पाथिभरा मन्दिर हेटौडा-१ भैरबडाडा ,मकवानपुर

  • Home
  • Nepal
  • Hetauda
  • पाथिभरा मन्दिर हेटौडा-१ भैरबडाडा ,मकवानपुर

पाथिभरा मन्दिर हेटौडा-१ भैरबडाडा ,मकवानपुर हेटौंडा १ मकवानपुर जिल्ला स्तिथ भैरब

पाथिभरा भन्ने बित्तिकै मकवानपुर को त्यो प्रख्यात मन्दिर सबैले सम्झन्छन्। अन्न भरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा भैरब डाडाको टुप्पोमा मन्दिर रहेको छ। जे माग्यो त्यही पूरा हुने चमत्कारिक शक्ति रहेको भन्दै यो मन्दिरमा नेपालका मात्र हैनन्, भारतबाट पनि दर्शनार्थी ओइरिन्छन्। मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडाबाट झण्डै 3 किलोमिटर पश्चिमतर्फ यो मन्दिर पर्छ l पाथीभरा देवीको उत्पति
पा

थीभरा देवीको उत्पतिसम्बन्धि थुप्रै किंवदन्ती तथा जनश्रुतिहरु छन् । भनिन्छ, परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरुले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दादेख्दै ती गोठका बथानका बथान भेडाहरु अलप भए। त्यस्तो अकल्पनीय घटनाले स्तब्ध तथा हतप्रभ भएका गोठालाहरुलाई रातमा देवीले दर्शन दिनु भै आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो। आत्मबोध प्राप्‍त गोठालाहरुले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्‍टपुष्‍ट भेडाको थुम्बा बलि दिए। बलि के दिनु थियो ती हराएका सयकडौं भेडाहरु जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे। त्यो भन्दा आश्‍चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो। यो देखेर हर्ष एवं आश्‍चर्य मान्दै गोठालाहरुले देवीको जय जयकार गरे।
यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाइन्छ। तर बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन्। देवीमा चढाइएको बलि संख्यालाई दृष्‍टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पर्थ्यो तर त्यसो हुँदैन। यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरुले चढाएको बलि स्‍नेहपूर्वक ग्रहण गर्छिन् भन्‍ने जनधारणा रहि आएको छ।
आज पाथीभरा देवीको महिमा, देवीप्रतिको आस्था एवं विश्‍वासले गाँउ, जिल्ला र देशको सीमा नाघ्दै विदेशसम्म पुगेको छ । जसको परिणामस्वरुप हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु देश तथा विदेशबाट देवीदर्शनको निम्ति आउने क्रम जारी छ।

आमा को मन्दिर मा पुजा आराधना
03/09/2025

आमा को मन्दिर मा पुजा आराधना

02/02/2025

#पाथिभरा

हार्दिक निमन्त्रणा  🙏🙏🙏🙏
04/10/2024

हार्दिक निमन्त्रणा 🙏🙏🙏🙏

16/08/2024

प्यारि आमा

15/08/2024
14/06/2024
🌹नयाँ बर्ष २०८१ सालको पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली आमा बुवा र दाजुभाइ एंव आफन्त जनमा सुख शान...
12/04/2024

🌹नयाँ बर्ष २०८१ सालको पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली आमा बुवा र दाजुभाइ एंव आफन्त जनमा सुख शान्ति तथा समृद्विको हार्दिक मंगलमय शुभकामना❤️❤️

12/04/2024

हेटौडा मा अबस्थित आमा पाथिभरा को बारेमा ताप्लेजुङ को मुल पुजारि यसो भन्नु हुन्छ

Address

Makwanpur Hetauda-1 Bhairab Dada
Hetauda
00977

Alerts

Be the first to know and let us send you an email when पाथिभरा मन्दिर हेटौडा-१ भैरबडाडा ,मकवानपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to पाथिभरा मन्दिर हेटौडा-१ भैरबडाडा ,मकवानपुर:

Share

Category