19/05/2021
मकवानपुर , जेठ ५ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका नेता कार्यकर्ता हरु यतिबेला जनश्रमदानमा जुटिरहेको छ।वैशाख १३ गतेबाट सुरु भएको "संगठन विस्तार तथा सुदृढीकरण " अभियानको क्रममा अभियान टोली हेटौंडा उप महान नगरपालिकाका विभिन्न वडाहरूमा संगठन निर्माणका साथै जनश्रमदान गर्दै अघि बढिरहेको छ। पछिल्लो समयमा मकवानपुरमा पनि कोरोनाको संक्रमण बढ्दै गएकोले १९ गतेदेखि निषेधाज्ञा लागू भए सँगै अभियान टोली पनि उच्च सतर्कता अपनाउदै आफ्नो गन्तव्यमा लागिरहेको छ। माना छरेर मुरी फलाउने समय भएकोले आजभोलि सबै जनता खेतीपातीमा नै व्यस्त भइरहेका छन्। त्यसैले केन्द्रिय नेता सहितको अभियान टोली पनि जनतासँगै उत्पादन तथा विकास निर्माण कार्यमा प्रत्यक्ष रूपले जोडिरहेको छ। यसै क्रममा बिजुलीको खम्बा गाड्ने, दाउरा काट्ने, खेतबारीमा गएर मल बोक्ने, मकै छर्ने, मकै गोड्ने जस्ता कार्यमा सहयोग गरिरहेको छ।यसरी जनतासँगै श्रममा जोडिँदै गर्दा नेपाल कम्युनिस्ट पार्टीको अभियान टोली प्रति जनताले खुसी व्यक्त गरेका छन्। साथै द्रुत गतिमा संगठन विस्तार भई एकीकृत जनक्रान्ति सफल हुँदै छिट्टै वैज्ञानिक समाजवाद लागु होस् भन्ने पनि चाहान्छन् र यस कार्यमा आफ्नो तर्फबाट सकेको साथ सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।जनपक्षीय पार्टी भएको नाताले नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता कुनै न कुनै माध्यमले जनतासँग श्रममा जोडिँदै उत्पादन मुलक कार्यमा लागिरहेका छन्।जनश्रमदान सँगै कोरोना भाइरस सम्बन्धि जनचेतना जगाउने कार्यमा नवनिर्वाचित केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज इन्द्र बहादुर परियार 'नयन 'सँगै पूर्व जिल्ला इन्चार्ज राम बहादुर घलान 'वाटर ' , मकवानपुरका जनसत्ता प्रमुख विक्रम मगर , अखिल( क्रान्तिकारी) मकवानपुरका अध्यक्ष विवेक घलान 'अनिल ' , लगायतका अभियान टोलीका नेता कार्यकर्ता हरु पनि लागिरहेका छन्।