इटहरी उपमहानगरपालिका कार्यालय सुनसरी Itahari Sub-Metropolitan Office

  • Home
  • Nepal
  • Itahari
  • इटहरी उपमहानगरपालिका कार्यालय सुनसरी Itahari Sub-Metropolitan Office

इटहरी उपमहानगरपालिका कार्यालय सुनसरी Itahari Sub-Metropolitan Office An official page of Itahari Sub-Metropolitan which is created for the information sharing among different stakeholders and citizens.

18/08/2026

इटहरी उप-महानगरपालिका, बजार अनुगमन शाखा तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, इनरुवा सुनसरीको संयुक्त समन्वयमा आज नगरका विभिन्न उद्योग, कारखाना तथा पसलहरूमा सघन बजार अनुगमन गरिएको छ।

यस अनुगमनका क्रममा इटहरी-९ स्थित एक भुजिया फ्याक्ट्रीमा अनुगमन गर्दा गम्भीर कैफियत भेटिएको छ। उक्त फ्याक्ट्रीले उत्पादन गरिरहेका १६ वटा विभिन्न सामग्रीहरूमध्ये जम्मा २ वटाको मात्र खाद्य अनुज्ञापत्र (अनुमति) लिएको र बाँकी सामग्रीहरू बिना अनुमति गैरकानुनी रूपमा उत्पादन गरिरहेको पाइएको छ।
साथै, उत्पादन स्थलमा न्यूनतम सरसफाइ नभएको र मापदण्ड अनुसार सञ्चालन नगरेको भेटिएको छ। तसर्थ, उक्त फ्याक्ट्रीलाई सरसफाइ र मापदण्डमा पूर्ण सुधार नल्याएसम्म र सम्पूर्ण उत्पादनहरूको आधिकारिक अनुमतिपत्र प्राप्त नगरेसम्मका लागि उत्पादन कार्य पूर्ण रूपमा ठप्प (रोक्का) गरिएको छ।

आफूले खरिद गर्ने उपभोग्य सामानको गुणस्तर, उत्पादनस्थलको अवस्था र लेबलप्रति सचेत रहनुहोला। यदि तपाईंहरूले बजारमा गुणस्तरहीन, अखाद्य वा अन्य कुनै शंकास्पद खाद्य सामग्रीहरू देख्नुभयो भने तुरुन्त इटहरी उपमहानगरपालिकामा सम्पर्क गरी जानकारी गराउनुहुन हार्दिक अनुरोध गर्दछौं।

यो बजार अनुगमन नगरवासीको गुनासो र उजुरीको सम्बोधन गर्दै गरिएको हो।

उजुरीका लागि: १६६०२५५८८८८ , ०२५५९७००१

18/08/2026

इटहरी उप-महानगरपालिका, बजार अनुगमन शाखा तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, इनरुवा सुनसरीको संयुक्त समन्वयमा आज नगरका विभिन्न उद्योग, कारखाना तथा पसलहरूमा सघन बजार अनुगमन गरिएको छ।

विशेष गरी अखाद्य वस्तुहरूको नियन्त्रणलाई लक्षित गरी गरिएको यस अनुगमनका क्रममा इटहरी-३ स्थित एक केचप फ्याक्ट्रीमा गम्भीर कैफियत भेटिएको छ। नियम विपरीत अखाद्य वस्तु उत्पादन, भण्डारण तथा बिक्री-वितरण गरेको पाइएकाले उक्त केचप फ्याक्ट्रीलाई दण्ड जरिवाना गरी ताला बन्दी (सिल) गरिएको छ।

आफूले खरिद गर्ने सामानको गुणस्तर, उपभोग्य मिति र लेबलप्रति सचेत रहनुहोला। यदि तपाईंहरूले बजारमा अखाद्य, गुणस्तरहीन वा अन्य कुनै शंकास्पद खाद्य सामग्रीहरू देख्नुभयो भने तुरुन्त इटहरी उपमहानगरपालिकामा सम्पर्क गरी जानकारी गराउनुहुन हार्दिक अनुरोध गर्दछौं।

यो बजार अनुगमन नगरवासीको गुनासो र उजुरीको सम्बोधन गर्दै गरिएको हो।

उजुरीका लागि: १६६०२५५८८८८ , ०२५५९७००१

04/08/2026

इटहरी उप-महानगरपालिका, बजार अनुगमन शाखाद्वारा आज नगरका विभिन्न उद्योग, कारखाना तथा पसलहरूमा सघन बजार अनुगमन गरिएको छ।

विशेष गरी 'लेबल नभएका चिप्स' तथा अन्य खाद्य वस्तुहरूलाई लक्षित गरी गरिएको यस अनुगमनका क्रममा कैफियत भेटिएका तथा नियम विपरीत बिना लेबलका वस्तु उत्पादन र बिक्री-वितरण गर्नेहरूलाई जरिवाना तथा आवश्यक कानुनी कारबाही गरिएको छ।
आफूले खरिद गर्ने सामानको गुणस्तर र लेबलप्रति सचेत रहनुहोला। यदि तपाईंहरूले बजारमा विना लेबलका चिप्स वा अन्य कुनै शंकास्पद सामग्रीहरू देख्नुभयो भने तुरुन्त इटहरी उपमहानगरपालिकामा सम्पर्क गरी जानकारी गराउनुहुन हार्दिक अनुरोध गर्दछौं।
यो बजार अनुगमन नगरवासीको गुनासो र उजुरीको सम्भोधन गर्दै गरिएको हो
उजुरीका लागि १६६०२५५८८८८ , ०२५५९७००१

04/08/2026
31/07/2026

पछिल्लो समय बजारमा देखिएको एल.पी. ग्याँसको अभावसम्बन्धी जनगुनासोलाई मध्यनजर गर्दै आज इटहरी उपमहानगरपालिकाको अनुगमन टोलीले ग्याँस फ्याक्ट्री, सप्लायर्स र विभिन्न डिलरहरूको प्रत्यक्ष तथा विस्तृत अनुगमन सम्पन्न गरेको छ।
यो बजार अनुगमन नगरवासीको गुनासो र उजुरीको सम्भोधन गर्दै गरिएको हो
उजुरीका लागि १६६०२५५८८८८ , ०२५५९७००१

यदि कुनै पनि ग्यास डिलर वा बिक्रेताले तोकिएको निर्धारित मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री गरेको पाइएमा, कृपया तुरुन्तै इटहरी उपमहानगरपालिकामा जानकारी गराउनुहुन हार्दिक अनुरोध गर्दछौं। उपभोक्ताको अधिकार सुरक्षित गर्न र बजारमा हुने कालाबजारी तथा ठगी नियन्त्रण गर्न नगरपालिका पूर्ण रूपमा प्रतिबद्ध छ, त्यसैले यस्तो गैरकानुनी कार्य भएको खण्डमा आवश्यक सूचना वा प्रमाणसहित हामीलाई खबर गरिदिनुहोला। सूचना दिने व्यक्तिको परिचय गोप्य राखिनेछ र दोषी उपर कानुन बमोजिम कडा कारबाही गरिनेछ।

31/07/2026

पछिल्लो समय बजारमा देखिएको एल.पी. ग्याँसको अभावसम्बन्धी जनगुनासोलाई मध्यनजर गर्दै आज इटहरी उपमहानगरपालिकाको अनुगमन टोलीले ग्याँस फ्याक्ट्री, सप्लायर्स र विभिन्न डिलरहरूको प्रत्यक्ष तथा विस्तृत अनुगमन सम्पन्न गरेको छ।
अनुगमनका क्रममा ग्याँसको अभाव उत्पादक वा वितरकको कारणले नभई हामी उपभोक्ताकै अनावश्यक भण्डारण (Hoarding) का कारण सिर्जना भएको गम्भीर तथ्य फेला परेको छ।
बजारमा ग्याँस नपाइने हो कि भन्ने गलत हल्लाको पछि लागेर उपभोक्ताहरूले आवश्यकताभन्दा बढी ग्याँस खरिद गरी भण्डारण गरेको पाइएको छ।
एउटा परिवारले अनावश्यक रूपमा धेरै सिलिन्डर होल्ड गर्दा अर्को परिवारको चुलो बल्न नसक्ने अवस्था सिर्जना हुन्छ। तसर्थ, हल्लाको पछि नलाग्न र आफ्नो तत्कालीन आवश्यकता अनुसार मात्र ग्याँस खरिद गरिदिनुहुन हार्दिक अपिल गर्दछौँ।

आदरणीय नगरवासीहरू, यदि कुनै पनि ग्यास डिलर वा बिक्रेताले तोकिएको निर्धारित मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री गरेको पाइएमा, कृपया तुरुन्तै इटहरी उपमहानगरपालिकामा जानकारी गराउनुहुन हार्दिक अनुरोध गर्दछौं। उपभोक्ताको अधिकार सुरक्षित गर्न र बजारमा हुने कालाबजारी तथा ठगी नियन्त्रण गर्न नगरपालिका पूर्ण रूपमा प्रतिबद्ध छ, त्यसैले यस्तो गैरकानुनी कार्य भएको खण्डमा आवश्यक सूचना वा प्रमाणसहित हामीलाई खबर गरिदिनुहोला। सूचना दिने व्यक्तिको परिचय गोप्य राखिनेछ र दोषी उपर कानुन बमोजिम कडा कारबाही गरिनेछ।

28/07/2026
प्रेस विज्ञप्ति (२०८३-०४-०८)
24/07/2026

प्रेस विज्ञप्ति (२०८३-०४-०८)

Address

Itahari

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 15:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when इटहरी उपमहानगरपालिका कार्यालय सुनसरी Itahari Sub-Metropolitan Office posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to इटहरी उपमहानगरपालिका कार्यालय सुनसरी Itahari Sub-Metropolitan Office:

Shortcuts

Share