युथ लोसपा नेपाल

युथ लोसपा नेपाल युथ लोसपा नेपाल

शम्भु यादव (२०७४–२०७८) को नेतृत्वकाल : विवादरहित, समन्वयपूर्ण र समर्पित शासनको उदाहरणशम्भु यादवज्यूले आफ्नो कार्यकाल (२०...
05/09/2025

शम्भु यादव (२०७४–२०७८) को नेतृत्वकाल : विवादरहित, समन्वयपूर्ण र समर्पित शासनको उदाहरण

शम्भु यादवज्यूले आफ्नो कार्यकाल (२०७४–२०७८) मा “सबैको साथ, सबैको विकास” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै विवादरहित, पारदर्शी र समन्वयपूर्ण नेतृत्व देखाउनुभयो। उहाँले कहिल्यै कसैप्रति खराब सोच राख्नुभएन, बरु सबैको भलो गर्ने विचार र आचरणलाई व्यवहारमा उतार्नुभयो। नियमविपरीत जबरजस्ती निर्णय गरेर कसैको सम्मानमा ठेस पुर्‍याउने काम उहाँले कहिल्यै गर्नुभएन।

जग्गा विवाद समाधानको एउटा सानो उदाहरण
राजविराज वडा नं. ३ मा अवस्थित कल्टु दास पोखरीको उत्तरतर्फको विवादित जग्गामा वडा कार्यालय भवन निर्माणको प्रस्ताव कार्यपालिकामा आएको थियो। टेण्डरसम्म प्रक्रिया पुगे पनि जग्गा विवादित रहेकाले उहाँले कार्य रोक्न निर्देशन दिनुभयो। उहाँले भन्नुहुन्थ्यो कि शासक भएर कसैको सम्मानमा चोट पुग्ने गरी जबरजस्ती काम गर्नु हुँदैन।

यस्तै राजविराज बसपार्क निर्माणको बेला पनि धेरै जग्गा विवाद अदालतसम्म पुगेका थिए। संघर्ष समिति बनेर कार्य रोक्ने अवस्था थियो। तर यादवज्यूले अदालतको आदेश, निरन्तर संवाद र सबै पक्षसँगको समन्वयमार्फत विवादलाई सहजै अन्त्य गर्नुभयो। कुनै पनि द्वन्द्व सिर्जना हुन दिनुभएन।

कर्मचारीप्रति सम्मान थियो। उहाँको पालामा कर्मचारीहरूले त्रास नभई सम्मानपूर्वक बाँच्ने र काम गर्ने वातावरण पाएका थिए। आजको जस्तो डर र असमन्जसको माहोल त्यतिबेला थिएन। केन्द्रीय सांसद, प्रदेश सांसद र नगर प्रतिनिधिहरूबीच राम्रो समन्वय थियो, जुन अहिले अभाव देखिन्छ।

महत्वपूर्ण उपलब्धिहरू का लागि उहाँले सबै तहका प्रतिनिधिहरूसँग समन्वय गर्दै र विशेषगरी प्रतिनिधिसभा सदस्य मा. उपेन्द्र यादवज्यू विशेष सहयोगमा बसपार्क, राम राजा सिंह स्वास्थ्य प्रतिष्ठान, कृषि विश्वविद्यालय, रिङरोड, नरसिंङ कलेज, इन्जिनियरिङ कलेज आदि जस्ता गौरवको आयोजनाहरू का लागि नगर स्तरीय दायित्व पूरा गर्न कुनै कसर बाँकी राखेनन्। प्रदेश सांसद मनिष सुमन ज्यू संग पहल गरि जेष्ठ नागरिक भवन, शहिद पार्क, सडक, आदि जस्ता योजना र नगरस्तरीय योजना अन्तर्गत नगर सभाका सम्पूर्ण सदस्यहरु संग समन्वय गरि उपलब्ध रहेको सिमित स्रोत साधन र कोरोना काल भएतापनि केही मुख्य कामहरू:

1. स्व-इञ्जिनियरिङ कलेज निर्माण र सञ्चालन
2. १३ वटा विद्यालय भवन निर्माण
3. नगर प्यालेस हल निर्माण
4. २ वटा बर्थिङ सेन्टर निर्माण
5. नगर सभा हल निर्माण
6. आवास भवन तथा न्यायिक समितिका लागि हल निर्माण
7. लेखनाथ पुस्तकालय भवन निर्माण
8. ८ वटा वडा कार्यालय तथा स्वास्थ्य चौकी निर्माण
9. २० किलोमिटर ढलान सडक र नाला निर्माण
10. १५ किलोमिटर कच्ची सडक निर्माण
11. १५ किलोमिटर कृषि विद्युतीकरण
12. ४ वटा पुल निर्माण
13. संग्रहालय तथा फोहर प्रशोधन केन्द्र निर्माणाधीन
14. माछा हटिया व्यवस्थापन
15. राज रंगशाला खेलग्राम निर्माणाधीन
16. मेडिकल कलेज र कृषि विश्वविद्यालयका लागि ८३ विगाहा जग्गा उपलब्ध
17. पहलमा ५७ किलोमिटर सडक पिच तथा नाला निर्माण
18. पहलमा बसपार्क र हटिया निर्माण
19. जनतासँग २४ घण्टा सम्पर्क, एक रिङ्गमा फोन उठ्थ्यो

शम्भु यादवज्यूले देखाउनुभएको नेतृत्व शैली, सबैलाई समेट्ने, विवाद टार्ने, सम्मानपूर्वक वातावरण सिर्जना गर्ने र परिणाममुखी विकासमा केन्द्रित रहने साँचो जनप्रतिनिधिको पहिचान हो। उहाँको कार्यशैली अहिलेको राजनीतिमा पनि प्रेरणादायी उदाहरणका रूपमा रहिरहनेछ।

06/03/2025

न्यूज टुडे राजबिराज,२२ फागुन । राजविराज नगरपालिकाका पूर्व प्रमुख शम्भु प्रसाद यादवले सप्तरीको राजविराजका बिटौर...

Address

जनकपुर
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when युथ लोसपा नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share