अप्पन मिथिलाञ्चल

अप्पन मिथिलाञ्चल Welcome to Appan Mithilanchal Page. Most Beautiful place

📢 सूचना! सूचना!! सूचना!!! 📢उज्यालो नेपाल पार्टीमिर्चैया नगरपालिका समितिउज्यालो नेपाल पार्टीको संगठन विस्तार, नगरस्तरीय र...
17/12/2025

📢 सूचना! सूचना!! सूचना!!! 📢

उज्यालो नेपाल पार्टी
मिर्चैया नगरपालिका समिति

उज्यालो नेपाल पार्टीको संगठन विस्तार, नगरस्तरीय राजनीतिक छलफल तथा भावी कार्यदिशा तय गर्ने उद्देश्यले मिर्चैया नगरपालिका स्तरीय सम्मेलन निम्न मिति, समय र स्थानमा आयोजना हुन गइरहेको व्यहोरा सम्पूर्ण पार्टीका नेता/कार्यकर्ता, शुभेच्छुक, युवाहरू, महिला तथा आम नागरिकहरूमा जानकारी गराइन्छ।

📍 स्थान: खुस्बु होटल , कटारी चोक मिर्चैया नगरपालिका
🗓️ मिति: २०८२-०९-०३ गते (बिहिबार)
⏰ समय: ११:३० बजे
सम्पर्क - 9862940440
9707157791
9819721554

उक्त सम्मेलनमा
✔️ नगर समिति गठन/पुनर्गठन
✔️ संगठन सुदृढीकरण
✔️ समसामयिक राजनीतिक अवस्था माथि छलफल
✔️ भावी आन्दोलन र कार्यक्रम निर्धारण

जस्ता महत्वपूर्ण एजेण्डाहरूमा छलफल हुने भएकोले सम्पूर्णलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।

✊ उज्यालो नेपाल पार्टी — नयाँ राजनीति, नयाँ आशा!

उज्यालो नेपाल पार्टी
मिर्चैया नगर समिति

15/12/2025

उज्यालो नेपाल पार्टीका नगर संयोजक श्रवण पासवानद्वारा कमला पुल निरीक्षण

सिरहा — उज्यालो नेपाल पार्टीका सिरहा नगर संयोजक श्रवण पासवानले आज कमला नदीस्थित पुलको स्थलगत निरीक्षण गरिएको छ। निरीक्षणका क्रममा पुलको निर्माण अवस्था, गुणस्तर तथा सुरक्षा व्यवस्थाबारे जानकारी लिँदै उहाँले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

पासवानले पुल क्षेत्रको नियमित अनुगमन नहुँदा यात्रुहरूलाई समस्या हुने गरेको उल्लेख गर्दै समयमै मर्मत–सम्भार र आवश्यक सुधार कार्य गर्न आग्रह गरे। साथै, पुल आसपासको सरसफाइ र यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय प्रशासनसँग समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो।

उज्यालो नेपाल पार्टीले जनसरोकारका पूर्वाधारको निरन्तर निगरानी गर्ने र समस्या देखिएमा जिम्मेवार निकायसम्म आवाज पुर्‍याउने प्रतिबद्धता जनाएको छ।
#सरकार #मधेश ゚

19/11/2025

Address

Janakpur Dham/01
Janakpur
45700

Alerts

Be the first to know and let us send you an email when अप्पन मिथिलाञ्चल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to अप्पन मिथिलाञ्चल:

Shortcuts

Share