08/09/2026
सडक निर्माणको महत्वपूर्ण काम अघि बढ्दै।
नगराईन नगरपालिका–२ हाँसपट्टीदेखि बैरिया मरना हुँदै जटही भन्सारसम्मको सडक निर्माण कार्य अघि बढिरहेको छ। यस महत्वपूर्ण सडक आयोजनाका लागि करिब १४ करोड रुपैयाँ लगानी हुने भएको छ। उक्त सडक निर्माणका लागि माननीय राम सरोज यादवज्यूको पहलमा मधेश प्रदेश सरकारबाट बजेट विनियोजन भएको हो।सडक निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकको आवतजावत सहज हुनुका साथै व्यापार व्यवसाय र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
विकासका लागि पहल
जनताका लागि समर्पण। 🙏
समृद्धि र विकासको यात्रामा एक कदम अगाडि।🇳🇵