15/08/2026
"झुलन" अर्थात "मणिपर्वत पर्व"ईतिहास
मिथिलाकाे एक प्रमुख पर्वकाे रूपमा साउन महिनाकाे जुनेली रातमा मनाईने यस पर्वकाे नाम "मणि पर्वत", पर्व हाे । "साउन शुक्ल तृतिया" देखि मनाईने यस पर्वमा भगवान राम- सीता लाई "पिङ्ग" ( झुलुवा) मा झुलाईने भएकाेले यसलाई "झुलन" भनिन्छ ।
याे हाम्रो मिथिलाकाे बिशेष पर्व हाे र महाेत्तरीकाे मटिहानीमा पनि जनकपुर झैं बडाे धुमधाम, बाजागाजाका साथ बिशेष किसिमले मनाईन्छ ।
हुन त याे पर्व मिथिला बाहेक अन्यतिर पनि मनाईन्छ खासगरी वृन्दावन,मथुरा आदि।
यस पर्व पछाडिका "दुई" मान्यता छ
पहिलाे मान्यता
राम-सीताकाे विवाह पश्चात् राजा जनकले अयाेध्याय लाई यति धेरै उपहार,गरगहना, मणि,माणिक दियाे कि साे राख्ने स्थान नभएकाेले जनकपुरकाे हालकाे " बाहृ बिघा" भन्ने खुला मैदान, स्थानमा राख्दा पहाड नै भयाे, जहाँ राम-सीता लाई पनि संगै राखी त्यहाँ उपस्थित गराईयाे । साे काे सम्झनामा भगवान राम- सीतालाई झुलुङ्गा मा राखी १५ दिन सम्म पर्व मनाउन थालियाे ।
१. याे पर्व साउन तृतिया देखि साउन पुर्णिमा सम्म मनाईने भएपनि जनकपुरमा थप ३ दिन गरि १५ दिन सम्म मनाईने परम्परा छ । कतिपय स्थानमा १ महिना सम्म पनि मनाईन्छ ।
२. भगवानकाे प्रतिमा विशेष रूपले राम- सीता लाई पिङ्गमा सजाई दर्शनार्थी लाई झुलाउन दिईन्छ । याे झुलन पर्व सिर्फ रात्रीमा मनाईन्छ । घरका पुरूष र महिला सदस्यहरू रातमा मन्दिरमा गई "पुजा" गरिने याे सायद एक मात्र पर्व हाे ।
३. याे झुलनाेत्सव पर्वमा साँस्कृतिक नृत्य, भजन,गीत,नाटककाे कार्यक्रम प्राय: हुने गर्दछ । जसलाई "कजरी" भनिन्छ । "कजरी र झुलन" परिपुरक हुन् ।
४ . याे मिथिलाकाे विशेष पर्व अझै सीताकाे "माईति" काे उपहारकाे सम्मानकाे पर्व भएकाेले भारत लगायत काठमाडौं बाट पनि रामसीता लाई "पिङ्ग" खेलाउने चाहना राखी जनकपुर आउने गर्दछन् ।
५. याे पर्व जनकपुरमा सन् १७३० बाट शुरू भएकाे मानिन्छ ।
दाेश्राे मान्यता:-
द्वापर युगमा "कंश" काे अत्याचार सहन नसकेर मनुष्य त्राहिमाम हुँदा भगवानकाे अवतरण हुन्छ भन्ने सुनिश्चित भएकाे खबर प्राप्त हुन्छ तब भगवान कृष्ण आउने खुशियालीमा मनुष्यले झुलुङ्गा बनाई खुशि र आदर व्यक्त स्वरूप याे पर्व मनाईन्छ । विराटनगरमा झुलन पर्व बडाे धुमधामका साथ मनाईन्छ जहाँ कृष्ण र राधा लाई झुलाईन्छ ।
याे पर्व समाप्त भएकाे भाेलीपल्ट "जनैपूणिर्मा , क्वाँटि खाने , रक्षाबन्धन" हुन्छ ।
यस बर्षकाे "झुलन" आज बाट शुरू । 2083/04/30
🙏Share the Post please 🙏