Shree Jagannath Dedraj Janata Secondary School

Shree Jagannath Dedraj Janata  Secondary School 1) Ten Plus Two Management
2) Ten Plus Two Education
3) The Plus Two Science, Computer , Law
(1)

Jagannath Ded Raj Janata Higher Secondary School is located in Kalabanjar, Sunsari . This higher secondary school is affiliated with Higher Secondary Education Board (HSEB) and offers plus two (10+2) programs.

मिति 2083 साल भाद्र 19,20 र आज 21 गते हामि बिद्यालय परिवार यस काममा ब्यस्त भइयो । आशा छ यसले हाम्रो विद्यालयको सर्वाङ्गी...
06/09/2026

मिति 2083 साल भाद्र 19,20 र आज 21 गते हामि बिद्यालय परिवार यस काममा ब्यस्त भइयो । आशा छ यसले हाम्रो विद्यालयको सर्वाङ्गीय विकासमा टेवा पुर्‍याउनेछ र समग्र सिकाइ बाताबरण र सिकाई उपलब्धिलाई उच्चतम स्तरमा पुर्याउनेछ।

06/09/2026

बिध्यालय बिदा नहुने सूचना:
२०८३ साल भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने तर विद्यालय बन्द नरहने भएको हुँदा बिहानी तथा दिवा सत्रका कक्षा सञ्चालन हुनेछन्।

बिदा होइन।आगामी मिति २०८३ साल भाद्र २२ गते राष्ट्रिय शोक मात्र घोषणा गरेको हो। सार्बजनिक बिदा होइन।र  देशभरका सम्पूर्ण स...
03/09/2026

बिदा होइन।

आगामी मिति २०८३ साल भाद्र २२ गते राष्ट्रिय शोक मात्र घोषणा गरेको हो। सार्बजनिक बिदा होइन।
र देशभरका सम्पूर्ण सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय मात्र गरेको हो।

कतिपय विद्यार्थी अभिभावक तथा सरोकारवाला ज्यूहरूमा २२ गते पनि बिदा भन्ने दुविधा पर्न गएकोले/ उत्पन्न भएकोले यो सूचना प्रकाशित गरिएको छ।

राधा–कृष्णको रूप, बालमनको मुस्कान अनि संस्कृतिको सुन्दर झल्को… “जहाँ प्रेम छ, त्यहाँ कृष्ण छन्; जहाँ समर्पण छ, त्यहाँ रा...
03/09/2026

राधा–कृष्णको रूप, बालमनको मुस्कान अनि संस्कृतिको सुन्दर झल्को…

“जहाँ प्रेम छ, त्यहाँ कृष्ण छन्; जहाँ समर्पण छ, त्यहाँ राधा छिन्।”

पवित्र श्रीकृष्ण जन्माष्टमीको अवसरमा हाम्रा नानीबाबुहरूको सुन्दर र मनमोहक राधा–कृष्ण रूपले विद्यालय परिसर नै भक्तिमय, रमणीय र उल्लासमय बनेको छ।

कसैको शिरमा मयूरको प्वाँख, हातमा बाँसुरी र ओठमा मुस्कानसहितको कृष्ण रूप त कसैको अनुहारमा राधाको सरलता, सौन्दर्य र प्रेम .....

यी केवल भेषभूषाका तस्बिरहरू मात्र होइनन्—
यी त हाम्रा मौलिक संस्कार, संस्कृति, परम्परा र बालप्रतिभाका जीवन्त तस्वीरहरू हुन्।

बालबालिकालाई हाम्रो धर्म, संस्कृति र परम्परासँग जोड्दै उनीहरूभित्र प्रेम, करुणा, सत्य, कर्तव्य, सद्भाव र असल कर्मको भावना विकास गराउनु नै शिक्षाको सुन्दर पक्ष हो।

आज हाम्रा नानीबाबुहरू कृष्ण र राधा बनेर मुस्कुराइरहेका छन्,
भोलि उनीहरू यही संस्कार बोकेर असल नागरिक र असल मानव बन्नेछन्।

श्रीकृष्णको बाँसुरीझैँ मधुर बनोस् हाम्रो बोली,
राधाको प्रेमझैँ पवित्र बनोस् हाम्रो हृदय,
र कृष्णको कर्मयोगझैँ अर्थपूर्ण बनोस् हाम्रो जीवन। 🙏🪷

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण विद्यालय परिवारमा हार्दिक मंगलमय शुभकामना! 🌸

📸 हाम्रा प्यारा विद्यार्थीहरूका राधा–कृष्ण रूपका केही मनमोहक झलकहरू… ❤️

#श्रीकृष्णजन्माष्टमी #जयश्रीकृष्ण #राधाकृष्ण #बालप्रतिभा #हाम्रोसंस्कृति #हाम्रासंस्कार #विद्यालयपरिवार

कोशी प्रदेश सरकार , "भौतिक पूर्वाधार बिकास राज्यमन्त्री"को रूपमा नियुक्त हुनुभएकोमा माननीय सपना परियार ज्यूलाई हार्दिक ब...
02/09/2026

कोशी प्रदेश सरकार , "भौतिक पूर्वाधार बिकास राज्यमन्त्री"को रूपमा नियुक्त हुनुभएकोमा माननीय सपना परियार ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!
​आज हाम्रो विद्यालय जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयमा भएको उहाँको महत्वपूर्ण निरीक्षण तथा अवलोकन भ्रमणले हामीलाई अत्यन्त हर्षित र उत्साहित बनाएको छ। विद्यालयको भौतिक पूर्वाधार विकास र शैक्षिक उन्नतिका लागि उहाँको यो उपस्थिति र मार्गदर्शनले ठूलो प्रेरणा प्रदान गरेको छ। भविष्यमा पनि विद्यालयको सुधार र विकासका लागि उहाँबाट यस्तै न्यानो सहयोग र सद्भावको अपेक्षा गर्दछौँ।

​यस विशेष अवसरका केही झलकहरू...

जनै पूर्णिमा तथा रक्षाबन्धनको उपलक्ष्यमा सम्पूर्णलाई हाम्रो तर्फबाट धेरै धेरै शुभकामना छ।💐💐💐💐
28/08/2026

जनै पूर्णिमा तथा रक्षाबन्धनको उपलक्ष्यमा सम्पूर्णलाई हाम्रो तर्फबाट धेरै धेरै शुभकामना छ।💐💐💐💐

27/08/2026

हामी साना नानीबाबुको तर्फबाट हजुरहरु सबैलाई रक्षाबन्धनको शुभकामना🙏🙏💐💐💐

💐💐💐 सम्मान तथा हार्दिक विदाइ!💐💐💐💐 विद्यालय परिवारका लागि आज एक अत्यन्तै भावनात्मक र गौरवशाली दिन हो। ३० वर्षभन्दा लामो स...
24/08/2026

💐💐💐 सम्मान तथा हार्दिक विदाइ!💐💐💐💐

विद्यालय परिवारका लागि आज एक अत्यन्तै भावनात्मक र गौरवशाली दिन हो। ३० वर्षभन्दा लामो समयसम्म अनवरत रूपमा यस विद्यालयमा शिक्षण पेशामा समर्पित रही आफ्नो अमूल्य जीवनका स्वर्णिम ३ दशक शिक्षाको ज्योति छर्न बिताउनु भएका हाम्रा आदरणीय शिक्षक श्री योगराज पौडेलज्यू आजै आफ्नो सेवा अवधि पूरा गरी अनिवार्य अवकाश प्राप्त गर्नुभएको छ।🙏

​एक निष्ठावान्, कर्तव्यपरायण र प्रेरणादायी शिक्षकको रूपमा उहाँले हजारौं विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउनु भएको छ। विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र अनुशासनको बीजारोपण गर्न उहाँले पुर्याउनु भएको योगदान हामी कहिल्यै बिर्सने छैनौं। उहाँले देखाउनु भएको मार्गदर्शन, समर्पण र शिक्षणप्रतिको निष्ठा हामी सबैका लागि सधैं अनुकरणीय रहनेछ।
शिक्षा क्षेत्रमा हजुरले गर्नुभएको योगदानको कदर युगौँ युगसम्म हाम्रा विद्यार्थी भाइबहिनीहरूले गर्ने नै छन्।
हजुरले यस विद्यालयमा यति लामो समय काम गरेर यस विद्यालयबाट बिदा हुँदै गर्दाको वियोगान्त क्षण साँच्चै नै विद्यालय परिवारका लागि एउटा अविस्मरणीय सम्झनाका रुपमा रहेको छ।

​प्रिय गुरुज्यू! ३० वर्षको यो लामो, सफल र गौरवमय सेवा अवधि सफलतापूर्वक सम्पन्न गरी आज अवकाश प्राप्त गर्नुभएकोमा विद्यालय परिवारको तर्फबाट यहाँलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

​तपाईंको आगामी सेवानिवृत्त जीवन पूर्ण रूपमा स्वस्थ, दीर्घायु, सुखी, खुसी र आनन्दमय रहोस्, यही नै हार्दिक मंगलमय शुभकामना! 🙏🌸
फेरि एकपटक हजुरको दिर्घसेवाको लागि एकपटक बिध्यालय परिवारको तर्फबाट नमन् 🙏🙏🙏🙏

बालिविज्ञान तथा पशुविज्ञान डिप्लोमा तहअन्तर्गत अध्ययनरत विद्यार्थीहरूलाई कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहा...
24/08/2026

बालिविज्ञान तथा पशुविज्ञान डिप्लोमा तहअन्तर्गत अध्ययनरत विद्यार्थीहरूलाई कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक तथा प्रयोगात्मक अभ्याससँग जोड्ने उद्देश्यले आयोजित शैक्षिक अवलोकन भ्रमणका क्रममा कृषि फार्म, इलामका चिया बगान तथा चिया प्रशोधन केन्द्र र अलैंची विकास केन्द्रको भ्रमण गरिएको थियो।

नयाँ शैक्षिक यात्राको सुरुवातसँगै कक्षा ११ मा भर्ना हुनुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक स्वागत तथा उज्ज्वल शैक्षि...
16/08/2026

नयाँ शैक्षिक यात्राको सुरुवातसँगै कक्षा ११ मा भर्ना हुनुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक स्वागत तथा उज्ज्वल शैक्षिक भविष्यको शुभकामना। 💐💐💐

कक्षा ११ का विद्यार्थीहरूको स्वागतार्थ आयोजित स्वागत कार्यक्रम उत्साह, उमंग र आत्मीयताका साथ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण शिक्षक–कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। 🙏
💐 नयाँ यात्रा, नयाँ आशा, नयाँ सम्भावना!
कक्षा ११ का सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक स्वागत!

बिध्यालय परिवार

Address

Itahari
56705

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

+9779852059790

Alerts

Be the first to know and let us send you an email when Shree Jagannath Dedraj Janata Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shree Jagannath Dedraj Janata Secondary School:

Shortcuts

Share

Category