राष्ट्रिय स्वतन्त्र पार्टी, गुल्मी

  • Home
  • Nepal
  • Gulmi Tamghas
  • राष्ट्रिय स्वतन्त्र पार्टी, गुल्मी

राष्ट्रिय स्वतन्त्र पार्टी, गुल्मी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from राष्ट्रिय स्वतन्त्र पार्टी, गुल्मी, Political organisation, Tamghas, Gulmi Tamghas.
(1)

16/07/2026

बा , दाई ,भाउजुको गोडा तेल लगाएर आएकालाई जबाफ दिदै…
यहाँ छ ! खगेन्द्र सुवार !

समग्र गुल्मी बासिहरुको जनगुनासो माननीय Sagar Dhakal र माननीय माननीय गोविन्द पन्थी सचिवालय  panthi   समक्ष पुगोस भन्ने हे...
12/07/2026

समग्र गुल्मी बासिहरुको जनगुनासो माननीय Sagar Dhakal र माननीय माननीय गोविन्द पन्थी सचिवालय panthi समक्ष पुगोस भन्ने हेतुले हामिले माननीय ज्युहरु संगको समन्वयमा गुल्मी जिल्लाका सबै नगरपालिका र गाउँपालिकामा सबै खाले सुझाब, सल्लाह र जनगुनासोको लागि सचिबालय संचालनमा ल्याएका छौं । कृपया तल स्कृनमा दिएको नम्बरमा Whatsapp म्यासेज मार्फत यहाँहरुले सम्पर्क गर्न सक्नुहुने छ ।
यहाँको कुरा जस्ताको तस्तै माननीय सागर ढकाल र माननीय गोविन्द पन्थीज्यू समक्ष पुर्याइ आवश्यकता अनुसार माननीय ज्युहरले सम्बोधन/समाधानको पहल गर्नुहुनेछ।
धन्यबाद ।
जय गुल्मी🇳🇵

06/07/2026

गुल्मीमा एकै दिन घटेका दुई दुःखद घटनाले राज्यको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको छ।

गुल्मी जिल्लामा एकै दिन घटेका दुई अत्यन्त दुःखद घटनाले हामी सबैलाई स्तब्ध र मर्माहत बनाएको छ।

मुसिकोट नगरपालिका–१, बगाहाका ६८ वर्षीय वीरबहादुर सुनार आफ्नै खेतबारीमा बाँदर धपाउने क्रममा ज्यान गुमाउनुभयो। आफ्नो पसिना, श्रम र अन्नबाली जोगाउन खोज्दा किसानले ज्यान गुमाउनुपर्ने अवस्था कुनै सभ्य राज्यका लागि सामान्य घटना हुन सक्दैन। वर्षौंदेखि बाँदर र बँदेलको आतंकले किसानको जीवन र उत्पादन दुवै संकटमा पर्दा पनि प्रभावकारी समाधान दिन नसक्नु राज्यको गम्भीर कमजोरी हो।

त्यसैगरी, मिति २०८३/०३/२२ गते रेसुङ्गा नगरपालिका–८, गजुरा स्थित तम्घास–रेसुङ्गा सडक खण्डमा भएको सवारी दुर्घटनामा उपचारका क्रममा युवा सुदीप नेपाली को दुःखद निधन भएको खबरले गहिरो दुःख दिएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

यी दुई घटनाको प्रकृति फरक भए पनि सन्देश एउटै छ। आज किसान आफ्नै खेतमा सुरक्षित छैनन्, नागरिक आफ्नै सडकमा सुरक्षित छैनन्। जब नागरिक आफ्नो दैनिक जीवनका आधारभूत गतिविधिमा समेत जोखिममा पर्छन्, तब त्यसको जिम्मेवारीबाट राज्य पन्छिन मिल्दैन।

अब सरकार केवल दुःख व्यक्त गरेर आफ्नो दायित्व पूरा भएको ठान्ने अवस्थामा छैन। वन्यजन्तुबाट किसानलाई जोगाउने प्रभावकारी र दीर्घकालीन नीति तत्काल कार्यान्वयन गर्नुपर्छ। ग्रामीण सडकको गुणस्तर सुधार, नियमित मर्मत, सडक सुरक्षाका मापदण्डको कडाइका साथ पालना तथा दुर्घटना न्यूनीकरणका ठोस योजना तत्काल लागू गर्नुपर्छ। साथै दुवै घटनाका पीडित परिवारलाई उचित राहत, क्षतिपूर्ति र आवश्यक सहयोग उपलब्ध गराइनुपर्छ।

नागरिकले आफ्नै खेतमा ज्यान गुमाउनुपर्ने र आफ्नै बाटोमा असुरक्षित भएर यात्रा गर्नुपर्ने अवस्था लोकतान्त्रिक शासन व्यवस्थाको सफलता होइन, राज्यको असफलताको संकेत हो।

सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदै दुवै घटनामा दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

02/07/2026

के सरकारले माननीय गोविन्द पन्थीको आवाज सुन्ला?

घटना भएको दुई दिन बितिसक्यो।
पीडित परिवारका आँसु अझै ओभाएका छैनन्। न्यायको अपेक्षामा उनीहरू अझै पर्खाइमै छन्।

के सरकार अझै पनि मौन रहने हो?
जनताको पीडा सुन्न र आवश्यक निर्णय लिन अब पनि ढिलाइ किन?

न्यायमा ढिलाइ हुनु भनेको पीडालाई झन् गहिरो बनाउनु हो। सरकार संवेदनशील बनोस्, सत्यतथ्य छानबिन होस्, दोषीलाई कानुनी दायरामा ल्याइयोस्, र यस्ता घटना दोहोरिन नदिने स्पष्ट प्रतिबद्धता देखाओस्।

जनताले बलिदान होइन, सुरक्षा, न्याय र उत्तरदायी शासन चाहेका छन्।
माननीय गोविन्द पन्थी सचिवालय #गोविन्दपन्थी #गुल्मी

01/07/2026
ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!चितवनको भर...
01/07/2026

ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!
चितवनको भरतपुरमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक 'प्रथम राष्ट्रिय महाधिवेशन' बाट लोकतान्त्रिक पद्धति अनुरूप निर्वाचित हुनुभएका प्रिय नेता, जनप्रिय पार्टी सभापति श्री रवि लामिछानेज्यू लगायत नवनिर्वाचित सम्पूर्ण केन्द्रीय पदाधिकारी तथा आदरणीय केन्द्रीय सदस्यज्यूहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी, गुल्मी जिल्ला कार्यसमिति हार्दिक बधाई ज्ञापन गर्दछ। साथै केन्द्रीय कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएका यहाँहरू सम्पूर्णमा आम नागरिकप्रतिको उत्तरदायित्व वहन गर्दै देशलाई सही दिशा दिने एक ऐतिहासिक र सफल कार्यकालको असीम शुभकामना व्यक्त गर्दछौं।
गुल्मी सधैं वैचारिक र निष्ठाको राजनीति गर्ने चेतनशील जिल्ला हो। विगतमा देशका ठूला परिवर्तनमा गुल्मीले विशिष्ट योगदान दिएको छ। अब फेरि सुशासन, पारदर्शिता र समृद्धिको नयाँ उदाहरण प्रस्तुत गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ।
हामी केवल निर्वाचन जित्ने उद्देश्यले होइन, राजनीतिको संस्कार बदल्ने संकल्पका साथ हिँडेका छौं। महाधिवेशनले विचार र नेतृत्व दिएको छ, अब हामी गुल्मीबासी मिलेर परिणाम दिनुपर्छ।
आगामी दिनमा नवनिर्वाचित केन्द्रीय नेतृत्वको कुशल मार्गनिर्देशनमा गुल्मी जिल्ला समिति वैकल्पिक राजनीतिक संस्कृति र सुशासनको जगलाई टोल-टोलसम्म पुर्‍याउन पूर्ण रूपमा प्रतिबद्ध छ। आउनुहोस्, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर "हामी" को भावनाका साथ समृद्ध गुल्मी र समृद्ध नेपाल निर्माणको यो महाअभियानमा हातेमालो गरौँ।
नयाँ नेतृत्वलाई सफल कार्यकालको पुनः हार्दिक शुभकामना!
जय देश, जय घण्टी!
राष्ट्रिय स्वतन्त्र पार्टी
गुल्मी जिल्ला कार्यसमिति
Rastriya Swatantra Party - RSP

01/07/2026

समस्या सुनाउँदैमा मात्र समाधान हुँदैन भन्ने कुरा फेरि एकपटक स्पष्ट भएको छ।

महिनौँअघि जंगली जनावरको आतंकको विषय संसदमा उठाइएको थियो। किसानको बाली नष्ट भइरहेको छ, जनजीवन प्रभावित छ, तर समाधान अझै देखिएको छैन।

जनताको समस्या संसदमा पुग्नु महत्वपूर्ण हो, तर त्यसलाई कार्यान्वयनमा लैजानु अझ महत्वपूर्ण हो। प्रश्न उठिसकेको छ, अब उत्तर र परिणाम चाहिएको छ।

जंगली जनावरको आतंकबाट पीडित नागरिकले आश्वासन होइन, प्रभावकारी र तत्काल समाधानको अपेक्षा गरेका छन्।

माननीय सागर ढकालज्यूको भावुक अपिल सहितको धन्यबाद!!आदरणीय पालिका सभापतिज्यूहरू, र सम्पूर्ण आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथ...
29/06/2026

माननीय सागर ढकालज्यूको भावुक अपिल सहितको धन्यबाद!!

आदरणीय पालिका सभापतिज्यूहरू, र सम्पूर्ण आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा आत्मीय साथीहरू!
संसद्को यो व्यस्त यात्राका बीच तपाईंहरूले गुल्मीको माटो र यहाँको भविष्यलाई लिएर सोध्नुभएका प्रश्नहरूका लागि हृदयदेखि नै धेरै-धेरै धन्यवाद। यी प्रश्नहरूले मलाई झकझकाएका मात्र छैनन्, गुल्मी परिवर्तनको भोक हामी सबैमा कति गहिरो छ भन्ने कुरा पुनः प्रमाणित गरेका छन्।
प्रश्नहरूको उत्तर दिनुअघि, म मेरो छातीमा गर्व र आँखामा कृतज्ञताका आँसु राखेर तपाईंहरू सबैलाई एउटा कुरा स्मरण गर्न र गराउन चाहन्छु। भर्खरै सम्पन्न हाम्रो राष्ट्रिय प्रथम ऐतिहासिक अधिवेशनमा गुल्मी जिल्ला लगायत देशका कुना-कुनाबाट आउनुभएका सम्पूर्ण प्रतिनिधि साथीहरूले ममाथि जुन अगाध विश्वास देखाउनुभयो, म त्यसका अगाडि नतमस्तक छु। तपाईंहरूको त्यही अमूल्य र पवित्र मतकै बलमा मलाई चौथो स्थानमा विजयी गराई केन्द्रीय नेतृत्वमा पुर्‍याउनुभयो। यो जित केवल सागर ढकालको जित होइन, यो गुल्मीको आवाज र आम नेपालीको भरोसाको जित हो। मलाई यो उचाइ र जिम्मेवारी दिनुहुने सम्पूर्ण आदरणीय प्रतिनिधिज्यूहरूमा हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछु। तपाईंहरूले मलाई मत मात्र दिनुभएको छैन, यो देश बदल्ने एउटा ठुलो धर्म र जिम्मेवारी सुम्पिनुभएको छ।
गत चैत्र १२ गते मैले सांसदका रूपमा शपथ लिँदा मेरो मनमा एउटै संकल्प थियो— वर्षौँदेखि पछाडि पारिएको हाम्रो गुल्मीलाई देशकै नमुना बनाउने। शपथ लिएयताका यी दिनहरू बजेट निर्माण, मन्त्रालयका नीतिगत छलफल र संसदीय जिम्मेवारीहरूमा निकै व्यस्त रहे। तर, यो व्यस्तताका बीच पनि मैले गुल्मीलाई एक पलका लागि पनि बिर्सेको छैन। यही व्यस्तताकै बीच म दुई पटक तपाईंहरूकै आँगनमा पुगिसकेको कुरा पनि स्मरण गराउन चाहन्छु।
सांसद भएको आज करिब ९० दिन मात्र पुग्दैछ, जबकि यो माटोको सेवा गर्न मेरो कार्यकालका अझै करिब १,७०० दिनहरू बाँकी छन्। त्यसैले, मैले निर्वाचनका बेला सार्वजनिक रूपमा गरेका प्रत्येक प्रतिबद्धताप्रति म पूर्ण रूपमा स्पष्ट र दृढ छु। तिनका लागि आवश्यक कार्ययोजना, समयसीमा र कार्यान्वयनको प्रक्रिया क्रमशः अघि बढिरहेका छन्।
हाम्रो सपनाको 'गुल्मी कृषि मोडेल' (Gulmi Agriculture Model) ले बिस्तारै गति लिन थालेको छ, जसले हाम्रो उत्पादन र कृषक दाजुभाइको पसिनालाई सिधै बजारसँग जोड्नेछ। यसका साथै, हाम्रा आमाबुवा र बालबालिकाको स्वास्थ्य सुनिश्चित गर्न 'गुल्मी हेल्थ मोडेल' को प्रारम्भिक खाका तयार भई कार्यान्वयनको दिशामा अघि बढिरहेको छ। आगामी दिनमा कुन-कुन पालिकामा कुन बजेट कसरी विनियोजन भएका छन् र तिनले गाउँको मुहार कसरी बदल्नेछन् भन्ने विस्तृत विवरण म छिट्टै तपाईंहरूमाझ पारदर्शी रूपमा राख्ने नै छु।
मेरा आदरणीय साथीहरू,
महाधिवेशनको ऐतिहासिक ऊर्जा बोकेर अब हामी स्थानीय तहमा संगठनलाई अझ सशक्त, उत्तरदायी र जनमुखी बनाउने ऐतिहासिक मोडमा आइपुगेका छौँ। हिजो हामी प्रश्न सोध्ने ठाउँमा थियौँ, आज हामी जनतालाई उत्तर दिने र भरोसा दिने जिम्मेवार ठाउँमा पुगेका छौँ।

"विगत ३५ वर्षमा हुन नसकेको परिवर्तन अब आगामी ५ वर्षमा हामी सबै मिलेर सम्भव बनाउनुपर्छ। परिवर्तन कुनै जादुको छडी होइन र यो कुनै एक व्यक्तिले मात्र गरेर सम्भव पनि हुन्न। केन्द्रीय महाधिवेशनमा तपाईंहरूले मत दिएर मलाई जुन चौथो स्थानको शक्ति र जिम्मेवारी दिनुभएको छ, त्यसलाई म गुल्मीको माटो र जनताको सेवामा सतप्रतिशत लगानी गर्नेछु।"

म छिट्टै नै हाम्रा गाउँ-गाउँ र टोल-टोलमा आउँदैछु। म आउनुअघि मेरो एउटा विनम्र अनुरोध छ— तपाईंहरू प्रत्येक पालिकाका सभापतिज्यूहरूले आफ्नो क्षेत्रका लागि आगामी ५ वर्षमा गर्न सकिने व्यावहारिक र ठोस योजनाहरूको सूची तयार पार्दै जानुहोस्। हामी सँगै बसेर, सँगै सल्लाह गरेर ती योजनालाई साकार पार्नेछौँ।
र अन्त्यमा, प्रश्न सोध्न र हामीलाई जिम्मेवार बनाउन कहिल्यै नछोड्नुहोला। तपाईंहरूका रचनात्मक प्रश्न, खबरदारी र मार्मिक सुझावले नै मलाई संसद् र केन्द्रीय समितिमा अझ बढी दृढताका साथ आवाज उठाउन ऊर्जा दिनेछन्।
आउनुहोस्, निराशालाई आशामा बदलौँ र आफ्नो गुल्मी आफैँ बनाौँ।
धन्यवाद! 🙏
माननीय सागर ढकाल
प्रतिनिधि सभा सदस्य, गुल्मी क्षेत्र नं.१
Sagar Dhakal Sagar Dhakal जिताउ अभियान

Address

Tamghas
Gulmi Tamghas
32600

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पार्टी, गुल्मी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share