गुल्मी उद्योग वाणिज्य संघ शाखा शान्तिपुर

  • Home
  • Nepal
  • Gulmi Tamghas
  • गुल्मी उद्योग वाणिज्य संघ शाखा शान्तिपुर

गुल्मी उद्योग वाणिज्य संघ शाखा शान्तिपुर Gulmi Industry and Commerce Association Branch Shantipur
चन्द्रकोट-४, शान्तिपुर

27/03/2026

अहिले चन्द्रकोट क्षेत्र बिकास समिति द्वारा आयोजित प्रथम चन्द्रकोट महोत्सव चलिरहेको र भोली समापन कार्यक्रम रहेको हुदा शनिबार हुदै आएको बजार बन्द भोली शनिबार खुल्ला रहने सबै ब्यबसायी तथा उपभोक्ताहरुमा जानकारी गराउदछौँ ।
उद्योग वाणिज्य संघ शाखा कार्यालय शान्तिपुर गुल्मी

"चन्द्रकोट क्षेत्र विकास समिति " द्वारा यही चैत्र ८ देखि १४ गतेसम्म आयोजना गर्न लागेको “चैते दशैं मेला तथा प्रथम चन्द्रक...
20/03/2026

"चन्द्रकोट क्षेत्र विकास समिति " द्वारा यही चैत्र ८ देखि १४ गतेसम्म आयोजना गर्न लागेको “चैते दशैं मेला तथा प्रथम चन्द्रकोट महोत्सव” को भव्य सफलता को शुभकामना व्यक्त गर्दछौँ।


अध्यक्ष
तेजेन्द्र थापा
तथा सम्पुर्ण संघ ।

18/02/2026

भोली प्रजातन्त्र दिवसको अवसरमा शान्तिपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आव्हान तथा बिभिन्न संघ -संस्थाको समन्वयमा हुन गैरहेको सरसफाई कार्यक्रममा आ- आफ्नो टोलमा सहभागि भै शान्तिपुर क्षेत्रलाई सफा र सुग्घर राख्ने कार्यमा सहभागि हुन शान्तिपुर बासी सबैलाई हार्दिक अनुरोध गर्दछौ ।
भोली बिहान ठिक ८ बजे ।

14/12/2025

सार्बजनिक सुनुवाई कार्यक्रममा सहभागिताका लागि सम्पुर्ण उद्दमी ब्यबसायी साथिहरुलाई अनुरोध छ ।

गुल्मी उद्दोग बाणिज्य संघ तम्घासको आयोजना र शाखा शान्तिपुरको सहजिकरणमा पुराना ब्यबसायी सम्मान कार्यक्रम अन्तर्गत शान्तिप...
20/11/2025

गुल्मी उद्दोग बाणिज्य संघ तम्घासको आयोजना र शाखा शान्तिपुरको सहजिकरणमा पुराना ब्यबसायी सम्मान कार्यक्रम अन्तर्गत शान्तिपुर बजारका पुराना ब्यबसायी तथा बरिष्ठ समाजसेवी मिमलाल श्रेष्ठलाई सम्मान गर्दै गुल्मी उद्दोग बाणिज्य संघको टीम ।

आजको शान्तिपुर बजार क्षेत्रको सरसफाई कार्यक्रममा सहभागि सम्पुर्ण टोलका आमा समुह, उद्दोग बाणिज्य संघका साथिहरु , ईलाका प्...
27/09/2025

आजको शान्तिपुर बजार क्षेत्रको सरसफाई कार्यक्रममा सहभागि सम्पुर्ण टोलका आमा समुह, उद्दोग बाणिज्य संघका साथिहरु , ईलाका प्रहरी कार्यालयका प्रहरी साथिहरु लगायत सहभागि सम्पुर्ण नागरिकहरुलाई हार्दिक धन्यबाद ब्यक्त गर्दछौ ।साथै गाडी पठाएर सहयोग गरेकोमा चन्द्रकोट गाउपालिकालाई पनि हार्दिक धन्यबाद ब्यक्त गर्दछौ।
बसपार्क र सार्बजनिक शौचालय संचालन गर्ने बिषयको छलफलमा सहभागि ४ नम्बर वार्डका वडाअध्यक्ष , कार्यपालिका सदस्य, वडासदस्य , शान्तिपुर बजार भित्रका समाजसेवि बिशिष्ट ब्यक्तिहरु, बसपार्क वरिपरिका नागरिकहरु सबैमा हाम्रो आमन्त्रणलाई स्विकार गरि उपस्थित भएर गहन छलफल गर्नु भएकोमा हार्दिक आभार तथा धन्यबाद ब्यक्त गर्दछौं ।

26/09/2025

सम्पुर्ण शान्तिपुर क्षेत्रका नागरिकहरुमा सुचना ! ! !
बर्षा यामको समाप्ती संगै हिउद लाग्दै छ भने हाम्रा महान चाडपर्वहरु नजिकै आईरहेका छन । चाडपर्वको आगमन संगै मानिसहरुको आवतजावत बढ्ने र नया नया मान्छेहरुको आगमन पनि बढ्ने हुन्छ । बाहिरी मान्छेहरुलाई सभ्य , सफा र सुन्दर शान्तिपुरको परिचय दिनु तपाईहामी सबैको साझा कर्तब्य हो तसर्थ भोली शनिबार बिहान सबै जनाले आफ्नो टोल छिमेकका सार्बजनिक स्थलहरु , बाटो , खोला, खोल्सा सफाई गर्नुहुन सबै टोलका आमा समुहलाई पत्र पठाईएको छ यदी पत्र प्राप्त नभएको भए यसै सुचनालाई आधार मानी सबै जना सरसफाई कार्यक्रममा सहभागि हुनुहुन सबैमा अनुरोध गर्दछौ ।

आज बाट शान्तिपुर - काठमाडौं यातायात ( दीवा )सेवा शुरु ।नयाँ प्रबिधिको AC Traveller बाट शान्तिपुर ,  चोरकाटे, खैरेनी रुद्...
21/09/2025

आज बाट शान्तिपुर - काठमाडौं यातायात ( दीवा )सेवा शुरु ।
नयाँ प्रबिधिको AC Traveller बाट शान्तिपुर , चोरकाटे, खैरेनी रुद्रबेनी , मिर्मी , पुर्तिघात , बाग्लुङ , कुस्मा, पोखरा हुदै काठमाडौं सम्म शुलभ र आरामदायी सेवा प्रधान गर्नु भएकोमा युवा ब्यबसायी साथिहरुलाई बधाई संगै ब्यबसायिक सफलताको शुभकामना ।
समय
बिहान शान्तिपुर देखि काठमाडौं 9:00 बजे
बिहान काठमाडौं देखि शान्तिपुर 7:30 बजे
सम्पर्क नम्बर
बैकुण्ठ श्रेष्ठ 9857033401
नागेन्द्र अधिकारी 9857085456
टंक काउछा 9847306243
काउन्टर नम्बर शान्तिपुर 9764325858
" काठमाडौं 9841263717

19/09/2025

ब्यबसायी तथा उपभोक्ताहरुमा सुचना ।
शान्तिपुर बजार क्षेत्रका सम्पुर्ण उद्दमी ब्यबसायि तथा उपभोक्ता मित्रहरु ! नेपालीहरुको ठुला पर्वहरु दशै र तिहार हाम्रा नजिक आउनै लागेकाछन यो अबस्थामा आम उपभोक्ताहरुको सेवालाई मध्यनजर गर्दै यहि असोज ४ गते देखि कार्तिक ८ गते भित्र परेका सबै शनिवार पसलहरु खुल्ला रहने सबैमा जनकारी गराउद्छौ ।

बजार बन्द सम्बन्धि सुचना ।भ्रष्टाचारको अन्त्य ,उत्तरदायी शासन ब्यबस्था आवश्यक ठानी भ्रष्टाचार मुक्त समाज , जनउत्तरदायी श...
09/09/2025

बजार बन्द सम्बन्धि सुचना ।
भ्रष्टाचारको अन्त्य ,उत्तरदायी शासन ब्यबस्था आवश्यक ठानी भ्रष्टाचार मुक्त समाज , जनउत्तरदायी शासन ब्यबस्था लागू गरि मुलुकको दोगो बिकास र सुशासन युक्त देश निर्माण गर्ने अभिप्रायले जेन जी पुस्ताले गरेको आन्दोलनमा शासकहरुबाट व्यापक बल प्रयोग गर्दा १९ जना युवाहरुले सहादत प्राप्त गरेका छन भने सयौ घाईते भएका छन सरकारको यो कार्य अत्यन्तै निन्दनिय छ ।
हिजको आन्दोलनमा दिगंबत हुने सम्पुर्ण युवाहरुको आत्मा शान्तिको कामना गर्दै शोककुल परिवारजनमा समबेदना ब्यक्त गर्दछौ । सम्पुर्ण घाइतेहरुको सिघ्र स्वास्थ लाभको कामना गर्दछौ ।
शोकको यस घडीमा आज शान्तिपुर क्षेत्रका सम्पुर्ण उद्योग ब्यबसाय बन्द गर्ने निर्णय भएको हुदा यश शोक बन्दलाई सफल बनाउन सम्पुर्ण उद्योगी ब्यसायिहरुलाई हार्दिक अपिल गर्दछौ ।

निशुल्क तालिम सम्बन्धी सुचना ।
02/09/2025

निशुल्क तालिम सम्बन्धी सुचना ।

बिध्यालय शिक्षा विधेयक २०८० प्रति गुल्मी उद्दयोग बाणिज्य संघको ध्यानाकर्षण ।
02/09/2025

बिध्यालय शिक्षा विधेयक २०८० प्रति गुल्मी उद्दयोग बाणिज्य संघको ध्यानाकर्षण ।

Address

Shantipur
Gulmi Tamghas
32603

Alerts

Be the first to know and let us send you an email when गुल्मी उद्योग वाणिज्य संघ शाखा शान्तिपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to गुल्मी उद्योग वाणिज्य संघ शाखा शान्तिपुर:

Share