28/04/2026
बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयद्वारा मिति २०८३ साल बैशाख १ गतेदेखि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (GIOMS) को प्रयोग अनिवार्य रूपमा लागू गरिएको जानकारी गराइन्छ।
यस मन्त्रालय अन्तर्गत रहेका सम्पूर्ण केन्द्रिय निकाय तथा कार्यालयहरूलाई प्रशासनिक कार्यहरू सोही प्रणालीमार्फत मात्र सम्पादन गर्न अनुरोध गरिन्छ। प्रणालीको प्रभावकारी कार्यान्वयनबाट सेवा प्रवाहलाई व्यवस्थित, पारदर्शी तथा प्रविधिमैत्री बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ।