Hamro Ganeshman

Hamro Ganeshman Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Ganeshman, Social service, ganeshman, Janakpur.
(3)

⚠️ सावधान! विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोप ⚠️सेफल्याण्ड ओभरसिज (Safeland Overseas) का एजेन्ट भनिएका कुमार सुनारले ...
23/05/2026

⚠️ सावधान! विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोप ⚠️

सेफल्याण्ड ओभरसिज (Safeland Overseas) का एजेन्ट भनिएका कुमार सुनारले वैदेशिक रोजगारीको नाममा विभिन्न व्यक्तिहरूबाट पैसा संकलन गरेको तर काम नगरी सम्पर्कविहीन भएको पीडितहरूको गुनासो आएको छ। 😡

धेरै युवाहरूको मेहनतको पैसा लिएर अहिले सम्पर्कबाट टाढा रहेको बताइएको छ। यदि कसैसँग कुमार सुनार सम्बन्धी जानकारी छ भने कृपया जानकारी गराइदिनुहोस्।

📢 यो पोस्ट धेरैभन्दा धेरै SHARE गरौं ताकि सम्बन्धित व्यक्ति सम्पर्कमा आउन बाध्य होस् र पीडितहरूले न्याय पाउन सकून्।

#नेपाल #वैदेशिकरोजगार #ठगी

22/05/2026

“वर्तमान सरकारले स्थानीय तह नै खारेज गरिदिए राम्रो हुन्थ्यो,” नगर प्रमुख जितनारायण यादवको टिप्पणी।

Source: RD

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भन्छन्–
19/05/2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भन्छन्–

हाम्रै गाउँ, ठाउँमा जन्मेको, हुर्केको, पढेलेखेको एक जना  युवा युगेश कुमार यादव , पहाडमा पुग्दा आगामी आर्थिक वर्षको बजेट ...
18/05/2026

हाम्रै गाउँ, ठाउँमा जन्मेको, हुर्केको, पढेलेखेको एक जना युवा युगेश कुमार यादव , पहाडमा पुग्दा आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सबै राजनीतिक दल, नागरिक, बुद्धिजीवी , शिक्षाविद लगायत सबै सरोकारवाला निकाय संग राय सुझाव मागेर आगामी बजेट निर्माणका लागि प्रयत्न गर्दै, सहभागिता मुलुक विकास प्रवर्द्धन गर्न तिर लाग्नु भाछ। यता हाम्रो नगरपालिकामा न योजना कैसैलाई थाह छ, न कुन वडाको बजेट के कति हो त्? यो थाह छ, न नीति तथा कार्यक्रम कसैलाई थाहछ। साच्चै भन्दा भित्र के चल्दै छ कसैलाई थाह छैन। संघीयताको मुख्य मर्म नै सहभागिता मुलुक विकास होइन??? पारदर्शिता होइन र??? खोइ त?? हामीलाई अपनत्व बोध कहिले गराउनु हुन्छ मेयर,उपमेयर, वडा अध्यक्ष ज्यूहरु, कहिले?? हामी जनता कहिले सम्म विरोध मात्रै गर्नु????? अब त कार्यकाल पनि सकिन्न थाल्यो???

17/05/2026

कमला र चारनाथ नदि निरन्तर दोहन।

आखिर कस्को संरक्षनमा चलिरहेको छ यो माफियागिरिको साम्राज्य ।

12/05/2026

सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारीका आधिकारिक ट्रेड युनियन खारेज गर्ने सरकारको अध्यादेश तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयाँलको बहुमत निर्णयबाट आदेश जारी भएको हो। न्यायाधीश विनोद शर्मा र शारंगा सुवेदीले भने तत्काल अन्तरिम आदेश दिन नहुने मत राखेका थिए।

वैशाख २० गते जारी अध्यादेशमार्फत निजामती सेवा ऐन संशोधन गर्दै आधिकारिक कर्मचारी ट्रेड युनियनसम्बन्धी व्यवस्था हटाएर गुनासो सुनुवाइ प्रणाली लागू गरिएको थियो। त्यसपछि विभिन्न सरकारी कार्यालयहरूले युनियन कार्यालय बन्द गर्ने तथा प्रशासनिक प्रक्रिया अघि बढाउन थालेका थिए।

कर्मचारी संगठनहरूले भने उक्त अध्यादेशले संविधानले दिएको संगठन खोल्ने तथा ट्रेड युनियनसम्बन्धी अधिकार उल्लंघन गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

अदालतले अब सरकारलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ भने जेठ ६ गते थप छलफलपछि पूर्ण अन्तरिम आदेशबारे निर्णय गरिनेछ।

थप अपडेटका लागि जोडिनुहोस् सँग।

Breaking: SEE Result published.खुसीको खबर: यसपटकको एसईई परीक्षामा ६५.९८% विद्यार्थी उत्तीर्ण भएका छन्। ❤️
11/05/2026

Breaking: SEE Result published.
खुसीको खबर: यसपटकको एसईई परीक्षामा ६५.९८% विद्यार्थी उत्तीर्ण भएका छन्। ❤️

Beautiful Evening views of Maitighar Kathmandu
11/05/2026

Beautiful Evening views of Maitighar Kathmandu

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले उपसभामुख रुबी ठाकुरसंग पार्टीको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेक...
08/05/2026

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले उपसभामुख रुबी ठाकुरसंग पार्टीको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् ।

प्रधानन्यायाधीश सिफारिसमा विधि र परम्परा मिच्ने निर्णयमा उपसभामुख ठाकुरले साथ दिएपछि रुष्ट बनेका साम्पाङले अङ्ग्रेजीमा 'She is not part of us' लेख्दै उपसभामुखसँग पार्टीको कुनै सम्बन्ध नरहेको उल्लेख गरेका हुन् ।

07/05/2026

गणेशमान चारनाथ नगरपालिकामा अवैध गिट्टी–बालुवा उत्खनन रोक्न नसक्नु स्थानीय सरकार र प्रशासनको ठूलो असफलता हो।

बेचन शर्मा क्रसर र सन्तोष क्रसरमा चर्नाथ खोला र कमला खोलाबाट उत्खनन गरिएको ठूलो मात्रामा स्टक भेटिन्छ, तर वास्तविक उत्खनन गर्नेहरू किन पक्राउ पर्दैनन्?
किन नदीमै भइरहेको दोहन रोकिँदैन?

प्रतिनिधिहरू मौन छन्, प्रशासन चुप छ, सम्बन्धित विभाग बेखबर जस्तै देखिन्छ।
यदि क्रसरमा स्टक भेटिन्छ भने त्यो सामग्री कहाँबाट आयो भन्ने कुरा सबैलाई थाहा छ। त्यसपछि पनि कारबाही नहुनु गम्भीर प्रश्न हो।

जनताले अब सोध्न थालेका छन् —
के सबै निकाय मिलेमतोमा छन्?
के भ्रष्टाचार र राजनीतिक संरक्षणकै कारण अवैध उत्खनन खुलेआम भइरहेको हो?

चर्नाथ र कमला खोलाको दोहनले वातावरण, खेतीयोग्य जमिन र भविष्य सबै जोखिममा परेको छ।
अब पनि सम्बन्धित निकाय नजाग्ने हो भने जनताको विश्वास पूर्ण रूपमा समाप्त हुनेछ।





गणेशमान चारनाथ नगरपालिकामा आर्थिक बेथिति: महालेखाको प्रतिवेदन २०८०/८१ को नालीबेलीमहालेखापरीक्षकको कार्यालयले सार्वजनिक ग...
06/05/2026

गणेशमान चारनाथ नगरपालिकामा आर्थिक बेथिति: महालेखाको प्रतिवेदन २०८०/८१ को नालीबेली
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको गणेशमान चारनाथ नगरपालिका, धनुषा को आर्थिक वर्ष २०८०/८१ को प्रारम्भिक प्रतिवेदनले वित्तीय अनुशासनको चरम उल्लंघन भएको देखाएको छ। प्रतिवेदनका मुख्य बुँदाहरू यस प्रकार छन्:

१. डरलाग्दो बेरुजुको चाङ -
यो वर्ष मात्र रु. ६ करोड २८ लाख ९ हजार बेरुजु देखिएको छ.
नगरपालिकाको अद्यावधिक कुल बेरुजु रु. ६७ करोड ७५ लाख ३५ हजार पुगेको छ l कुल लेखापरीक्षण गरिएको रकममध्ये असुल गर्नुपर्ने रकम मात्रै रु. ६६ लाख १५ हजार रहेको छ l
२. कर्मचारी र सल्लाहकार नियुक्तिमा मनपरी-
नियमविपरीत विभिन्न पदमा ५९ जना करार कर्मचारी नियुक्त गरी रु. २ करोड ४४ लाख ४९ हजार ८०६ तलब-भत्तामा खर्च गरिएको छ l ऐनमा व्यवस्था नै नभएको कानुनी सल्लाहकार नियुक्त गरी रु. ३ लाख ३६ हजार र सञ्चार खर्च भुक्तानी गरिएको छ l दरबन्दी बाहिरका ११ जना कम्प्युटर अपरेटर र अन्य कर्मचारीका लागि रु. ४३ लाख २८ हजार ८२६ खर्च लेखिएको छ l आवश्यकताको पुष्टि र दरबन्दी यकिन नगरी 'डोर हाजिर' का नाममा रु. १२ लाख ५५ हजार ७१६ बाँडिएको छ.
३. आसेपासे र अनुत्पादक क्षेत्रमा खर्च-
बिना कार्यविधि र मापदण्ड रु. २५ लाख ८५ हजार आर्थिक सहायता वितरण गरिएको छ, जुन आन्तरिक आयको करिब ३५% हो l शुभकामना आदान-प्रदान, पूजा र मेला जस्ता अनुत्पादक कार्यक्रममा रु. ५ लाख ४३ हजार ४२५ खर्च गरिएको छ l नगरपालिकाका पदाधिकारी र कर्मचारीहरूको अवलोकन भ्रमणमा रु. १२ लाख ५० हजार ६२९ खर्च भएको छ, जसको कुनै प्रतिफल देखिँदैन l
४. खरिद ऐनको धज्जी र 'टुक्के' खरिद-
प्रतिस्पर्धा सीमित गर्न रु. १ करोड ८२ लाख ३९ हजार ५५९ बराबरका कार्यहरू टुक्रा-टुक्रा पारेर सोझै खरिद गरिएको छ l वार्षिक १० लाखभन्दा बढीको खरिदमा अनिवार्य हुनुपर्ने खरिद योजना र १० करोडभन्दा बढीमा हुनुपर्ने गुरुयोजना नगरपालिकाले बनाएको छैन l
५. राजस्व र करमा गम्भीर लापरबाही-
नदीजन्य पदार्थ (कमला खोला) को ठेक्कामा नियमानुसार असुल गर्नुपर्ने रु. ४३ लाख ६४ हजार ३६० मूल्य अभिवृद्धि कर (VAT) असुल गरिएको छैन l प्रदेश सरकारलाई पठाउनुपर्ने राजस्व बाँडफाँडको रु. ६९ लाख ६० हजार ४८९ अहिलेसम्म पठाइएको छैन l नगरपालिकाको आन्तरिक आय कुल खर्चको तुलनामा जम्मा २.२६ प्रतिशत मात्रै छ, जसले परनिर्भरता देखाउँछ l
६. शिक्षा र स्वास्थ्यमा अनियमितता -
'इमिस' (IEMIS) तथ्याङ्कभन्दा बढी विद्यार्थी संख्या देखाएर पाठ्यपुस्तकमा रु. ७० हजार ३२९ र दिवा खाजामा रु. ७६ हजार १२५ बढी भुक्तानी लिइएको छ l स्वयंसेवक शिक्षकका नाममा दरबन्दी बाहिरका व्यक्तिलाई रु. १४ लाख २५ हजार नियमविपरीत बाँडिएको छ l मृगौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीका लागि दिइने औषधि उपचार खर्चमा रु. ७ लाख २५ हजार खर्च भए पनि बैंक खाता नम्बर लगायतका प्रमाण नहुँदा वास्तविक बिरामीले पाएकोमा शंका उब्जिएको छ l
७. निर्माण कार्यमा बदमासी-
उपभोक्ता समितिले मेसिन प्रयोग गर्न नपाउने नियम मिचेर डोजर र स्काभेटर प्रयोग गरी रु. ५ लाख ९७ हजार ७५० भुक्तानी गरिएको छ l वडा नं ८ को वडा कार्यालय निर्माणमा रु. २ लाख ६२ हजार ७०७ को बिल नहुँदा पनि निर्माण व्यवसायीलाई भुक्तानी दिइएको छ l बीमा नगरी २० लाखभन्दा माथिका योजनाहरू सञ्चालन गरिएको छ l

जनताले तिरेको करको यो कस्तो दोहन हो? सम्बन्धित निकाय र नेतृत्वको ध्यान कहिले जाला?
(स्रोत: महालेखापरीक्षकको कार्यालय, गणेशमान चारनाथ नगरपालिकाको लेखापरीक्षण प्रतिवेदन २०८०/८१)

Address

Ganeshman
Janakpur

Alerts

Be the first to know and let us send you an email when Hamro Ganeshman posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Hamro Ganeshman:

Share

Category