Nepal Police Highway Security & Traffic Management Office Itahari Sunsari

  • Home
  • Nepal
  • Itahari
  • Nepal Police Highway Security & Traffic Management Office Itahari Sunsari

Nepal Police Highway Security & Traffic Management Office Itahari Sunsari This is the Official page of Nepal Police Highway Security and Traffic Management Office, Itahari. Control : 9852090161
Hotline: 103

प्रहरी जवान उत्तम ढकाललाई निजले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०८३ साल साउन “महिनाको उत्कृष्ट ट्रा...
02/09/2026

प्रहरी जवान उत्तम ढकाललाई निजले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०८३ साल साउन “महिनाको उत्कृष्ट ट्राफिक प्रहरी” (TRAFFIC POLICE OF THE MONTH) घोषणा गरिएको छ ।

01/09/2026

🛺 सिटी सफारीमा यात्रा गर्दा सुरक्षित चालक रोजौँ!
बिराटनगरमा सिटी सफारी चढ्दा "सुरक्षित चालक" अंकित ज्याकेट लगाएका चालकले चलाएको सिटी सफारी मात्र प्रयोग गरौँ।
🔹 ज्याकेटको पछाडि भागमा नम्बर पनि अंकित हुन्छ।
🔹 उक्त नम्बरबाट चालकको सम्पुर्ण विवरण पत्ता लगाउन सकिन्छ।
🔹 कुनै समस्या परेमा चालकको पहिचान गर्न सहज हुन्छ।
👉 सुरक्षित सवारी रोजौँ, सुरक्षित यात्रा गरौँ। 🙏

सिटी सफारी चालकहरूलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ...
01/09/2026

सिटी सफारी चालकहरूलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक गिरीले सिटी सफारी चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्दै सुरक्षित र जिम्मेवार ढंगबाट सवारी सञ्चालन गर्न आग्रह गर्नुभएको छ। प्रशिक्षणका क्रममा सवारी चलाउँदा तीव्र गति नगर्ने, यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्ने, क्षमताभन्दा बढी यात्रु नराख्ने तथा जथाभावी रोक्ने र यात्रु चढाउने/ओराल्ने कार्य नगर्ने लगायतका विषयमा जानकारी गराइएको थियो।

त्यस्तै, चालकले अनिवार्य रूपमा ट्राफिक संकेत तथा सडक अनुशासनको पालना गर्नुपर्ने, सवारी चलाउँदा मोबाइल फोनको प्रयोग नगर्ने र मादक पदार्थ सेवन गरी सवारी नचलाउनसमेत आग्रह गर्नुभएको थियो।

31/08/2026

धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा नदीले सडक कटान गरी सडक भासिएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

31/08/2026
27/08/2026
27/08/2026

इटहरीको सफारी चालकहरुलाई qr code सहितको पोसाक दिईयो

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीको आयोजनामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ ...
27/08/2026

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीको आयोजनामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी तथा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूले श्रावण महिनाभरि सम्पादन गरेका विभिन्न कार्य तथा गतिविधिबारे पत्रकार भेटघाट कार्यक्रममार्फत सार्वजनिक गरिएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीमा आयोजित कार्यक्रममा प्रहरी नायब उपरीक्षक होम प्रसाद अधिकारीले ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, दुर्घटना न्यूनीकरण, ट्राफिक नियम कार्यान्वयन, सवारी साधनमाथिको निगरानी, जनचेतनामूलक अभियान तथा अन्य महत्वपूर्ण गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

27/08/2026

ट्राफिक गतिबिधी कोशी प्रदेश कार्यक्रम भाग ५६
२०८३ भाद्र १० गते

Address

Itahari

Alerts

Be the first to know and let us send you an email when Nepal Police Highway Security & Traffic Management Office Itahari Sunsari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Police Highway Security & Traffic Management Office Itahari Sunsari:

Shortcuts

Share