08/04/2017
सूर्योदय नगरबासी, सूर्योदय नगरपालिका कार्यालय, सूर्योदय होटल व्यवसायी संघ, घोडचढी व्यवसायी संघ, इलाका प्रहरी कार्यालय-पशुपतिनगर, प्रहरी चौकी-फिक्कल, प्रहरी चौकी-हर्कटे, शसस्त्र प्रहरी बल-आइतबारे, अभियान नेपाल र विभिन्न विद्यालय का विद्यार्थी हरुको सहभागिता मा आज कन्याम क्षेत्रको सरसफाई तथा स्थानीय र आगंतुकमा जनचेतना अभिवृद्धि गर्ने कार्य भएको छ | ८० जना भन्दा बढी को सहभागिता भएको यस सरसफाई कार्यमा एक ट्रक (एक टन) प्लास्टिक जन्य फोहोर उठाइएको छ |
सरसफाई पश्चात "हाम्रो फोहोर, हाम्रो जिम्मेवारी" शिर्षकमा भएको नगरब्यपी विद्यालय स्तरीय चित्रकला प्रतियोगितामा उत्कृष्ट हुने दश विध्यर्थिहरुलाई सम्मानित गरिएको थियो | प्रतियोगितामा प्रथम हुने – मनिष प्रधान, कक्षा ७ (इलाम टि गार्डन स्कुल) लाई प्रोत्सहान स्वरूप रु ५,००० पुरस्कार प्रदान गरियो| त्यस्तै द्वितीय हुने अमिषा राई, कक्षा ८ (सनराइज मा. वि.) लाई रु ३००० र तृतीय हुने सिम्रोन खड्का, कक्षा ८ (ह्यारोहल विद्यालय) लाई रु २००० नगद पुरस्कार सहित सम्मानित गरियो | यस प्रतियोगितामा १३ विद्यालय बाट १०० भन्दा बढी विध्यर्थिको सहभागिता रहेको थियो |