अनुमोदनको लागि पठाउने छन् ।
स्थानीय विकास अधिकारी अध्यक्ष रहेको जिल्ला शिक्षा समितिले अनुमोदन गरेपछि औपचारिक रुपमा कार्यक्रम सुरु हुने छ ।
यस वर्ष कार्यक्रम संचालन गर्ने र निरिक्षण गर्ने संस्था छुट्टाछुट्टै छनौट भएको छ । एउटै संस्थाले कार्यक्रम संचालन गर्ने र निरिक्षण गर्ने जिम्मेवारी नपाउने भएको छ । गत वर्ष एउटै संस्थाले दुइटै काम गरेको थियो । जसका कारण कार्यक्रम संचालनको प्रभावकारितामा प्रश्न उठेको थियो ।
असहमतिको विषयलाई लामो समयसम्म अड्काएर राख्न मिल्दैन, सदस्य सचिव खरेलले भने, ‘आउदो साताभित्र सहमति नभए सहमतिको लागि समितिमा लगिन्छ ।’ उपसमितिमा ‘टसल’ गर्नुको साटो समितिमा लगेर समस्या समाधान गरी प्रक्रिया अघि बढाउनुपर्ने भनाई उनको थियो ।
अनौपचारिक शिक्षालाई प्रभावकारी रुपले संचालन गर्न उपसमिति सदस्यहरुले गरेको माग पूरा गर्न सकिने अवस्था नरहेकोले समितिमा लैजानुपर्ने सम्भावना बढेको उनले थपे । आउदो साताको सुरुमा उपसमितिमै सहमति गर्ने प्रयास गरिन्छ, उनले भने–‘सहमति हुन नसके समितिमा लगिन्छ ।’
प्राविधिक कारणले गर्दा करिब दुई साता ढिलो गरी कार्यक्रम सुरु हुने भएको छनौट उपसमिति संयोजक दानीकान्त झाले भने । आउदो १५ दिनभित्र अनौपचारिक कक्षा संचालन हुने दावी झाले गरे ।
संस्था छनौट र कोटा वितरणको काम अन्तिम चरणमा पुगेको र आउदो साताभित्र टुंगो लगाएर कार्यक्रम संचालनतर्पm अघि बढ्ने संयोजक झाले थपे । उपसमिति भित्र कुनै किसिमको विवाद र असहमति नरहेको दावी गर्दै समयाभावका कारण टुंगो लगाउन नसकिएको हो, उनले भने, ‘हामी छिट्टै टुंगो लगाएर अघि बढ्छौ ।’
नियम संवत रुपमा काम अघि बढिरहेकोले कुनै किसिमको विवाद वा अहसमति हुने कुरै आउदैन्, संयोजक झाले टुडेलाई बताए ।
विगतको कमीकमजोरीबाट पाठ सिकेर आउदो माघ महिनामा प्रभावकारी रुपमा कार्यक्रम संचालन गर्ने सामूहिक प्रतिबद्धता सरोकारबालाहरुको थियो ।
धनुषा जिल्लामा यस वर्ष १ लाख ५३ हजार १ सय १९ जना निरक्षरलाई साक्षर बनाउने लक्ष्य छ ।
कार्यक्रमको लागि सात हजार ३ सय ५४ सहजकर्ता, २ सय ९४ तालिम समूह छुट्टयाइने भएको छ । गत वर्ष जनकपुर उपमहानगरपालिकाका केही वडासहित १४ गाविसमा कार्यक्रम संचालन गरिएको थियो । संस्था छनौट र कोटा वितरणको टुंगो लागेपछि तालिम र सामाग्रीहरु वितरण गरिन्छ । यस वर्ष सामाग्री पनि जिल्ला शिक्षा कार्यालयले नै उपलब्ध गराउन लागेको हो ।