Janmat Party Janakpur

Janmat Party Janakpur No 1 Political Party of Madhesh Nepal

14/06/2023

अनुशासन छैन, भने संगठनमा कुनै स्थान छैन
घरका न घाटका बन्नु छ भने अनुशासन तोडौं

संगठनमा आदर्श र सिद्धान्तले दिशा मात्रै दिन्छ। संगठन बन्ने, चल्ने र टिक्ने भनेकै अनुशासनले हो। अनुशासन छैन, भने केही पनि छैन। सदस्यहरू आवेगमा आउन सजिलो छ, आवेगमा आएर संगठनको विरूद्धमा गतिविधि गर्न, निर्देशन उल्लंघन गर्न, बागी बन्न, अनुशासन तोड्न सजिलो छ। तर त्यसपछि के? एकपटक संगठनबाट निस्के पछि वा निकालिए पछि फेरि संगठनमा स्वीकार गर्न गार्‍हो छ। कतिपय अवस्थामा खुलेर कारबाही नै नभए तापनि आन्तरिक कारबाहीको सूचीमा पर्नाले संगठनमा अगाडि बढ्न सकिँदैन।

त्यसैले संगठनको विरुद्धमा गतिविधि गर्दा, संगठनसँग विश्वासघात गर्दा, संगठन र नेत्तृत्वको निर्देशनको उल्लंघन गर्दा १० पटक सोच्ने गरौं - आफ्नो भविष्य किन आफैंले अँध्यारो पार्ने काममा नलागौं। पछि पश्चातापको अलावा केही बाकी हुँदैन। (बाकी जसले पार्टी छोडे, बागी बने, निर्देशन उल्लघंन गरे, आज उनीहरूको हालत के छ, कसरी घरका न घाटका भएका छन्, आफैंले हेरौं।)

# # #
जनमत पार्टीको विधानमा अनुशासन सम्बन्धी व्यवस्था
अनुशासनको कारबाही
(क) देहायको अवस्थामा कुनै पनि सदस्य वा समितिहरूलाई अनुशासनको कारबाही हुन सक्नेछ :
1. पार्टीको वैधानिक ब्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेमा,
2. पार्टीको निर्णय खुला रुपले उल्लङ्घन गरेमा,
3. पार्टी भित्र गूटबंदी वा षड्यन्त्र गरेको प्रमाणित भएमा,
4. पार्टीको नीति, नियम, निर्णय र कार्यक्रमहरुको विरोधमा सार्वजनिक अभिव्यक्ति दिएमा वा दुःस्प्रचार गरेमा,
5. पार्टी र नेत्तृत्व प्रति निष्ठा र विश्वास नरहेको प्रमाणित भएमा,
6. पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरेको प्रमाणित भएमा,
7. पार्टीको नाम, छाप, लेटरप्याड, सदस्यता रसिद वा पदको नाम बिना आधिकारिकता प्रयोग गरेमा वा कुनै पनि तरीकाले दुरुपयोग गरेमा,
8. बिना आधिकारिकता (आधिकारिक समितिको निर्णय र आधिकारिक अनुमति बिना) कसैसँग सदस्यता शुल्क, चंदा, लेवी वा अन्य आर्थिक लाभ उठाएमा,
9. पार्टी समितिको गोपनियता बदनियतले भङ्ग गरेमा,
10. पार्टीको जिम्मेवारीमा रहँदा पार्टीको निर्णय र निर्देशन विपरीत कार्य गरेमा,
11. माथिल्लो समितिले दिएको निर्देशनलाई पटक-पटक अटेरी गरेमा वा लिएको जिम्मेबारी पटक-पटक पूरा गर्ने तत्परता न देखाएमा
12. पार्टीद्वारा सञ्चालित आन्दोलन र कार्यक्रमको विपक्षमा रहेमा वा विरोधीहरुसँग साँठगाँठ गरेमा,
13. अनैतिक वा भ्रष्ट क्रियाकलाप गरेको प्रमाणित भएमा,
14. पदीय आचरण वा पार्टी प्रतिष्ठाको विपरीत आर्थिक अनुशासनहीनता वा कुनै अन्य गतिविधिमा संलग्न भएको प्रमाणित भएमा,
15. पार्टीको विधान वा नियमावलीमा सदस्यहरूले पालन गर्नु पर्ने भनी उल्लेखित कर्तव्यको उल्लङ्घन गरेमा,
(ख) कारबाही गर्दा गल्तीको गम्भीरता हेरी कुनै पनि रुपको कारबाही प्रयोग गर्न सकिनेछ । गल्तीको प्रकृति र परिणाम हेरी सदस्यको हकमा सम्बन्धित समितिले लिखित वा मौखिक रुपमा स्पष्टीकरण माग्ने, आलोचना गर्ने, लिखित रुपमा आत्मालोचना गराउने, चेतावनी दिने, पद वा सदस्यताबाट निलम्बन गर्ने, क्रियाशील सदस्यबाट नै हटाउने र पदमुक्त गर्ने गरी कारबाही गर्न सक्नेछ।
(ग) निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश समितिको हकमा अनुशासन उल्लङ्घन गर्ने समिति सदस्यलाई अनुशासनको कारबाही गर्ने अधिकार सम्वन्धित समितिको सिफारिसमा केन्द्रिय अनुशासन समितिलाई हुनेछ । वडा समितिको हकमा सम्वन्धित पालिकाले र पालिका समितिको हकमा सम्बन्धित जिल्ला समितिले कारबाही अगाडि बढाउने छ।
(घ) कुनैपनि समिति वा सदस्यले आफूलाई तोकिएको दायित्व र जिम्मेवारी पालन नगरेमा समितिको हकमा माथिल्लो समितिले विघटन गर्न सक्ने छ र सदस्यको हकमा सम्बन्धित समितिले ठोस आधार तथा कारण खुलाई एक पद घटुवा गर्न सक्ने छ ।
(ङ) पार्टी अनुशासनको कारबाही भोगिरहेका क्रियाशील सदस्यले कारबाही अवधिभर पार्टीको कुनै पनि तह र जन-प्रतिनिधिमूलक निकायको निर्वाचनमा उम्मेदवारी दिन सक्ने छैनन् ।
(च) विशेष परिस्थितिमा केन्द्रिय अनुशासन समितिले तोकेको प्रक्रियाको अधिनमा रही कुनै पनि क्रियाशील सदस्य र समिति उपर कारबाही गर्न सक्नेछ ।
(छ) पार्टी निर्णयको अवज्ञा गरेमा वा पार्टी हित र प्रतिष्ठामा आँच पु-याउने काम गरेमा, जन प्रतिनिधिहरूको हकमा पार्टी केन्द्रिय समितिले निर्वाचित भएको तहबाट हटाउने सम्मको कारबाही गर्न सक्नेछ ।
# # #

05/04/2023

11/03/2023
11/03/2023
11/03/2023
11/03/2023
10/03/2023

Address

Janki Temple Road
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Janmat Party Janakpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share