चन्द्रकोटे ठिटो

चन्द्रकोटे ठिटो "जननी जन्म भुमिस्च स्वर्गद्वपी गरिएस? shantipur is one of the historical and romantic palaces which is located in lap of hugdi river in gulmi destrict.

it is a vallyey covered by hill from all four direction . it is one of the business centre for its sorrounding village such as harewa, harrachour, gwagha, bishukurkha, dibrung, salyan , batachachour, bareng etc...



चन्द्रकोट गाउँपालिकाको संक्षिप्त परिचय
चन्द्रकोट गाउँपालिकाको भौगोलीक अवस्थालाई नियाल्दा यो २८°०६'३६.४'' उत्तरी अक्षाश र ८३°२४'५१.३'' पूर्वी देशान्तरमा पर्दछ । गुल्मी

जिल्लामा अवस्थित यस गाउँपालिकाको पूर्वमा गुल्मी जिल्लाकै कालीगण्डकी गाउँपालिका, पश्चिममा सत्यवती गाउँपालिका र छत्रकोट गाउँपालिका, उत्तरमा बागलुङ जिल्लाको बहरेङ गाउँपालिका र दक्षिणमा गुल्मी जिल्लाकै मुसिकोट नगरपालिका र गुल्मी दरबार गाउँपालिका पर्दछन । यस गाउँपालिकाको क्षेत्रफल १०५.७३ वर्ग की.मि.छ । २०६८ को जनगणना अनुसार चन्द्रकोट गाउँपालिकाको कुल जनसंख्या २१८२७ छ । नेपाल सरकारको मिति २०७३ फागुन २७ मा प्रकाशित राजपत्र अनुसार साविक दिव्रुङ्ग, बिशुखर्क, हराचौर, शान्तिपुर, ग्वाघा, हरेवा, रूपाकोट र तुराङ्ग गा.वि.स. गरि ८ वटा गा.वि.स. मिलि बनेको यस गाउँपालिकालाई ८ वटा वडामा विभाजन गरिएको छ। चन्द्रकोट गाउँपालिकाको कार्यालय साविक शान्तिपुर गा.वि.स. हाल चन्द्रकोट-४ शान्तिपुर स्थित चन्द्रकोट क्याम्पसको नयाँ भवनमा अवस्थीत छ ।
प्रशिद्ध चन्द्रकोट, दिव्रुङ्ग, चक्रेश्वर जस्ता एतिहासिक एवम धार्मिक पहिचान बोकेको र टिमुरे ताल, दह ताल, अर्जेवाको प्राकृतिक झरना साथ साथै थुप्रै नदीनाला, वनजंगल, प्राकृतिक सम्पदा, हुग्दी खोला हाइड्रोपावर विकासका परियोजना जस्ता सौन्दर्यले भरपूर, पर्यटकीय विकासको येथाहा सम्भावना रहेको छ । यस गाउँपालिकाको नामकरण प्रशिद्ध एतिहासिक स्थल चन्द्रकोटको नामबाट गरिएकोए हो । यस गाउँपालिकामा मुख्यतया ब्राहम्ण, क्षेत्री, मगर, नेवार, गुरुङ, विश्वकर्मा र कुमाल जात जातीहरुको बसोवास रहेको छ । यहाँ बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोतहरु कृषि, पशुपालन, बैदेसिक रोजगार र व्यापार रहेको पाईन्छ ।


साहित्य, कला, संस्कृति, भेषभुषा अनी प्राकृतिक छटा ले उर्बर भूमि चन्द्रकोट , उसै माथी आफ़्नो जन्मभुमी प्राण भन्दा प्यारो छ।
यहाँको हर तह-तप्का आर्थिक संब्रिध्हि अनि भौतीक बिकाश को लागी तपाई हामी मिलेर हातेमालो गर्नु जरुरी छ।
बिशेस गरि यस साहित्यिक उर्बर भूमिमा सक्दो मलजल गर्नु हामी सबैको उत्तरदायित ्व हुनेछ....।
आउनुहोस, यौटा साझा साहित्यिक चौतारीको निर्माण गरौ! अंतरमन देखी सिर्जित सिर्जनाहरु तपाई हाम्रो आफ़्नै साझा चौतारीमा पोस्ट गर्न सक्नु हुन्छ, साथै आफ़्ना साथीहरु लाई यो साझा चौतारीमा सामेल गराउन नभुल्नुस है।

21/11/2025

के तपाईलाई थाहा छ , गुल्मीमा जन्मिएका खेलाडीहरू र उनीहरूले खेलेका एनपिएल टिम ? हेर्नुहोस
* सोम्पाल Kami (Sompal Kami) – कर्णाली याक्स का कप्तानसमेत रहेका सोम्पाल गुल्मीको चन्द्रकोट गाउँपालिकाका बासिन्दा हुन्। उनी नेपाली क्रिकेटका प्रमुख तेज बलरमध्ये एक मानिन्छन्।
* सागर ढकाल – उनी पोखरा एभेन्जर्स बाट खेलेका छन्। सागर गुल्मीको सत्यवती गाउँपालिकाका हुन् , उदयमान युवा स्पिनियरका रूपमा परिचित छन्।
* अर्जुन कुमाल – अर्जुन गुल्मीको छत्रकोट गाउँपालिकाका हुन् । घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै पोखरा एभेन्जर्स बाट एनपिएल खेलेका छन ।
* दिनेश खरेल – पोखरा एभेन्जर्स बाट एनपिएल खेलेका दिनेश गुल्मी मुसिकोटका हुन्। हाल उनी विदेशमा बसोबास गर्दै आएका छन (तस्विर : डिबी खड्का , ५ वर्ष अघि प्रधानमन्त्री कपमा अर्जुन कुमालको खिचिएको हो )।
*

12/11/2025
11/11/2025
10/11/2025

Address

Chandrakot, Shantipur Gulmi
Gulmi Tamghas

Alerts

Be the first to know and let us send you an email when चन्द्रकोटे ठिटो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share