09/02/2022
विभियाना फाउन्डेसनको आयोजनामा २०७८ माघ २५ र २६ गतेका दिन क्रमशः मकवानपुरको थाहा नगरपालिका, वडा न. १२ तारु स्थित टिस्टुङ देउराली नेपाल चेम्बर प्रा.बि. र थाहा नगरपालिकाकै जगडाडा स्थित सात कन्या प्राबीमा न्यानो अभियान सम्पन्न गरेको छ । सात कन्या प्राबीमा अध्यानरत ७० जना र टिस्टुङ देउराली नेपाल प्राबिमा अध्यानरत ५३ जना गरि जम्मा १२३ जना बिपन्न बर्गका बिद्यार्थीहरुलाइ मध्यनजर गर्दै न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ । अत्याधिक जाडोका साथै हिमपात हुने पहाडी क्षेत्रमा न्यानो कपडा पाउदा विद्यार्थी सथै अभिभावक पनि निकै खुसी महसुस गर्नुका सथै आयोजक विभियाना फाउन्डेसनलाई धन्यवाद समेत ज्ञापन गरेका छन ।
Bikesh Lal Shrestha