16/10/2024
हेटौंडा अस्पतालमा सेवा लिन आउने सबै सेवाग्राही बिरामीहरुमा महत्त्वपूर्ण जानकारी !
#नोट : यो सेवा २०८१ साल कार्तिक १ गते, बिहान ११ बजेपछि देखि लागु हुनेछ ।
अब अस्पतालको टिकट आफ्नो मोबाइलबाट सजिलै लिन सकिन्छ, नगद तथा स्वास्थ्य बिमा भएका बिरामीहरुको लागि समेत, जहाँ बाट पनि सजिलै बूकिंग गर्न सकिने, र लामो समय लाईन बस्न पर्ने झन्झटबाट मुक्ति ।
#स्टेप 01: यो QR Scan गर्नुहोस् वा https://bit.ly/3pBt30i जानुहोस्, हस्पिटल लिस्ट (अस्पताल सूची) मा हेटौंडा अस्पताल छान्नुहोस् र download गर्नुहोस्।
#स्टेप 02: निवेदनमा आफ्नो मोबाइल नम्बर राखी दर्ता गर्नुहोस ।
#स्टेप 03: तपाइँले चाहनु भएको बिभाग (कुन बिभागमा जचाउन पर्ने हो) सो छान्नुहोस् ।
#स्टेप 04: चिकित्सकको नामावली भएमा सो समेत छान्नुहोस् ।
#स्टेप 05: आफुलाई जचाउन पर्ने दिनको मिति छान्नुहोस् ।
#स्टेप 06: तपाइँ यो अस्पतालको नयाँ वा पुरानो कुन बिरामी हुनुहुन्छ छान्नुहोस्, पुरानो भएमा अघिल्लो पटक जचाएको कार्ड हेरी तहाँ भएको हस्पिटल ID राख्नुहोस् ।
#स्टेप 07: नयाँ बिरामीले आवश्यक सम्पूर्ण विवरण भर्नुहोस् । यसै १ एप मार्फत परिवारको सम्पूर्ण सदस्यको व्यक्तिगत विवरण भरि आवश्यक परेको खण्डमा जो व्यक्तिलाई चाहिएको हो, सोहि व्यक्ति/बिरामीको लागि टिकट लिन मिल्ने छ ।
#स्टेप 08: नगदबाट जाँच गराउने हो भने Pay Now मा क्लिक गरि आफुलाई पायक पर्ने Payment Gateway छानेर पैसा तिर्नुहोस, वा नेपाल सरकारको स्वास्थ्य बिमा अन्तर्गत भए “म स्वास्थ्य बिमा कार्यक्रममा अनुबन्धित छु भनि स्वघोसणा गर्दछु” मा क्लिक गरि आफ्नो बिमा नम्बर राख्नुहोस् । बिमा नम्बर आफ्नो बिमा कार्डको माथिल्लो दायाँ पट्टि QR Code को तल रहेको हुन्छ । यो सुबिधा प्रयोग गर्न बिरामी वा बिमितको प्रथम सेवा बिन्दु “Hetauda Hospital”/ हेटौंडा अस्पताल अनिवार्य हुन पर्ने छ, नहुने बिरामीले रिफर कागजपत्र सहित यस अस्पतलमा नै गएर दर्ता गर्नु पर्ने छ ।
#स्टेप 09: अब आफुले छानेको मितिमा उक्त टिकट लिएको विवरण बताई अस्पतालको काउन्टरबाट कार्ड लिन सक्नु हुनेछ । बिमाको हकमा बिमा कार्ड, र नगदको हकमा बिरामीको नाम र दर्ता गरेको मोबाइल नम्बर आवश्यक हुनेछ। कार्ड लिनको लागि टोकन लिन पर्दैन, र ओपिडिमा चिकित्सक रहने समय भित्र पुगी कार्ड लिन सकिन्छ ।
#पुनश्च: जुन दिन जचाउन पर्ने हो सो दिनको अघिल्लो रात १२:०० भित्र टिकट बूकिंग गरिसक्न पर्ने छ, जचाउन पर्ने दिन बिहान वा सोहि समयमा टिकट बूकिंग गर्ने सुविधा हाललाई उपलब्ध छैन ।
यस मोबाइल एप मार्फत आफ्नो घरमा रहनु भएका सदस्यहरुको अस्पताल टिकट जहाँबाट पनि सजिलै लिन सकिन्छ र घरको सदस्यहरुलाई टिकटको लागि लाईन बस्न पर्ने समस्याबाट मुक्ति गराउन सक्नु हुन्छ ।
बिलमा रहेको QR Code Scan गरेर दिइएको username र password प्रयोग गरि मोबाइलमै ल्याब रिपोर्ट हेर्न/पाउन सकिन्छ ।