Nepal Students' Union - AFU; FOF, Hetauda

Nepal Students' Union - AFU; FOF, Hetauda राष्ट्रियता ! लोकतन्त्र ! समाजवाद ! विद्यार्थी एकता!
जय नेविसंघ, जय नेपाल!!!

कुकुर तिहार र लक्ष्मीपूजाको हार्दिक मङ्गलमय शुभकामना।जय नेपाल!
20/10/2025

कुकुर तिहार र लक्ष्मीपूजाको हार्दिक मङ्गलमय शुभकामना।
जय नेपाल!

नेपाल विद्यार्थी संघ, कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय हेटौंडा इकाई समितिद्वारा आयोजित “सम्मान, फेरि ...
07/09/2025

नेपाल विद्यार्थी संघ, कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय हेटौंडा इकाई समितिद्वारा आयोजित “सम्मान, फेरि भेटौला तथा बृहत् सांस्कृतिक कार्यक्रम” नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री माननीय उर्मिला नेपालज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो ।

यस कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न नेतागण, प्रजातन्त्रवादी प्राध्यापक संघका प्रतिनिधि, प्रजातन्त्रवादी कर्मचारी संघका प्रतिनिधि, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरू, नेपाल तरुण दलका नेताहरू तथा प्रजातान्त्रिक मनहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई भव्य र सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौं । साथै, यस कार्यक्रमबाट बिदाई हुनु भएका सम्पूर्ण दाइ-दिदीहरूले नेविसंघ वन विज्ञान संकाय हेटौडाप्रतिको योगदानको सम्मान गर्दै यहाँहरुको उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

जय ने.वि.संघ ।
जय नेपाल ।

नेपाल विद्यार्थी संघ,कृषि तथा वन बिज्ञान बिश्वबिद्यालय,वन बिज्ञान संकाय हेटौंडा ईकाइ समितिद्वारा आयोजित "सम्मान, फेरि भे...
02/09/2025

नेपाल विद्यार्थी संघ,कृषि तथा वन बिज्ञान बिश्वबिद्यालय,वन बिज्ञान संकाय हेटौंडा ईकाइ समितिद्वारा आयोजित "सम्मान, फेरि भेटौला तथा बृहत सांस्कृतिक कार्यक्रम" तपशिल बमोजिमको मिति, समय र स्थानमा हुने भएकाले सम्पुर्णमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं ,जय नेपाल।
मिति : २०८२ भाद्र २०, शुक्रबार
स्थान : रोयल पार्टी प्यालेस
समय: दिनको ११:०० बजे

गौरा पर्व अर्थात् भाद्र महिनाको यो पावन अवसरलाई हरियाली र वर्षाका थोपाहरूसँगै विवाहित महिलाहरूले सौभाग्यको प्रतीकका रूपम...
31/08/2025

गौरा पर्व अर्थात् भाद्र महिनाको यो पावन अवसरलाई हरियाली र वर्षाका थोपाहरूसँगै विवाहित महिलाहरूले सौभाग्यको प्रतीकका रूपमा वैदिक सनातन संस्कारअनुसार श्रद्धा र भक्ति सहित मनाउने गर्दछन्। यस अवसरमा सम्पूर्णमा गौरा पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

जय नेपाल!!

हिन्दू नेपालीहरुको महान् चाड हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण आमा तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र दीर्घायु...
26/08/2025

हिन्दू नेपालीहरुको महान् चाड हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण आमा तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं, जय नेपाल।

हार्दिक श्रद्धा सुमनसमाजवादी चिन्तक, लोकतान्त्रिक चेतनाका मूल एवम् नेपाली काँग्रेसका वैचारिक बद्धेय नेता स्व. प्रदिप गिर...
20/08/2025

हार्दिक श्रद्धा सुमन
समाजवादी चिन्तक, लोकतान्त्रिक चेतनाका मूल एवम् नेपाली काँग्रेसका वैचारिक बद्धेय नेता स्व. प्रदिप गिरि ज्यूको तृतीय स्मृति दिवसको अवसरमा हार्दिक श्रद्धा सुमन।
जय नेपाल ।

नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्वविद्यालय र नेपाल विद्यार्थी संघ प्राकृतिक श्रोत व्यवस्थापन कटारीको संयुक्त...
10/08/2025

नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्वविद्यालय र नेपाल विद्यार्थी संघ प्राकृतिक श्रोत व्यवस्थापन कटारीको संयुक्त आयोजना रहेको MS Office Basic & Canva Design कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
कार्यक्रममा सहभागी सबैलाई धन्यवाद तथा सहयोगका लागि नेवि संघ प्राकृतिक श्रोत व्यवस्थापन कटारी परिवारलाई विशेष आभार!

Over 40 participants joined our MS Office & Canva Workshop with incredible energy! 💻🎨
Big thanks to Mr. Kushal Adhikari & Mr. Aman Prabhakar for sharing their expertise. 👏
From powerful presentations to creative designs—this is just the beginning! 💡💚

जय नेविसंघ, जय नेपाल🤚

सम्पूर्णमा रक्षा बन्धन तथा जनै पूर्णिमाको हार्दिक शुभकामना । आजको पवित्र दिनमा बाँधिएको शुभ डोरोले सधैं रक्षा, प्रेम र ए...
09/08/2025

सम्पूर्णमा रक्षा बन्धन तथा जनै पूर्णिमाको हार्दिक शुभकामना । आजको पवित्र दिनमा बाँधिएको शुभ डोरोले सधैं रक्षा, प्रेम र एकताको आशीर्वाद दिइरहोस् ।
शुभ दिन, जय नेपाल!

“The future belongs to those who shape it with knowledge and unity.” – BP Koirala🚩 Nepal Students' Union, CNRM , Katari ...
07/08/2025

“The future belongs to those who shape it with knowledge and unity.” – BP Koirala

🚩 Nepal Students' Union, CNRM , Katari in collaboration with Nepal Students' Union (FOF, Hetauda) invites you to an exciting opportunity to shape your future with essential skills for success! 🚩

💡 Celebrate Raksha Bandhan by Empowering Yourself!
Join us this Saturday for a hands-on workshop to learn MS Office basics (Word, Excel, PowerPoint) and Canva design. Perfect for beginners, this session will equip you with the tools to create professional documents, analyze data, design stunning presentations, and make eye-catching posters for your future projects.

🗓 Date: 9 August 2025
⏰ Time: 7:30 PM onwards
📍 Platform: Google Meet
https://meet.google.com

Let’s come together as a united student body to learn, grow, and build our future – don’t miss out on this chance to take the first step!

“लोकतन्त्र, समाजवाद र शिक्षा नै समृद्ध नेपालको आधार हो” भन्नेअडिग विश्वास बोकेका बी.पी. कोइरालाको स्मृतिमा श्रद्धाञ्जली।...
22/07/2025

“लोकतन्त्र, समाजवाद र शिक्षा नै समृद्ध नेपालको आधार हो” भन्ने
अडिग विश्वास बोकेका बी.पी. कोइरालाको स्मृतिमा श्रद्धाञ्जली।

उहाँको निधन भएको आज ४३ औँ वर्ष पुग्दासम्म पनि, उहाँले देखाएको बाटोले हामीलाई सामाजिक परिवर्तन, शैक्षिक चेतना र संगठित नेतृत्वको महत्व सिकाइरहेको छ।
नेपाल विद्यार्थी संघ — केवल आन्दोलनको नेतृत्व मात्र होइन, शिक्षामा पहुँच, गुणस्तरीय सिकाइ, र सचेत विद्यार्थी निर्माणमा प्रतिबद्ध अग्रणी संस्था हो।
बी.पी. स्मृति दिवस २०८२ को अवसरमा आउनुहोस्, हामी सबै मिलेर शिक्षा र नेतृत्वको साझा यात्रामा नेपाल विद्यार्थी संघ सँग अघि बढौं।
❝ शिक्षित युवा नै राष्ट्रको मेरुदण्ड हो। उनीहरू नै परिवर्तनका वाहक हुन्। ❞
— बी.पी. कोइराला

Address

Hetauda

Telephone

+9779865506341

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Students' Union - AFU; FOF, Hetauda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Students' Union - AFU; FOF, Hetauda:

Share