Senior Team Fikkal STF

Senior Team Fikkal STF 'Love Junior respect Senior'

⚽ सुर्योदयको खेलकुद क्षेत्रमा नयाँ आयाम!फिक्कल रमितेमा United Fikkal Club (UFC) द्वारा १९ रोपनी जग्गामा ११-ए-साइड फुटबल ...
09/08/2026

⚽ सुर्योदयको खेलकुद क्षेत्रमा नयाँ आयाम!

फिक्कल रमितेमा United Fikkal Club (UFC) द्वारा १९ रोपनी जग्गामा ११-ए-साइड फुटबल ग्राउन्ड निर्माणको सपना अब साकार हुने चरणमा पुगेको छ। कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको सहयोगमा DPR, Design तथा Estimate को प्रक्रिया अघि बढिरहेको छ।

यस ऐतिहासिक पहलका लागि सम्पूर्ण United Fikkal Club परिवारलाई हार्दिक बधाई, शुभकामना तथा धन्यवाद। यो मैदानले खेलकुद, पर्यटन र स्थानीय विकासमा नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास छ।

UFC को यो सपनालाई साथ, सहयोग र मार्गदर्शन गर्नुहुने सम्पूर्ण जनप्रतिनिधि, अग्रज, अभिभावक, शुभेच्छुक तथा सहयोगीहरूमा हार्दिक आभार। 🙏⚽

खेलकुदको विकास, पर्यटनको विस्तार—फिक्कलको नयाँ पहिचान।
हामी S.T.F. तपाईंहरुको यात्रामा सधै सकारात्मक सहयोग सहभागिता जनाउने प्रतिबद्धता सहित, जय खेलकुद जय सुर्योदय

19/07/2026

फोन हराएको सूचना।

हिजो मिति २०८३ श्रवण २ गते बेलुकी करिब ८:०० बजे, सूर्योदय नगरपालिका वडा न.६ कन्यामस्थित होटल इन्ट्रीबाट श्रीकृष्ण आश्रम माध्यमिक विद्यालयतर्फ आउने क्रममा आदेश महतको Samsung Galaxy M36 मोबाइल फोन हराएको र उक्त फोनको कभरभित्र सवारी चालक अनुमति पत्र (लाइसेन्स) लगायत अन्य महत्वपूर्ण कागजातहरू समेत रहेका हुदा
कसैले उक्त फोन फेला पार्नुभएको वा कुनै जानकारी प्राप्त गर्नुभएको भए, उचित पुरस्कार प्रदान गरिनेछ। कृपया तल उल्लेखित नम्बरहरूमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।
सम्पर्क नम्बर:
९८४२६६४६३३
९८४२७७२०५६

श्रीअन्तु पर्यटन क्षेत्रमा अव्यवस्थित शुल्क असुलीको विरोध, सुर्योदय होटल संघद्वारा नगर प्रमुखको ध्यानाकर्षण।
18/07/2026

श्रीअन्तु पर्यटन क्षेत्रमा अव्यवस्थित शुल्क असुलीको विरोध, सुर्योदय होटल संघद्वारा नगर प्रमुखको ध्यानाकर्षण।

Senior Team Fikkal (S.T.F.) का वरिष्ठ सदस्य श्री प्रदीप सैजु हाल बंगलादेशको ढाकामा आयोजना भइरहेको १०औँ दक्षिण एसियाली कर...
18/07/2026

Senior Team Fikkal (S.T.F.) का वरिष्ठ सदस्य श्री प्रदीप सैजु हाल बंगलादेशको ढाकामा आयोजना भइरहेको १०औँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा वरिष्ठ प्रशिक्षक (Senior Coach) तथा अन्तर्राष्ट्रिय रेफ्री (International Referee) को महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै सहभागी हुनु भएको जानकारी गराउँदछौं।

उहाँको यो गौरवपूर्ण सहभागिताले Senior Team Fikkal (S.T.F.), फिक्कल, इलाम तथा समग्र नेपालको खेलकुद क्षेत्रको प्रतिष्ठा अझ उच्च बनाएको छ।

उहाँको सफल कार्यसम्पादनको हार्दिक शुभकामना व्यक्त गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव अझ उँचो बनाइरहन सफल हुनुहोस् भन्ने कामना गर्दछौं।

Senior Team Fikkal (S.T.F.)

हर हर महादेव 🙏
17/07/2026

हर हर महादेव 🙏

14/07/2026

S.T.F. Stickers House

चरचित राष्ट्रिय कलाकार तथा इलामका गौरव, आदरणीय गायक याम बरालप्रति शीघ्र स्वास्थ्यलाभको कामना।हजुरको स्वास्थ्यमा गम्भीर स...
08/07/2026

चरचित राष्ट्रिय कलाकार तथा इलामका गौरव, आदरणीय गायक याम बरालप्रति शीघ्र स्वास्थ्यलाभको कामना।

हजुरको स्वास्थ्यमा गम्भीर समस्या आएको खबरले हामी Senior Team Fikkal (S.T.F.) परिवारका सम्पूर्ण सदस्यहरू अत्यन्त दुःखी भएका छौं।

भगवानसँग हजुरको शीघ्र स्वास्थ्यलाभ, दीर्घायु तथा पूर्ण रूपमा निको भई पुनः आफ्नो मधुर स्वरमार्फत सम्पूर्ण नेपाली माझ उपस्थित हुनुहोस् भन्ने हार्दिक प्रार्थना गर्दछौं।

हिम्मत नहार्नुहोस्, सम्पूर्ण शुभेच्छुकहरूको माया, साथ र प्रार्थना हजुरसँगै छ।

शीघ्र स्वास्थ्यलाभको हार्दिक शुभकामना! 🙏🌺

– Senior Team Fikkal (S.T.F.) परिवार

08/07/2026

Senior Team Fikkal (S.T.F.) को नियमित मासिक बैठक सम्पन्न

Senior Team Fikkal (S.T.F.) को हरेक महिनाको नियमित बैठक संयोजक राजन प्रधान ज्युको अध्यक्षतामा आज मिति २०८३ साल असार २४ गते, बुधबार, सूर्योदय नगरपालिका–८ स्थित होटल Norang मा सफलतापूर्वक सम्पन्न भयो।

बैठकमा संस्थाका विविध समसामयिक विषय तथा आगामी कार्यक्रमहरूका सम्बन्धमा विस्तृत छलफल गरिएको थियो। विशेषगरी, साउन महिनाको अन्तिम साता S.T.F. को वार्षिक उत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरिएको छ।

समाजसेवा, मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्वलाई निरन्तर अघि बढाउँदै आएको Senior Team Fikkal (S.T.F.) ले आगामी कार्यक्रमलाई अझ प्रभावकारी, व्यवस्थित र सफल बनाउन सबै सदस्यहरूको सक्रिय सहभागिता र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरेको छ।

monthly moves Seniors from S.T.F.
06/07/2026

monthly moves Seniors from S.T.F.

29/04/2026

सूचना

यस फिक्कल खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेका क्षेत्रहरुमा धारामा पानी नआएमा,पाईपलाईन टुटफुट भई पानी चुहावट भएको देखेमा तथा अन्य कुनैपनि खानेपानीसँग सम्बन्धित गुनासो भएमा यस संस्थाको फोन नम्बर ०२७-५४०२४० (027-540240) मा सम्पर्क गरि आफ्नो गुनासो टिपाउनुहुन् यसै सूचना मार्फत सम्पूर्ण उपभोक्ता वर्गहरुमा सूचित गरिन्छ।
जानकारी :-
उपाध्यक्ष
अभिषेक प्रताव पौडेल
फिक्कल खानेपाली तथा सरसफाई उपभोक्ता संस्था

Address

Ilam
57300

Website

Alerts

Be the first to know and let us send you an email when Senior Team Fikkal STF posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category