11/05/2023
अनुचित लेनदेन (मिटर ब्याज) पीडितहरुलाई निवेदन दिन 7 दिन म्यादथप गरिएको जरुरी सूचना !
अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोग, 2079 को प्राप्त पत्रानुसार मिति 2080 साल बैशाख 17 गतेदेखि 2080 बैशाख 31 गतेसम्म अनुचित लेनदेन (मिटर ब्याज) पीडितहरुले आफुसंग भएका सबुत प्रमाण सहित यस कार्यालयको मुद्दा शाखामा सम्पर्क गर्न अनुरोध गरिएकोमा आयोगको मिति 2080/01/28 गतेको प्राप्त निर्णय अनुसार 2080 जेष्ठ 7 गतेसम्म पीडितहरुले निवेदन दिन म्याद थप भएको व्यहोरा जानकारी गराइन्छ। साथै, मिटर ब्याज पीडित व्यक्तिहरुले यस कार्यालयको बैवसाइट/सामाजिक संजालबाट समेत निवेदन फारम डाउनलोड गरी भरी यस कार्यालयमा पेश गर्नुहुन र वैवसाइट/सामाजिक संजालमा जोडिन नसक्नु भएकाहरुका लागि यस कार्यालयबाट निःशुल्क निवेदन फारम उपलब्ध गराइने व्यहोरा समेत सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ । साथै जिल्लास्थित सबै स्थानीय तहहरुले आ-आफ्नो पालिका भित्र रहेका अनुचित लेनदेन (मिटर ब्याज) पीडितहरुलाई सूचना उपलब्ध गराई यस कार्यालयमा सम्पर्क राख्न पठाइदिनहुन समेत अनुरोध छ।