Kamlesh Singh

Kamlesh Singh न पक्ष न विपक्ष सधैं निष्पक्ष !!!

युवाले चाहे सम्भव छ ।
20/10/2025

युवाले चाहे सम्भव छ ।

Janakpur Bolts becomes the winner of 1st NPL winning the Final over Sudurpaschim Royals.🤘🤘🤘 @highlight
21/12/2024

Janakpur Bolts becomes the winner of 1st NPL winning the Final over Sudurpaschim Royals.
🤘🤘🤘

@highlight

07/11/2023
19/01/2023

डा. सन्दुक रुइतले १३ करोड रुपैयाँसहित बहराइनको प्रतिष्ठित इसा अवार्ड प्राप्त गर्नुभएको छ । Congratulations Sir❤️

Air Bus✈️🛩️🛫🚁
10/01/2023

Air Bus✈️🛩️🛫🚁

शुभकामना ❣️❣️❣️
12/08/2022

शुभकामना ❣️❣️❣️

सन्तान पढाउने कि पढ्न दिने ?गोरखापत्र अनलाइन२६ साउन २०७९, बिहिबारकेही दिनअघि माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल ...
11/08/2022

सन्तान पढाउने कि पढ्न दिने ?
गोरखापत्र अनलाइन
२६ साउन २०७९, बिहिबार
केही दिनअघि माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल सार्वजनिक गरिएको छ। यति बेला विद्यार्थी आफ्नो भविष्य निर्माणको निर्णायक बिन्दुमा छन् अर्थात् कुन विषय रोज्ने र के बन्ने भन्ने मार्ग खोजिरहेका छन्। अभिभावक पनि यसैको खोजीमा छन् यति बेला। त्यसैले यो बेला सन्तान र अभिभावकका लागि उपयुक्त मार्ग छनोट गर्ने बेला हो। यदि सही मार्ग पहिचान गर्न सकेनन् भने बाँकी जीवनको यात्रा सहज नहुन सक्छ साथसाथै समय र स्रोत दुवै खेर जान सक्छ। त्यसैले यो समयमा केही कुरामा विवेकपूर्ण निर्णय गर्नुपर्ने हुन्छ।
सन्तानलाई पढाउने कि पढ्न दिने
प्रत्येक अभिभावकको जिन्दगीको एउटा साझा सपना हुन्छ, त्यो हो सन्तानको जीवन सुखी र खुसी कसरी हुन्छ। सबैजसो अभिभावकको एउटा चाहना हुन्छ त्यो हो सन्तानलाई आफूभन्दा अलिकति मात्रै भए पनि माथि गएको हेर्ने। केही अभिभावक आफूले जीवनमा पूरा नगरेका सपना सन्तानले पूरा गरिदिऊन् भन्ने पनि चाहन्छन्। आफूले गर्न नसकेको काम सन्तानले गरिदिऊन् भन्ने चाहन्छन् यो एक अर्थमा स्वाभाविक पनि हो। यसका लागि अभिभावकले हरप्रयत्न गरिरहेका हुन्छन्। अभिभावक र सन्तानका सपना साझा भए त उत्तम नै हुन्छ र प्राकृतिक पनि हो।
तर कहिलेकाहीँ सन्तान र अभिभावका सपना साझा नहुन पनि सक्छन्। अभिभावक र सन्तानका सपना फरक–फरक भइदिन सक्छन्। अभिभावकले सन्तानलाई आफ्नो रहरअनुसार पढाउन चाहन्छन्। छोराछोरी भने आफ्नो रुचिअनुसार पढ्न चाहन्छन्। यसरी पढ्ने र पढाउनेबीचको द्वन्द्वले थुप्रै सन्तानको भविष्य बर्बाद भएका थुप्रै उदाहरण तपाईं–हामीले हाम्रैवरपर देखेका छौँ। त्यसैले सन्तानलाई खुला रूपमा उनीहरूका सपना देख्न दिनुपर्दछ। स्लिपिङ ट्याबलेट खुवाएर जबर्जस्ती निदाउन लगाएर सपना त देखाइएला तर ब्युँझिएपछिको समय सुखद नहुन सक्छ। त्यसैले पढाउने होइन पढ्न दिनुपर्छ। स्वतःस्फूर्त रूपमा फुल्न दिनुपर्छ र दिनुपर्छ सुगन्ध छर्न।
एसईईमा ल्याएको ग्रेडलाई आधार बनाएर अभिभावकहरू सन्तानलाई पढाउने विषय छनोट गर्छन् भने एसईईकै ग्रेडलाई आधार बनाएर कलेजहरूले विद्यार्थी छनोट गर्छन् तर एसईईमा आएको ग्रेडको आधार वा कारण के हो खोज्ने प्रयत्न नै गर्दैनन्। एसईईको ग्रेडलाई प्राथमिकतामा राखेर रुचिलाई गौण बनाइदिन्छौँ। सन्तानले एसईईमा जुन ग्रेडमा कम ल्यायो पछि त्यही विषय नै इच्छाको विषय बन्न पनि सक्छ भनेर ख्यालै गर्दैनौँ। सन्तानको रुचि र रहर के छ सन्तानसँग सल्लाह नै गर्दैनौँ बरु छिमेकी वा साथीभाइलाई लब्धाङ्कपत्र देखाएर कुन विषय पढाउने भनेर सरसल्लाह गर्ने गर्छाँै। प्राथमिकतामा सन्तानको रुचिभन्दा तेस्रो पक्षको सुझाव पर्छ भने विषय छनोटमा स्वतन्त्रता बन्धक बनाएर आफ्नो निर्णय हाबी हुन्छ। हामीले यही समाजमा एसईईमा उत्कृष्ट अङ्क वा ग्रेड ल्याएर पास भएका विद्यार्थी आफ्नो रुचिविपरीत पढ्नुपरेका कारण अघिल्लो श्रेणीमा बर्बाद भएका र एसईईमा सामान्य ग्रेड ल्याएका र आफ्नै रुचिअनुसार पढ्न पाएका विद्यार्थी अब्बल भएका उदाहरण पनि देखेका छौँ। सन्तानको भविष्यका लागि लब्धाङ्कपत्रको ग्रेड गौण कुरा हो भने विषय छनोटमा स्वतन्त्रता महत्त्वपूर्ण पक्ष हो।
प्रतिष्ठा र प्रतिस्पर्धा
अभिभावकहरू सन्तान र सन्तानको पढाइलाई सामाजिक प्रतिष्ठा र प्रतिस्पर्धाको विषय बनाउँछन्। छिमेकीको छोरा वा छोरीले के पढे, कार्यालयका सहकर्मीका सन्तानले के पढिरहेका छन् र पढिसकेर के बने त्यसमा बढी ध्यान दिन्छन् र आफ्ना सन्तानलाई पनि त्यस्तै बनाउन खोज्छन् तर स्वयं आफ्नो सन्तानको रहर के छ त्यसतर्फ ध्यान दिँदैनन्। आफ्नो सन्तानलाई उसको रहरअनुसारको पढ्न दिएपछि छिमेकी र इष्टमित्रको सन्तानभन्दा अझ अब्बल बन्न सक्छन् भन्ने ख्यालै गर्दैनन्। अभिभावकहरू आफ्ना सन्तानलाई सदैव दुनियाँको उदाहरण देखाएर त्यसैकै पछाडि दौडाउँछन् तर सन्तानलाई उसको रहरअनुसार पढ्न दिइयो भने कुनै दिन आफँै एउटा छुट्टै उदाहरण बन्न सक्छ भन्ने ख्यालै गर्दैनन्। प्रायः अभिभावक लहडकै पछाडि दौडिन्छन्। पैसाका वा खर्चका आधारमा प्रतिष्ठित र उच्च मानिएका पेसाका विषयवस्तु नै जबर्जस्ती पढाउने प्रयत्न गर्छन् प्रायःगरी अभिभावक सन्तानलाई सफल हुन दिनेभन्दा जबर्जस्ती सफल बनाउने बाटोमा हिँडाउँछन्। सन्तानको स्वतन्त्रता यसरी नियन्त्रण गर्छौँ कि पत्रकार बन्न चाहनेलाई चित्रकारको बाटोमा हिँडाइदिन्छौँ चित्रकार बन्नेलाई कथाकारको बाटोमा हिँडाइदिन्छौँ कथाकार बन्न चाहनेलाई कलाकारको बाटोमा हिँडाइदिन्छौँ।
पेसाप्रतिको असमान धारणा
हामी हाम्रा घरका भित्ता सुन्दर चित्रले सजाउन चाहन्छौँ तर सन्तानलाई त्यो तस्बिर बनाउने पनि पेसा हो भन्ने सुइँको समेत दिँदैनौँ। शिक्षा लथालिङ्ग भयो, गतिला शिक्षालय भएनन् भन्छौँ तर शिक्षण पेसा अन्तिम रोजाइमा राख्छौँ । सुमधुर सङ्गीत सुन्न चाहन्छौँ तर आफ्नो सन्तानले सङ्गीततिर झुकाव देखायो भने ऊप्रतिको नजर नै परिवर्तन गरिदिन्छाँै। गतिलो नेता भएन भनेर हरेक पटक भनिरहन्छौँ तर आफ्नो सन्तानले राजनीतिमा चासो देखायो भने उसको मानसिकता यसरी परिवर्तन गरिदिन्छौँ कि राजनीति केही गर्नै नसक्नेहरूले गर्ने हो जस्तो छाप पारिदिन्छौँ। यदि कालो कोट पहिरने बाटो हिँड्न खोजेकालाई सेतोकोट पहिरने बाटो हिँडाइदियो र सेतो कोट पहिरने बाटो हिँड्न खोजेकालाई कालो कोट पहिरिने बाटोमा हिँडाइदियो भने जिन्दगी अर्को मोडतिर जान्छ। मार्कर बोक्ने रहर भएकालाई फिता र स्केल बोक्ने बाटोमा हिँडाइदियो भने उनीहरूको जीवन पनि लक्ष्यमा पुग्न सक्दैन। त्यसैले हामीले विचार गर्नैपर्छ अभिभावकले आफ्ना सन्तानलाई पढाउने कि पढ्न दिने ?

केही दिनअघि माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल सार्वजनिक गरिएको छ। यति बेला विद्यार्थी आफ्नो भविष्य निर....

Address

Bateshwar
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Kamlesh Singh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kamlesh Singh:

Share