14/04/2015
२०७२ साल- बार्षिक राशिफल
मेष राशि – Aries - (चु, चे, चो,
ला, लि, लु, ले, लो, अ)
यस राशिलाई २०७२ मा शनिको
अढैयाले अनिष्ठताको प्रवलता भए पनि
वृहस्पतिको अनुकुलताले सुखद फल प्रदायक
नबन्ला भन्ने छैन । वाणीको
प्रभाबकारीताले महत्वपूर्ण भूमिका
खेल्न सक्छ । आमाबाबुको सद्भाव प्रशस्तै
रहला । सनातनतर्फ सुख पाइएला ।
दाम्पत्य जीवन मधुर बन्दै जाला ।
दाजुभाई/दिदिबहिनीबाट सदासयता
प्राप्त होला । इष्टमित्र पनि सहयोगी
होलान् । खेतीपाती पशुपंक्षीपालन
व्यवसाय, जग्गाजमिनले फाइदा नै
गराउला । बौद्धिकताको
सुधारलेपरीक्षा प्रतियोगिता हरु सफल
बन्ला । राजनीतिबाट पाइने उच्च
सम्मानको हवसरले मन गद्गद बलाउला ।
व्यापार व्यवसायबाट उन्नतीमार्ग
बिस्तार होला । भाग्यशक्ति मजबुत
होला ।रोगव्याध प्रकोप नियन्त्रणमा
स्वास्थ्य विज्ञानको क्षेत्रमा हुने
प्रगतिले सकारात्मक असर पुर्याउन
नसक्ला । इमान्दारीताको अभावले
गर्दा शत्रु बृद्धि रोक्न मुश्किलै पर्ला ।
अनेकखाले दुर्घटना लगायतका दैवी
विपत्तीमा पनि सामान्य बढोत्तरीकै
योग छ । खर्च असिमनतालाई धान्न
मुश्किल पर्ला । वैदेशिक रोजगारले
जीवन संचालनमा धेरै ठूलो मद्दत गर्न
नसक्ला । पूर्वार्द बढी सफल रहला ।
⊕ स्वामी: मंगल, रत्न: मुगा, शुभरंग:
रातो
वृष राशि – Ta**us - (इ, उ, ए, ओ,
वा, वि, वु, वे, वो)
यस राशिलाई २०७२ साल ग्रहस्थिति
अनुसार सुख दु:ख बराबर भोग्नुपर्ने
सामान्य अबस्था रहन सक्छ । बौद्धिक
स्थिति
सामान्य रहला । पठनपाठन लगायतका
कार्यहरुमा अवरोध आईपर्ला । मनमा
निराशाले डेरा जमाउला । दाम्पत्य
सम्बन्धमा खटपट आउला । सन्तानबाट
सुख पाउन कठिन नै होला । वैदेशिक
कामबाट खासै सन्तुष्टि नपाइएला ।
व्यापार व्यवसाय पनि सफल हुन नसक्ला
। वाणीको नम्रताले समाजमा
प्रतिष्ठित र सभ्य व्यक्तित्व बनाउला ।
धर्मकर्मको भावना जागृत भईरहने हुनाले
अनेकौं तिर्थाटनको समय आउला ।
भाग्यशक्ति सन्तुलित किसिमको
रहनाले आमाबाबु एवम् दाजुभाई
दिदीबहिनीको सामिप्यता
घटिहाल्ने दखिदैन । राजनीतिबाट
समाजमा प्रभुत्व अनुभुति होला ।
नोकरीमा ख्याति योग्य कार्यको
प्रशंसाले कर्तव्यनिष्ट व्यक्तित्वमा
परिचित बनाउला ।
रोगव्याधको प्रकोप नियन्त्रणमा
आउनाले मन स्वच्छ बनाउला । दैवीय
दुर्घटना लगायतका विपत्तिहरुमा कमी
आएको महसुस होला । खेती
किसानीको कामले र पशुपंक्षीको
व्यवसायले जीवन संचालन मद्दत
पुर्याउला ।
⊕ स्वामी: शुक्र, रत्न: हीरा, शुभरंग:
सेतो
मिथुन राशि - Gemini - (का, कि,
कु, घ, ङ, छ, के, को, हा)
यो राशिलाई २०७२ वर्ष ग्रहस्थितिले
घाम छायाँको दृष्टान्तानुसार
शुभाशुभ सबै प्रकारले युक्त रहला ।
वाणीमा आउने
विनम्रता र शिष्टताले केही सजिलो
महसुस गराउला । भाग्यशक्ति बलियो
होला । बौद्धिक स्थिति उच्चतहमा
आसिन हुनाले परीक्षा,
प्रतियोगिताहरु सफल बन्लान ।
पतिपत्नीबीचको सुमधुरताले दाम्पत्य
जीवन सुखमय बन्ला । दाजुभाई/
दिदिबहिनीहरुबाट सहयोग नै होला ।
दुर्घटना लगायत दैविय विपत्तिमा
पनि कमीकै आभाष होला । व्यापार
व्यवसाय सप्रदै जानाले आम्दानी पनि
बढी रहला । वैदेशिक रोजगारको
माध्यमबाट धेरै थोरै सामान्य आर्जन
भईरहला ।
मौसमी रोगव्याधको प्रकोपले
स्वास्थ्य बिग्रदा शरीर आलश्य बन्दै
जाला । ईष्टमित्र नजिक पर्न नचाहने
होलान् । आमा बाबुको सामिप्यता
घट्दै गएको अनुभूति होला । सन्तानबाट
पनि सुखसन्तोष नपाइएला ।
शत्रुहरुको सक्रियता बढ्दै जाला ।
पशुपंक्षीपालनमा अवरोध आउला ।
राजनीतिमा कदर पाउन मिश्किलै
होला । नोकरीमा अपहेलनाको
शिकार हुनुपर्ला । जग्गा जमिनको
कारोबार खासै हितकारी हुन नसक्ला
।
⊕ स्वामी: बुध, रत्न: पन्ना, शुभरंग:
हरियो
कर्कट राशि – Cancer – (हि, हु,
हे, हो, डा, डि, डु, डे, डो)
यो राशिलाई २०७२ साल विशेषत
सामान्य भन्दा केही सुधारात्मक
वातावरण परिस्थिति देखिएला ।
दैविय विपत्ति
लगायतका दुर्घटनामा न्यूनता छाउला
। बौद्धिक परिस्थितिमा आउने सुधारले
पढाई लेखाई लगायत अन्य जटिलता पनि
निष्कर्षमा पुग्ला । व्यापारिक
गतिविधि चरमोत्कर्षमा पुग्दाको
आनन्द होला । खेती किसानी र
पशुपंक्षीपालन व्यवसाय जीवन
संचालनमा मद्दतगार सावित होला ।
वाणीको प्रभावकारीमा महत्वपूर्ण
कामले प्रगतिमार्ग बिस्तार गर्ला ।
आमा बाबुको आशिर्वाद कायमै र
दाजुभाई/दिदिबहिनीको
सदासयताले गर्दा राम्रै स्थितिको
सिर्जना होला । इष्टमित्रहरुको
सहानुभुति
नहोला भन्ने छैन । सामाजिक
क्रियाकलापको रुचीले राजनीतिमा
विशेष झुकाव रहला । नोकरीबाट
सम्मानित हुने अवसर आउला।
भाग्यशक्ति त्यति उर्वर नबन्नाले आँटेको
कामले पूर्णता पाउन नसक्ला ।
मनमा पाप पलाउनाले धर्मकर्म प्रतिको
लगाव क्रमश: घट्दै गएको अनुभूति होला
।
सन्तानहरु आज्ञाकारी बन्न नसक्दा
खासै सुख नपाइएला । वृहस्पतिले
प्रतिकुल वातावरण देखाउनाले खासै
सन्तोषपूर्ण नरहला।
⊕ स्वामी: चन्द्रमा, रत्न: मोती,
शुभरंग: सेतो
सिंह राशि – Leo – (मा, मि, मु,
मे, मो, टा, टि, टु, टे)
यस राशिलाई यो वर्ष शनिको अढैया
दशाले खासै उपलब्धीमुलक होला भन्न
सकिदैन । आमाबाबुको आशिर्वाद
घट्ला ।
इष्टमित्रहरुको सदासयतामा कमीकै
आभास पाइएला । बोलीमा आकर्षण
घट्दै गएको महसुस होला । दुर्घटना
लगायत दैवीविपत्तिमा कमी आउला ।
स्वास्थ्यमा बेला बेलामा समस्या
देखिएला । कृषिजन्य कार्य र
पशुपक्षीपालन व्यवसाय त्यति
प्रत्युदपादक नहोला । असिमित ढंगबाट
खर्च बढ्दा मनमाव्याकुलता छाउला ।
भाग्यशक्ति सामान्य अवस्थाको
होला । पतिपत्नीबीच राम्रो
समझदारीले दाम्पत्य जीवन सुखमय
रहला । सन्तानबाट सुखै पाइएला ।
दाजुभाई तथा दिदिबहिनीको
सम्बन्धले सन्तोष बढाउला । जग्गाजमिन
सम्बन्धि कारोबारले सम्पन्न बनाउला ।
धार्मिक गतिबिधिमा मन उघृत
भइरहनाले देश विदेशका अनेकौ
तिर्थाटनको अबसर मिल्ला । शत्रुको
झन्झटिलो व्यवहारले निकास पाउला ।
सेवा क्षेत्रमा ठुलो उपलब्धी हुन नसक्ला
। राजनैतिक परिस्थितिले समाजमा
रवाफिलो बनाउला । बौद्धिकताको
वृद्धिले पठनपाठन सफल बन्ला ।
⊕ स्वामी: सूर्य, रत्न: माणिक्य,
शुभरंग: रातो
कन्या राशि – Virgo – (टो, पा,
पि, पु, ष, ण, ठ, पे, पो)
यस राशिलाई २०७२ साल सामान्य
लाभ तथा हानिको योगले भरिएको छ
। सामान्य रोगव्याधको प्रकोपले
शारीरिक
अबस्था आलश्य बन्ला । गर्दै आएको
कामाबाट त्यति सन्तोष हुने लक्षण
देखिदैन् । दाजुभाई, दिदिबहिनीको
वास्ता घट्न सक्छ । पति पत्नीबीचको
तनाबले जीवनमा निराशा छाउला ।
व्यपार व्यवसाय मध्यम रहला ।
आम्दानीलाई खर्चले धान्न मुश्किलै
होला । पशुपक्षींपालन व्यवसायबाट
पनि आर्जन मार्गमा सुधार नआउला ।
समग्रमा भन्नुपर्दा आर्थिक सन्तुलन
नबिग्रेला । वाणीको प्रभावमा पनि
महत्वपूर्ण कामले निकास पाउला ।
भाग्यशक्तो मजबुत रहदा मनोवान्छित
कार्यले पूर्णता पाउला । बौद्धिक
स्थितिको सुधारले परीक्षा,
प्रतियोगिताहरुमा सफलता
दिलाउला । आमाबाबुको सउ्भाव अटुट
रुपमा पाइएला । इष्टमित्रहरु पनि
सहयोगी भावका होलान् ।
सन्तानबाट सुख शान्तिमा बढोत्तरी
होला । दैविय दुर्घटनामा न्युनता
आउला । पापका क्रियाकलापले मनमा
दिग्भ्रमित बनाउला । धार्मिक
गतिविधिले समाजलाई सद्मार्गमा
डिर्याउदै लगेको अनुभव गराउला ।
⊕ स्वामी: बुध, रत्न: पन्ना, शुभरंग:
हरियो
तुला राशि - Libra - (रा, रि, रु,
रे, रो, ता, ति, तु, ते)
यस राशिलाई २०७२ सालमा साढे
सातको दशाले गर्दा उल्लेखनिय समय
ल्याउला जस्तो देखिदैन । वाणीको
असावधानीले
अनावश्यक झण्झटको सामना गराउला ।
शत्रु खुलेरै प्रतिष्ठा गिराउनमा अग्रसर
होलान् । रोगव्यधको प्रकोपले
शारीरिक समस्याहरु नहोलान भन्न
सकिदैन । व्ययभार अत्यधिक हुनाले
मनमा निराशा छाउला । जग्गा जमिन
व्यवसायले आर्थिक संकट हटाउन नसक्ला
। चौपायाबाट पनि आम्दानीको
क्षेत्र सन्तोषजनक नबन्ला ।
बौद्धिकताको बृद्धिले पढाई लेखाई
सफल बन्दै जाला । भाग्यशक्ति मजबुत
रहनाले मनले आँटेको काम सफल होला ।
आमाबाबुको आशिर्बाद कायमै रहला ।
पतिपत्नीको सम्बन्ध प्रेमयुक्त होला ।
इष्टमित्रको सदासयता घट्ने अबस्था
नआउला । अशक्त प्रतिको भावना
सकारात्मक ढंगको होला ।
धार्मिक यात्राको अवसर आइरहनाले
धर्म प्रति स्नेह रहला । दैविय दुर्घटना
लगायतका विपत्तिहरुमा न्यूनता
छाउला। राजनैतिक गतिविधिले
प्रतिष्ठित स्थानमा पुर्याउला ।
नोकरीमा उचित मूल्याङकनले मानसिक
शान्ति उचित तबरको होला।
⊕ स्वामी: शुक्र, रत्न: हीरा, शुभरंग:
सेतो
वृश्चिक राशि – Scorpio - (तो,
ना, नि, नु, ने, नो, या, यि, यु)
यस राशिलाई २०७२ साल मध्यम देखिन्छ
। साँढे सातको दशाले राम्रो अवस्था
नआए पनि सामान्य अवस्था आइरहला ।
भाग्यशक्ति उचित स्थानमा रहनाले
सोचविचार लाई विकसित गराउला ।
दाजुभाई, दिदिबहिनीको सहयोगले
निरन्तरता पाउला । पतिपत्नीबीचको
सुमधुरताले दाम्पत्य जीवन सफल बन्ला ।
थुप्रै तिर्थयात्राको अवसर आउला ।
धार्मिक कार्यक्रमहरुको महत्वले समाज
सुशोभित होला । व्यापार व्यवसाय
उच्चता देखिनाले आर्थिक समृद्धि
बढ्ला । दैविय दुर्घटनामा न्यूनताको
महसुस हुनेछ । शत्रु परास्त हुँदै जालान् ।
नोकरीमा गरिने आफ्नो कार्यले प्रगति
गराउला । राजनीतिमा पनि बर्चश्व
आफ्नै रहनाले समाजमा धाक रबाफ बढ्दै
जाला ।
बौद्धिक परिस्थिति ह्रासोन्मुख
बन्ला । पढाईलेखाईमा बितृष्णा
जाग्ला । वैदेशिक रोजगारीबाट पनि
प्रगति हुन नसक्ला।
पशुपक्षीपालन र खरतीपाती
लगायतबाट उन्नती हुने छाँट छैन ।
जग्गाजमिनले खासै फाइदा नगर्ला ।
स्वास्थ्यमा सबलताको अभावले अनेकौं
प्रकारका दुख झण्झट आदिको सामना
गर्नुपर्ला।
⊕ स्वामी:मंगल, रत्न: मुंगा, शुभरंग:
रातो
धनु राशि – Sagittarius – (ये, यो,
भा, भि, भु, धा, फा, ढा, भे)
धनु राशिलाई यो वर्ष अद्यसाँढे
सातको दशाले अशुभ भए पनि गुरु
(वृहस्पति) ले अनुकूलता ल्याउला ।
बोलीको मधुरताले
आवश्यक उपलब्धि हाँसिल गराउनमा
मद्दत गर्ला । भाग्यशक्ति राम्रै
अवस्थाको होला । कृषिजन्य र
पशुपक्षी पालनबाट आम्दानी
फराकिएला । व्यापार व्यवसायले
उन्नति पथ विस्तार गर्ला ।
जग्गाजमिनको कारोबारले पनि राम्रै
आर्जन गराउला । दाजुभाई तथा
दिदिबहिनीबाट बेला बेलामा उचित
प्रोत्साहन पाइएला । पतिपत्नी
बीचको मधुरताले दाम्पत्य जीवन सफल
बन्ला । अनेकौं तिर्थाटनको अबसरले धर्म
कर्म प्रतिको रुचिले झनै तिब्रताले लेला
। दैवीय दुर्घटनामा पनि कमी आउला ।
आफ्नै सीप र कौशलले सम्पन्न
कार्यक्रमहरुले सफल बन्दै जालान् ।
आमाबाबुको सद्भावमा कमी आउला ।
इष्टमत्रहरु सहयोगी बन्न हिच्किचाउन
थाल्लान् ।
नोकरीमा अपजस आउनाले मनमा
खिन्नता छाउला । राजनीतिबाट
त्यति फाइदा होला जस्तो लाग्दैन् ।
मौसमी लगायतका रोगव्याधको
प्रकोपले शारीरिक संरचनामा आघात
पुर्याउला । खर्च असिमित रुपमा बढ्दै
जाला ।
⊕ स्वामी: बृहस्पति, रत्न: पुष्पराज,
शुभरंग पहेंलो
मकर राशि – Capricorn -
(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,
यो सालमा मकर राशिलाई शुभ अशु
मिश्रित प्रकारको फलप्रदायक बन्ल
भाग्यशक्ति खस्किदै गएको अनुभुत
होला।
आँटेको कामले पूर्णता नपाउँदा मन ब्य
होला । शत्रुहरु प्रतिष्ठा गिराउन ल
पर्लान् । रोगव्याधको प्रकोपला
नियन्त्रणमा असक्षम बढ्ला। पापी
मनोवृतिको उन्मादमा धर्मकर्म प्रति
अरुचिले मनमा चञ्चलता ल्याउला
भोलीको प्रभावमा महत्वपूर्ण कार्य
बन्ला । आमाबाबुको सामिप्यत
नघट्ला । दाम्पत्य जीवन पतिपत्न
बीचको प्रगाढताले सफल बन्ला ।
दाजुभाई, दिदिबहिनीको सद्भा
पाइएला । सन्तानबाट पनि सुख णै हो
व्यापार व्यबसायमा राम्रो उन्नत
होला । खेतीपातीको कामले प्रगत
गर्ला । पशुपक्षीपालनबाट जीवरस्तर
बढोत्तरी ल्याउला । जग्गाजमि
सम्बन्धि कार्यले पनि समुन्ति नै गराउ
नोकरीमा ख्याति बढ्ने योग पन
नभएको होइन । राजनीतिमा आफ्न
वर्चश्वको वृद्धिले सर्वत्र रवाफ रहल
बौद्दिक परिस्थिति अब्बल दर्जाक
रहनाले पठनपाठन लगायतका परीक्ष
प्रतियोगिताहरु सफल बन्दै जाला
⊕ स्वामी: शनि, र्तन: नीलम, शुभरं
कालो
कुम्भ राशि – Aquarius – (गु, गे,
गो, सा, सि, सु, से, सो, दा)
यो राशिलाई २०७२ सालमा शुभ अशुभ
दुबै किसिमको फलादेशले युक्त मिश्रित
अवस्थाको होला । वाणिको
प्रभावमा मनो
वाञ्छित कार्यहरु सफल होलान् ।
आमाबाबुको शुभेच्छा अटल रहला ।
दाजुभाई दिदिबहिनीको सद्भाव
नघट्ला । सन्तानबाट सुख होला ।
इष्टमित्रबाट शान्ति होला । दुर्घटना
लगायत दैविय विपत्तीमा न्यूनता
आउला । रोगव्याधको प्रकोप
नियन्त्रित अबस्थाको होला । शत्रु
निस्तेज बन्दै जालान् । बौद्धिक
विकासले अध्ययन अध्यापनमा सफलता
झल्केला । कृषि कार्य र पशुपक्षींपालन ले
जीवनस्तरमा सुधार ल्याउला । वैदेशिक
रोजगारले अर्थतन्त्रमा ठुलै बदलाभको
संभावना देखाउला । व्यर्थको
व्ययभारमा नियन्त्रण क्षमता बढ्ला ।
शत्रु परास्त होलान। रोगव्याध प्रकोप
नियन्त्रणमा क्षमता बढ्ला ।
भाग्यशक्ति कमजोर प्रवृत्तिको
देखिएला ।
पति पत्नीबीचको सम्बन्ध सफल बन्न
नसक्नाले दाम्पत्य जीवन कष्टकर होला ।
धर्नप्रति वितृष्णा जाग्ला ।
राजनैतिक गतिविधिले उच्चतहमा
पुर्याउन नसक्ला । नोकरीमा खुट्टा
तान्ने प्रवृत्तिको शिकार भइएला ।
भूमिबाट उन्नति हुन नसक्ला ।
⊕ स्वामी: शनि, रत्न: नीलम, शुभरंग:
कालो
मीन राशि – Pisces – (दि, दु, थ,
झ, ञ, दे, दो, चा, चि)
यो राशिलाई यो वर्ष कतै सफल त कतै
बाधाले सन्तोषजनक अबस्था णै होला
जस्तो लाग्छ । भाग्यशक्तिको
प्रवलताले
आँटेको कामले पूर्णता पाउला।
आमाबाबुको स्नेह नघट्ला। दाजुभाइ,
दिदिबहिनीबाट सदाशयता प्राप्त
भईरहला । पतिपत्नी बीचको सुमधुर
सम्बन्धले दाम्पत्य जीवन बन्ला।
इष्टमित्रहरु पनि सहयोगी भावमा
देखिएलान् । व्यापार व्यवसायले ठूलो
उपलब्धि दिन नसक्ला । धार्मिक
गतिविधिले अनेकौं तिर्थस्थलहरुको
भ्रमण गराउला । रोगव्याध प्रकोप
नियन्त्रणमा दक्षताको विकासले
उचित प्रोत्साहन पाउला ।
बौद्धिकताको बृद्धिले परीक्षा
प्रतियोगिताहरु लगायत अन्य क्षेत्रमा
समेत सफलता मिल्ला । दैवीय दुर्घटना
लगायत विपत्तिहरुमा कमी आउला ।
बोल्दा निकै होस पुर्याउनुपर्ला ।
अन्यथा संकटको अबस्था निम्तेला ।
नोकरीमा खिचातानीको शिकार
हुनुपर्दा निराशाको बादलले ढाक्ला ।
जग्गा जमिनको कारोबारले पनि
अर्थतन्त्र सुधार्नमा त्यति मद्दत नगर्ला
। राजनैतिक गतिविधि आफू अनुकुल
नदेखिनाले राजनीतिबाट लाभ हुन
नसक्ला । व्ययभार अधिक बढ्नाले पनि
आर्थिक सन्तुलन नबिग्रेला ।
⊕ स्वामी: वृहस्पति, रत्न: पुष्पराज,
शुभरंग: पहेंलो
स्रोत: तोयानाथ पञ्चांगमा
प्रकाशित २०७२ को राशिफल