Annisu Revolutionary IOF,Hetauda

Annisu Revolutionary IOF,Hetauda "All leftist, progressive,patriotic and democratic students' unite."

कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) ले B.Sc. Ag, B.V.Sc. & A.H., B. Sc. Fisheries र B.Sc. Forestry को Common Entranc...
03/09/2025

कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) ले B.Sc. Ag, B.V.Sc. & A.H., B. Sc. Fisheries र B.Sc. Forestry को Common Entrance Exam को फर्म खुलाएको छ।
फर्म भर्ने अन्तिम मिति: 2082 असोज 19 गते सम्म
परिक्षा हुने स्थान: चितवन, काठमाडौ, हेटौंडा
परिक्षा मिति: 2082 असोज 25 गते
फर्म भर्न र थप जानकारी लिनको लागि:
Roshan Raskoti : 9848502420,
Ramesh bohara : 9840776754

नेपाली महिलाहरूको महान सांस्कृतिक पर्व हरितालिका तीज २०८२ को पावन अवसरमा सम्पूर्ण दिदीबहिनीहरूप्रति हार्दिक शुभकामना व्य...
26/08/2025

नेपाली महिलाहरूको महान सांस्कृतिक पर्व हरितालिका तीज २०८२ को पावन अवसरमा सम्पूर्ण दिदीबहिनीहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी),त्रि.वि.इकाई समिति,व.वि.अ.सं.हेटौंडाद्वारा यही मिति  २०८२...
21/08/2025

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी),त्रि.वि.इकाई समिति,व.वि.अ.सं.हेटौंडाद्वारा यही मिति २०८२ भदौ ६ गतेका दिनसम्पूर्ण दिदीबहिनी
तथा दाजुभाइहरूमा “हरितालिका तीज विशेष शुभकामना आदान–प्रदान कार्यक्रम” आयोजना गर्न लागेको जानकारी गराउँदै,
यस अवसरमा तपाईँहरुको गरिमामय उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौं।

स्थान : व.वि.अ. सं. को अडिटाेरियम हल
समय : दिउँसो को २ बजे

क्रान्तिकारी अभिवादन✊✊❤️

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, प्रेम र सद्भावना काय...
16/08/2025

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, प्रेम र सद्भावना कायम रहोस् भन्ने सम्पुर्ण मा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।❤️

"हाम्रो क्याम्पस हामी आफैं बनाउँछौँ" भन्ने मुल नारालाई निरन्तरता दिँदै, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन...
10/08/2025

"हाम्रो क्याम्पस हामी आफैं बनाउँछौँ" भन्ने मुल नारालाई निरन्तरता दिँदै, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ब्याच २०८१–०८५ का जुझारु युवाहरूले आज पुनः छात्रवास परिसर सरसफाइ कार्यक्रम सम्पन्न गर्नुभयको छ। क्रार्यक्रम मा उपस्थित सम्पुर्ण कमरेडहरु लाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।❤️

29 July मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) त्रि.वि. इकाई समितिद्वारा छात्रावास परिसर सरसफाई गरिएको थियो। तर लाज लाग्ने कुरा के भने, फेरि सोही ठाउँमा फोहोर थुपार्ने घटिया प्रवृत्ति दोहोरिएको छ।

अब फोहोर फाल्ने ब्यक्तिहरुलाई सिधा प्रश्न :
१.तपाईं Forestry पढ्दै हुनुहुन्छ कि, फोहोर फाल्ने पेशा सिक्दै
हुनुहुन्छ?
२.तपाई को नैतिकता यहि हो? नैतिकता कहाँ हरायो ?
३.वातावरण संरक्षणका कुरा किताब कापीमा मात्रै सिमित राख्ने हो कि व्यवहारमा पनि उतार्ने?
४.प्रणाली सुधारका विषयमा सामाजिक संजालमा मात्र आलोचना गर्दै बस्ने की पहिले आफ्नो ब्यबहारिकतामा सुधार गर्ने?

याद रहोस:
क्याम्पस,छात्रावास हाम्रो साझा घर हो, तपाईंहरुको फोहोरी मानसिकता रित्याउने थलो होइन । यदि आफ्नो घर परिसरमा यसरी फोहोर फाल्न सक्नुहुन्छ भने मात्र यहाँ फाल्ने साहस देखाउनुहोस्।
अल्छीपन, लापरवाही र गैरजिम्मेवारीपनको अन्त्य गरौँ क्याम्पस सफा राखौँ, आफ्ना बानी सुधारौ।

क्रान्तिकारी लालसलाम !! ✊❤️

त्रिभुवन  विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान अन्तर्गत पोखरा क्याम्पस , हेटौंडा क्याम्पस र सम्बन्ध प्राप्त क्याम्पस ...
07/08/2025

त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान अन्तर्गत पोखरा क्याम्पस , हेटौंडा क्याम्पस र सम्बन्ध प्राप्त क्याम्पस (काठमाडौं फरेस्ट्रि) क्याम्पस मा स्नातक तह Bsc Forestry को लागि शैक्षिक सत्र २०८२-०८६ मा नयाँ भर्ना सम्बन्धि सूचना ।

थप जानकारी को लागि : 👇️

Amrit Devkota : 9844514477 ( Sarlahi )
Chhatra shaahi : 9865329660( kailali )
Roshan Raskoti : 9848502420 (Kailali )
Dilip Nepal : 9746288621 ( Shindupalanchok)
Ramesh bohara : 9840776754 ( Doti)
Shilan Shrestha : 9808361116( Gorkha )
Roopace sah : 9804060967 ( Saptari )
Aayushma Panti : 9840041903 ( gulmi)
Aashika Paudel : 9844750210 ( Arghakhanchi )
Mahesh rai : 9806048684 ( ilaam )
Sujit Chiluwal : 9840040720 ( Lamjung )
Niruta Shrestha : 9861369389 ( Khotang )
Kushal Thapa : 9864275262 ( Baajura )
Kaushal pyakurel : 9864003226 ( Nuwakot)
Binit chaudhary : 9868998111 ( Dang)
pravat dahal : 9829195503 ( makawanpur)
manisha acharya : 9864730830 ( Kathmandu )
Asmita Rajbhandari : 9848255864 ( pokhara )
Aayus tharu : 9815523479 ( Bardiya)
Bimala khadka : 9868199864 ( Rukum)
sachin acharya : 9761819754 ( Bardiya )
Dilip khatri : 9843914057 ( Rukum west)
Binita Rokaay : 9866219935 ( Jumla)
Nabin B.k : 9765517489 ( Rolpa)
Anjali Yadav : 9808125337 ( shiraha)
Shishir pandey: 9760870030 ( butawal)
Devi kaarki : 9766811524 ( Kapilvastu )

परिक्षा हुने केन्द्र : पोखरा , हेटौंडा र काठमाडौं ।

परिक्षा हुने विषयहरु : english - 15, Math - 20, Forestry -25 , science ( biology , chemistry , botany, zoology) - 40 .

लामो समय देखि क्याम्पस प्रशासनमा देखिँदै आएको  ढिलासुस्ती, गैरजिम्मेवारी र अकर्मण्यताले क्याम्पसको शैक्षिक वातावरणमा गम्...
30/07/2025

लामो समय देखि क्याम्पस प्रशासनमा देखिँदै आएको ढिलासुस्ती, गैरजिम्मेवारी र अकर्मण्यताले क्याम्पसको शैक्षिक वातावरणमा गम्भीर असर पारेको छ। विद्यार्थीहरूको शैक्षिक अधिकार हनन हुने गरी भइरहेका ढिलासुस्तीपूर्ण कार्यशैली र अनावश्यक जटिलताहरूलाई तत्काल अन्त्य गरी कामलाई द्रुतगतिमा अघि बढाउनुपर्ने हाम्रो संगठनको जोडदार माग रहेको छ।

साथै क्याम्पसभित्र वर्षौँदेखि जरा गाडेर बसेका विभिन्न विकृति, विसङ्गति, अनियमितता र गैरपारदर्शी गतिविधिहरूलाई जरैदेखि निर्मूल गरी विद्यार्थीमैत्री, पारदर्शी र स्वच्छ शैक्षिक वातावरण निर्माण गर्नुपर्ने मागसहित अखिल (क्रान्तिकारी)ले 2082/04/13 गते क्याम्पस प्रशासन समक्ष औपचारिक ध्यानाकर्षण पत्र बुझाएका छौ ।

हामी स्पष्ट रूपमा चेतावनी दिन चाहन्छौं—यदि क्याम्पस प्रशासनले विद्यार्थीहरूलाई प्रत्यक्ष प्रभाव पार्ने यस्ता विकृति र ढिलासुस्तीपूर्ण कार्यशैली तुरुन्त सुधार नगरे कडा आन्दोलनमा जान बाध्य हुनेछौँ। र यस बाट पर्ने असरको सम्पुर्ण जिम्मेवारी क्याम्पस प्रशासन स्वयम् आफै हुने छ।

अखिल (क्रान्तिकारी) विद्यार्थीको अधिकार र हितका लागि सदैव अग्रपंक्तिमा रहनेछ।

क्रान्तिकारी लालसलाम !!✊❤️

“हाम्रो क्याम्पस, हामी आफैं बनाउँछौं” भन्ने मूल नाराका                   साथ                                     अखिल ने...
29/07/2025

“हाम्रो क्याम्पस, हामी आफैं बनाउँछौं” भन्ने मूल नाराका
साथ
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन ( क्रान्तिकारी ) त्रि. वि. इकाई समिती वन विज्ञान अध्ययन संस्थान हेटौंडा द्वारा आयोजित july 29 — विश्व बाघ दिवस २०८२ को उपलक्ष्य मा
छात्रावास सरसफाइ तथा फुल रोप्ने कार्यक्रम उत्साहपुर्वक सम्पन्न भएको छ ।

क्याम्पसलाई स्वच्छ, हराभरा र वातावरणमैत्री बनाउने हाम्रो अभियानमा उपस्थित हुनुहुने सम्पुर्ण परिवर्तनकारी सोच भएका मनहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौ ।

विगत लामो समय देखि महिला छात्रावास र पुरुष छात्रावास मा नियमित रूपमा सरसफाई नभएको र बल्लतल्ल सरसफाई गर्ने र गरेको फोहोर पनि छात्रावास भित्र नै जलाउने फोहोर गर्ने आदि जस्ता कार्य गर्दा छात्रावास मा व्यापक रुपमा फोहोर भैरहेको अवस्था थियो ।
उक्त अवस्था लाई मध्यनजर गरि पटकपटक अखिल (क्रान्तिकारी) ले स्ववियु र क्याम्पस प्रशासन लाई ध्यानाकर्षण गराउदा पनि खासै ध्यान न दिएको अवस्था थियो । जसको फलस्वरुप वन क्याम्पस नभई फोहोर क्याम्पस भनी चिनिन वाध्य पारियो ।
यति सम्म हुदा पनि स्ववियु र क्याम्पस ले action लिन न सकेको अवस्था मा अखिल क्रान्तिकारी ले आजै दिन बाट "हाम्रो क्याम्पस हामी आफै बनाउँछौ" भन्ने मुल नारा का साथ महिला छात्रावास र पुरुष छात्रावास मा बिगत लामो समय देखि रहेको फोहोर उठाउन सफल भएका छौँ ।

फेरि पनि यस्ता वातावरण मैत्री बनाउन शैक्षिक वातावरण निर्माण को काम मा अगाडि बढ्ने प्रतिबद्द गर्दछौं ।

Annisu Revolutionary IOF,Hetauda



#क्रान्तिकारी #लालसलाम ।✊✊💓

“हाम्रो क्याम्पस, हामी आफैं बनाउँछौं” भन्ने मूल नाराका                   साथ                                     july 29...
28/07/2025

“हाम्रो क्याम्पस, हामी आफैं बनाउँछौं” भन्ने मूल नाराका
साथ
july 29 — विश्व बाघ दिवस २०८२ को उपलक्ष्य मा
छात्रावास सरसफाइ तथा फुल रोप्ने कार्यक्रम आयोजना गरिने सबै मा जानकारी गराइन्छ।

क्याम्पसलाई स्वच्छ, हराभरा र वातावरणमैत्री बनाउने हाम्रो अभियानमा सबै परिवर्तनकारी सोच भएका मनहरूलाई उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौ।

आउनुहोस्, सबैजना हातेमालो गरेर अगाडि बढौं।
सफाइबाट सुरु गरौं, सकारात्मक परिवर्तनको बाटो समाऔं।
Revolutionary
क्रान्तिकारी लाल सलाम ।✊✊💓

विज्ञप्तियुगान्तकारी परिवर्तनका खातिर इतिहासको विभिन्न कालखण्डमा त्याग र बलिदान गर्दै अन्याय र अत्याचारको सशक्त प्रतिरोध...
06/07/2025

विज्ञप्ति
युगान्तकारी परिवर्तनका खातिर इतिहासको विभिन्न कालखण्डमा त्याग र बलिदान गर्दै अन्याय र अत्याचारको सशक्त प्रतिरोध गर्ने रक्तरन्जित इतिहास बोकेको हाम्रो महान तथा गौरवशाली संगठन अनेरास्ववियू (क्रान्तिकारी) विद्यार्थीका हकहित, क्याम्पसको समग्र शैक्षिक र प्रशासनिक शुधारका निमित्त तथा क्याम्पसमा रहेका तमाम विकृतीहरुबिरुद्ध हरबखत लड्‌दै आएको सबैमा सर्वविदित्तै छ। यसै सन्दर्भमा मिति २०८२ साल असार २१ गते राती करिब ९:४५ बजे ।बन विज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पसको मुख्य गेट नजिकै रहेको सुरक्षागार्डको आवास नजिकै क्याम्पस को लागि सुरक्षा गरिरहेको सुरक्षाकर्मीमाथि गरिएको अमानवीय आक्रमणप्रति अखिल ( क्रान्तिकारी ) त्रि. वि. इकाई समितीको गम्भीर ध्यानाकर्षण भएको छ।
सुरक्षा गार्डमाथि मदिरा सेवन गरी निर्घात कुटपिट गरिएको र यसबाट उहाँलाई चोटपटक लागि घाइते हुनुभएको छ। सुरक्षाकर्मीमाथि भएको यो आक्रमण केवल एक व्यक्तिमाथिको हिंसा मात्र नभएर समग्र क्याम्पसको सुरक्षा व्यवस्थामाथिको गम्भीर चुनौती हो। यस्तो अवस्थामा विद्यार्थी, विशेषतः छात्राहरू असुरक्षित महसुस गर्नु अत्यन्त स्वाभाविक र चिन्ताजनक छ। यस्ता हिंसात्मक, गैर-जिम्मेवार तथा आपराधिक क्रियाकलापहरू कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैनन्।यस्तो घटनाले सबैको मनोबल खस्काउने र शैक्षिक वातावरणलाई समेत असर पार्ने खालको चुनौती उपस्थित गराएको छ।
हामी उक्त घटनाको घोर भर्त्सना गर्दै घाइते सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं। साथै, घटनामा संलग्न दोषी व्यक्तिहरूको यथाशीघ्र पहिचान गरी कानुनी कारबाहीको माग गर्दछौं। यस्ता आपराधिक गतिविधिहरू भविष्यमा पुनः नदोहोरियोस् भन्नका लागि क्याम्पस प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित सबै सरोकारवाला पक्षहरूको गम्भीर ध्यानाकर्षण गराउँछौं।
क्रान्तिकारी अभिवादन सहित ।। ✊✊

अखिल (क्रान्तिकारी ) त्रि.वि.इकाई समिती व.वि.अ.सं. हेटौंडा क्याम्पस हेटौंडा का उपाध्यक्ष  क.महेश राई लाई जन्म दिन को प्र...
08/06/2025

अखिल (क्रान्तिकारी ) त्रि.वि.इकाई समिती व.वि.अ.सं. हेटौंडा क्याम्पस हेटौंडा का उपाध्यक्ष क.महेश राई लाई जन्म दिन को प्रचण्ड सुभकामना छ ।🎂❤️

"विश्व वातावरण दिवस २०८२ को अवसरमा, हामी सम्पूर्णलाई हरियाली संरक्षण, प्राकृतिक स्रोतको दिगो प्रयोग र पृथ्वीको रक्षा गर्...
05/06/2025

"विश्व वातावरण दिवस २०८२ को अवसरमा, हामी सम्पूर्णलाई हरियाली संरक्षण, प्राकृतिक स्रोतको दिगो प्रयोग र पृथ्वीको रक्षा गर्ने प्रण गर्न शुभकामना व्यक्त गर्दछौं। वातावरणको संरक्षण हाम्रो साझा जिम्मेवारी हो।"

"आज होइन भने कहिले? हामीले अहिले कदम चाल्नुपर्छ — वातावरणको रक्षा गरौं, प्रकृति बचाऔं, जीवन सुरक्षित बनाऔं।"

"वातावरण दिवस २०२५ को सबै लाई हरियाली शुभकामना"

Address

Hetauda

Telephone

+9779861313478

Website

Alerts

Be the first to know and let us send you an email when Annisu Revolutionary IOF,Hetauda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Annisu Revolutionary IOF,Hetauda:

Share