इलाम ग्रीनद्वारा संचालित “खोजतलास” पेज

  • Home
  • Nepal
  • Ilam
  • इलाम ग्रीनद्वारा संचालित “खोजतलास” पेज

इलाम ग्रीनद्वारा संचालित “खोजतलास” पेज यो पेज पुर्ण रुपमा इलाम ग्रीन मिडिया प्रा.लि.द्वारा संचालित हो । यस पेजमा तपाईहरुको हराएका वा भेटिएका वस्तु तथा मृत्यु सन्देश जस्ता सूचनाहरु प्रवाह गरिनेछ ।

02/09/2026
01/09/2026

🔴 देउमाईका डा. नशिब पराजुलीलाई प्रतिष्ठित इरास्मस मुन्डस छात्रवृत्ति ‼️
देउमाई, इलाम। देउमाई नगरपालिका–४ निवासी टंक पराजुली र अम्बिका पराजुलीका सुपुत्र डा. नशिब पराजुली युरोपियन युनियनद्वारा सञ्चालित प्रतिष्ठित Erasmus Mundus Joint Master Scholarship प्राप्त गर्न सफल भएका छन् ॥
डा. पराजुली सन् २०२६–२०२८ को दुईवर्षे Leading International Vaccinology Education (LIVE) स्नातकोत्तर कार्यक्रममा मुख्य सूचीबाट छनोट भएका हुन् ॥ कार्यक्रमको आधिकारिक नतिजामा उनको नाम नेपाली नागरिकका रूपमा Main List मा राख्दै युरोपियन आयोगअन्तर्गतको EACEA छात्रवृत्तिबाट सर्तसहित भर्ना तथा आर्थिक सहायता प्राप्त गर्ने उल्लेख छ ॥
🔺LIVE को आधिकारिक छनोट नतिजा (https://masterlive-vaccinology.eu/wp-content/uploads/2026/05/2026_Online_Step4_Admission_May5.pdf)⁠
यो कार्यक्रम स्पेनका युनिभर्सितात अटोनोमा डे बार्सिलोना र युनिभर्सितात डे बार्सिलोना, बेल्जियमको युनिभर्सिटी अफ एन्टवर्प तथा फ्रान्सका जाँ मोने विश्वविद्यालय र क्लोद बर्नार्ड लियोन–१ विश्वविद्यालयले संयुक्त रूपमा सञ्चालन गर्छन् ॥ दुईवर्षे अध्ययनमा खोप विज्ञान, रोग प्रतिरोधात्मक विज्ञान, सङ्क्रामक रोग, खोप अनुसन्धान तथा विकास, स्वास्थ्य नीति र सम्बन्धित विषय समेटिन्छन् ॥
आधिकारिक नतिजाअनुसार पहिलो चरणमा १०४ देशका दुई हजार २६४ जनाले आवेदन खाता खोलेका थिए ॥ तीमध्ये एक हजार ४३६ जनाले आवेदन पेस गरेका र एक हजार ४२१ आवेदन योग्य ठहरिएका थिए ॥ अन्तर्वार्तापछि २२ देशका २९ उम्मेदवार मात्रै मुख्य सूचीमा परेका छन्। उक्त मुख्य सूचीमा नेपालबाट डा. पराजुली एकमात्र उम्मेदवार हुन् ॥ यस आधारमा उनको छनोट अत्यन्त प्रतिस्पर्धात्मक रहेको देखिन्छ ॥
युरोपियन युनियनको नेपालस्थित प्रतिनिधिमण्डलले पनि यस वर्ष नेपालका ४२ विद्यार्थीले विभिन्न Erasmus Mundus Joint Master कार्यक्रमका लागि छात्रवृत्ति प्राप्त गरेको आधिकारिक रूपमा जनाएको छ ॥
🔹EU Delegation to Nepal (https://www.eeas.europa.eu/delegations/nepal/42-nepali-students-secure-scholarships-erasmus-mundus-joint-masters-programme_en?s=237)⁠
देउमाईका डा. पराजुलीले हासिल गरेको यो सफलता इलामसँगै सिंगो नेपालका लागि गौरवको विषय बनेको छ ॥ खोप विज्ञानजस्तो महत्त्वपूर्ण क्षेत्रमा उच्च अध्ययनका लागि विश्वस्तरीय अवसर पाएका उनलाई आगामी शैक्षिक तथा व्यावसायिक यात्राका लागि हार्दिक बधाई तथा शुभकामना ॥

01/09/2026

🔴 अपडेटः बालक सम्पर्कमा आए ॥
🔺अत्यन्त जरुरी सूचना : सुतिरहेकै स्थानबाट बालक हराए ‼️
इलामको चुलाचुली गाउँपालिका–६, तोरीबारीमा बसोबास गर्दै आएका १३ वर्षीय साहिल गौतम गएराति करिब १० बजे घरमा सुतिरहेको स्थानबाट अचानक हराएका छन् ॥ परिवार तथा आफन्तले सम्भावित स्थानहरूमा खोजी गर्दा पनि हालसम्म फेला पार्न सकेका छैनन् ॥
🔺बालकको विवरण :
नाम : साहिल गौतम
उमेर : १३ वर्ष
स्थायी ठेगाना : इलाम
हालको बसोबास : चुलाचुली गाउँपालिका–६, तोरीबारी
विद्यालय : गीताञ्जली आधारभूत माध्यमिक विद्यालय
बुबाको नाम : सुरज गौतम
आमाको नाम : सेबिका गौतम
🔸तस्बिरमा देखिएका बालकलाई कसैले देख्नुभएको वा उहाँका बारेमा कुनै जानकारी प्राप्त गर्नुभएको छ भने नजिकको प्रहरी कार्यालय वा परिवारको सम्पर्क नम्बर ९७६२९९६११८ मा तत्काल खबर गरिदिनुहुन हार्दिक अनुरोध छ ॥
🙏 कृपया यो सूचना धेरैभन्दा धेरै सेयर गरी बालकको खोजीमा सहयोग गरिदिनुहोस् ॥

Address

Phulganchhi (फुलगाछी)
Ilam

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 11:00 - 17:00

Telephone

+9779842635187

Website

Alerts

Be the first to know and let us send you an email when इलाम ग्रीनद्वारा संचालित “खोजतलास” पेज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to इलाम ग्रीनद्वारा संचालित “खोजतलास” पेज:

Shortcuts

Share