28/08/2026
भाद्र १० मा बाढी सृजना भएको स्थानमा नदी थुनिएर ताल बनेको जनाइएकोमा आज मिति २०८३।०५।१२ गते उक्त ताल फुटेको भन्ने सूचना प्राप्त भएको हुँदा यस अवस्थालाई ध्यानमा राखी अर्को सूचना जारी नहुंदा सम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्दार कार्यमा खटिनुहुने उद्दारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन अनुरोध गरिन्छ।