Dullu Hospital, Dailekh

Dullu Hospital, Dailekh Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dullu Hospital, Dailekh, Government Organization, Dullu.

Dullu Hospital is a government 15 bedded hospital upgraded from primary health care center (PHC) in the year of 2071 BS, located at Dullu of Dailekh district, in mid-western Nepal.

दुल्ल अस्पतालको न्यूनतम सेवा मापदण्ड ६२% कायम, सुधार उन्मुख प्रगति.....न्यूनतम सेवा मापदण्ड (MSS)  कार्यान्वयन कार्यक्रम...
26/03/2026

दुल्ल अस्पतालको न्यूनतम सेवा मापदण्ड ६२% कायम, सुधार उन्मुख प्रगति.....

न्यूनतम सेवा मापदण्ड (MSS) कार्यान्वयन कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश सरकार, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतवाट दुल्लु अस्पतालको मिति २०८२/१२/११ र १२ गते अस्पतालको न्यूनतम सेवा मापदण्डको मूल्यांकन सम्पन्न भएको छ। दुल्लु नगरपालिका का मेयर भरत प्रसाद रिजाल ज्युको अध्क्षयतामा संचालित कार्यक्रममा नगरपालिकाकाे उपमेयर ज्यू विना कार्की, दुल्लु अस्पतालका मेसु डा. रहिस कोजु, MSS निरीक्षण टोलीका डा. मनोज विश्वकर्मा, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका भानु बस्याल, स्वास्थ्य सेवा निर्देशनालय MSS focal person मोहन चपाई, साझेदार संस्था Nick Siomns Institute का सुरज श्रेष्ठ लगायत दुल्लु अस्पतालका सम्पूर्ण विभाग प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।
२०८२/१२/१२

दुल्लु, चामुण्डा, लाकान्द्र र डुंगेश्वरमा महिला वा पुरुषको स्थायी बन्ध्याकरण तथा लामो अवधिको परिवार नियोजन शिविर.......ब...
12/03/2026

दुल्लु, चामुण्डा, लाकान्द्र र डुंगेश्वरमा महिला वा पुरुषको स्थायी बन्ध्याकरण तथा लामो अवधिको परिवार नियोजन शिविर.......
बैक बजार, दुल्लु चैत्र ०४ गते
लकान्द्र प्रा.स्वा. केन्द्र चैत्र ०५
चामुण्डा स्वास्थ्य चौकी दुल्लु ०६ गते
माथिल्लो डुंगेश्वर बजार चैत्र ०८ गते

11/03/2026

मोबाइल हराएको सम्बन्धी सूचना
दुल्लु अस्पतालबाट चाँदनी चोकतर्फ जाने क्रममा दुल्लु अस्पतालका एक कर्मचारीको Redmi मोबाइल फोन हराएको छ।
यदि कसैले उक्त मोबाइल फेला पार्नुभएको छ भने, कृपया मानवतावश फिर्ता गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
फिर्ता गर्ने व्यक्तिलाई उचित इनामको व्यवस्था गरिएको छ।
सम्पर्क:
डा. रहिश कोजु
📞 ९८४३८०३७०४
मोबाइल फेला पार्नुभएको महानुभावले दुल्लु अस्पताल वा अस्पतालका कुनै पनि कर्मचारीलाई सम्पर्क गर्न सक्नुहुनेछ।

22/02/2026

घरमा तपाइँलाई पर्खिने मान्छे छन्...........
२ मिनेटको थ्रिल र आमाको कहिल्यै नसुक्ने आँसु: एक डाक्टरको डायरी
स्थान: ट्रमा सेन्टर, इमर्जेन्सी कक्ष (काठमाडौं)।
समय: शनिबार राति ११:३० बजे।

शनिबारको रात ट्रमा सेन्टरका डाक्टरहरूका लागि 'कालरात्रि' जस्तै हुन्छ। 'विकेन्ड' मनाएर फर्किएका युवाहरूको लर्को र एम्बुलेन्सको आवाजले वातावरण तनावग्रस्त हुन्छ।

आज पनि त्यस्तै भयो। साइरन बजाउँदै आएको एम्बुलेन्सबाट २२ वर्षीय रोहन (नाम परिवर्तन) लाई निकालियो। उनी अचेत थिए। टाउकोबाट रगतको धारा बगिरहेको थियो र उनको नयाँ ब्रान्डेड जुत्ता एउटा खुट्टामा मात्र थियो।

घटनाको दृश्य :
उसका साथीहरू, जो अलि-अलि मातेका थिए, आत्तिँदै भन्दै थिए— "डाक्टर साब! बाइक अलि स्पीडमा थियो, ट्रिपरले साइड च्याप्यो अनि डिभाइडरमा ठोकियो। हेल्मेट त लगाएको थियो तर क्लिप (Strap) लगाएको थिएन, ठोकिएर हेल्मेट पर पुग्यो।"

हामीले तुरुन्तै 'प्राइमरी सर्भे' (ABCD) सुरु गर्यौं। उसको 'GCS' (चेतनाको स्तर) ३/१५ थियो— अर्थात् गहिरो कोमा। आँखाको नानी (Pupil) फैलिसकेको थियो (Dilated and Fixed), जसले दिमागमा गम्भीर असर (Brain Death) को संकेत गर्थ्यो।

हामीले सीटी स्क्यान (CT Scan) गर्यौं। रिपोर्ट भयानक थियो— Extradural Hematoma (EDH) र Diffuse Axonal Injury। दिमागभित्र रगतको पोखरी जमेको थियो।

त्यही बेला, नर्स स्टेसनमा राखिएको रोहनको फुटेको मोबाइल बज्यो। स्क्रिनमा लेखिएको थियो— "Mammu Calling..."
त्यो फोन उठाउने हिम्मत हामी कसैमा थिएन। १० मिनेटपछि उसका बुबा-आमा दौडिँदै आउनुभयो। छोराको रगतले लतपतिएको अनुहार देख्दा आमा त्यहीँ ढल्नुभयो। बुबाले मेरो हात समातेर भन्नुभयो, "डाक्टर साब, भर्खर किनेर दिएको बाइक हो। मैले त बिस्तारै चला भन्थेँ... मेरो छोरालाई बचाइदिनुस्, म जे पनि गर्छु।"

तर विडम्बना, हामीले धेरै ढिलो गरिसकेका थियौं। त्यो २ मिनेटको 'स्पीड' को मजाले एउटा परिवारको भविष्य सधैंको लागि अन्धकार बनायो।

मेडिकल तथ्य (Medical Fact)
धेरैजसो दुर्घटनामा टाउकोको चोट (Traumatic Brain Injury) नै मृत्युको कारण बन्छ।

हेल्मेटको क्लिप: धेरैले हेल्मेट त लगाउँछन्, तर तुना (Strap) बाँध्दैनन्। दुर्घटना हुँदा सबैभन्दा पहिला टाउको भुइँमा बज्रिनु अघि नै हेल्मेट फुत्किन्छ। रोहनको केसमा त्यही भयो।

गोल्डेन आवर (Golden Hour): टाउकोमा चोट लागेको १ घण्टाभित्र अस्पताल पुर्याउन सके धेरैको ज्यान बच्छ। तर नेपालमा ट्राफिक जाम र घटनास्थलमा भिडियो बनाउने बानीले यो समय गुम्छ।

डाक्टरको अपिल (Doctor's Appeal)
युवा भाइ-बहिनीहरू, मेरो यो डायरीको पाना पढ्दै हुनुहुन्छ भने कृपया यति कुरा मनमा राख्नुहोस्:

हेल्मेट पुलिसको लागि होइन, टाउकोको लागि हो: हेल्मेटको स्ट्र्याप (Clip) लगाउन २ सेकेन्ड लाग्छ, तर त्यसले तपाईंको ५० वर्षको जीवन बचाउँछ। पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुहोस्।

स्पीडमा जीवन छैन: ३०० सीसीको बाइक हुनु भनेको सडकमा उड्नु पर्छ भन्ने होइन। घरमा तपाइँलाई पर्खिने मान्छे छन् भन्ने नबिर्सनुहोस्।

मापसे र बाइक: रक्सी पिएर 'म कन्ट्रोल गर्न सक्छु' भन्ने भ्रम नै चिहानको बाटो हो।

भिडियो होइन, उद्धार: सडकमा कसैको दुर्घटना देख्नुभयो भने टिकटक/भिडियो बनाउनुको साटो एम्बुलेन्स बोलाउनुहोस् वा अस्पताल पुर्याउन मद्दत गर्नुहोस्।

तपाईंको थ्रिल (Thrill) कसैको लागि जीवनभरको आँसु नबनोस्। सुरक्षित यात्रा गर्नुहोस्।


UNICEF प्रतिनिधि ज्यु हरुको स्वागत कार्यक्रम !UNICEF काठमाडौंका Health Officer डा. फाजिल अहमद, Cold Chain Consultant श्र...
11/02/2026

UNICEF प्रतिनिधि ज्यु हरुको स्वागत कार्यक्रम !

UNICEF काठमाडौंका Health Officer डा. फाजिल अहमद, Cold Chain Consultant श्री नवराज खड्का तथा UNICEF सुर्खेतका Cold Chain Consultant श्री कृष्णहरि मैनालीज्यूको उपस्थितिमा स्वास्थ्य कार्यक्रम तथा कोल्ड चेन व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा कोल्ड चेन व्यवस्थापनको अवस्था, सुधारका सम्भावना तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो
२०८२/१०/२८

अस्पतालमा कार्यरत सहयोगी कर्मचारीहरुको लागि २ दिने तालिम सम्पन्न..........रुकुमेली समाज विकास केन्द्रको (RSDC) आयोजनामा ...
02/01/2026

अस्पतालमा कार्यरत सहयोगी कर्मचारीहरुको लागि २ दिने तालिम सम्पन्न..........
रुकुमेली समाज विकास केन्द्रको (RSDC) आयोजनामा दुल्लु अस्पतालमा फोहोरमैला व्यवस्थापन र वातावरण सरसफाई सम्बन्धी कार्यालय सहयोगी कर्मचारीहरुको लागि २ दिने तालिम सम्पन्न भएको छ । उक्त तालिममा दैलेख अस्पतालबाट ६ जना, गौरी स्वस्थ चौकीबाट २ जना र दुल्लु अस्पतालबाट ११ जना सहयोगी स्टाफ सहित फोकल व्यक्ति ३ जना गरी जम्मा २२ जनाको सहभागिता रहेको थियो ।
धन्यबाद छ RSDC र गंगा बहादुर खत्री सरलाई......

01/01/2026

दुल्लु अस्पतालमा स्थायी बन्ध्याकरण: भ्यासेक्टोमी र मिनील्याप सेवा उपलब्ध रहेको जानकारी गरिन्छ।

01/01/2026

अनावश्यक गर्भ बसेर फाल्नु भन्दा समयमै उचित परिवार नियोजनको साधन प्रयोग गरौं।

01/01/2026

दुल्लु अस्पतालमा १३ हप्तासम्मको सुरक्षित गर्भपतन सेवा शुभारम्भ...........

30/12/2025

‎गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्य सम्बन्धी जनचेतनामुलक जानकारी:
‎१) गर्भवती भएको थाहा भए पश्चात अनिवार्य भिडियो-एक्सरे (USG) र रगत जाँच गराउनु पर्दछ। यसरी जाँच गर्दा गर्भावस्थाको सुरुमै महिलामा कुनै रोग भएको पत्ता लाग्छ।
‎२) गर्भावस्थाको पहिलो १३ हप्तासम्म फोलिक एसिड (Folic Acid) भन्ने भिटामिन औषधी हरेक दिन नियमित रूपमा सेवन गर्न पर्दछ। उक्त औषधी दुल्लु नगपालिकाकाे हरेक स्वास्थ्य संस्थाहरूमा निःशुल्क रूपमा उपलब्ध गरिएको छ।
‎३) गर्भावस्थाको १३ हप्ता पछिबाट सुत्केरी भएको ४२ दिनसम्म आइरन र क्याल्सियम (Iron र Calcium) चक्की नियमित रूपमा दैनिक सेवन गर्नु पर्दछ। आइरन चक्की हरेक स्वास्थ्य संस्थाहरूमा निःशुल्क उपलब्ध गरिएको छ।
‎४) गर्भावस्थामा कम्तीमा ४ पटक भिडियो एक्सरे गर्नु पर्दछ। पहिलो पटक - १३ हप्तासम्ममा, दोश्रो पटक - १८-२० हप्तामा, तेश्रो पटक - २८ हप्तामा र चौथौं पटक -३६ हप्ता पछि।
‎५) गर्भवती महिलाले पोषिलो खानेकुरा, उचित आराम गर्ने र सामान्य कम वजनयुक्त काम मात्र गर्न मिल्छ। गह्रौं शाररिक काम गर्दा पाठेघरमा रहेको बच्चा खस्ने (Abortion हुने) सम्भावना बढ्छ जसले गर्दा रगत बग्ने समस्याले गर्भवती महिलाको ज्यान पनि जाने अवस्था आउन सक्छ।
‎६) पाठेघरमा रहेको बच्चा चलेको महशुस भएपश्चात समयानुकूल बच्चा चलेको नचलेको ध्यान दिनु पर्दछ। बच्चा कम चलेको वा चल्दै नचलेको महशुस भएमा ढिलो नगरी तुरुन्तै अस्पताल वा नजिकको स्वास्थ्य संस्था जानुपर्छ। अहिले पनि दुल्लु अस्पतालमा यसरी बच्चा नचलेको थाहा पाएर पनि ढिलो आउने कारण अस्पताल आउँदासम्म गर्भकाे बच्चा बितिसकेको अवस्था छ।
‎६)) गर्भावस्थामा २० हप्ता पछि र सुत्केरी भए पश्चात गर्भवती/सुत्केरी महिलालाई एक्कासी टाउको दुख्ने, रिङ्गटा लाग्ने, आँखा धमिलो देख्ने, माथिल्लो पेट दुख्ने, अचेत अवस्था हुने वा छारे/मिर्गी आउने वा काम्ने भएमा प्रेसर बढेर खतराको लक्षण भन्ने बुझ्नु पर्दछ। यस्तो अवस्था आएमा तुरुन्तै अस्पतालमा आउने।
‎७) गर्भावस्थाको जुनसुकै बेला रगत बग्ने समस्या भएमा तुरुन्तै अस्पतालमा आउने। धेरै रगत बगेर ज्यान जाने सम्भावना बढ्छ।
‎८) स्वास्थ्य संस्थाले दिएको सल्लाह सुझावको अनिवार्य पालन गर्नुहोला। स्वास्थ्य संस्थाहरुले जोखिम्ता पहिचान गरेर अस्पताल प्रेषण गरे पश्चात कृपया ढिलो नगरी अस्पताल पुग्नु होला।
‎९) नवजात शिशुलाई ६ महिना सम्म आमाको दुध मात्र ख्वाउने। शिशुलाई केही समस्या भए घरेलु उपचार भन्दा स्वास्थ्य संस्थामा लागेर उपचार गराउनु होला।
‎१०) नवजात शिशु र त्यसपछि लगाउने सम्पूर्ण खोप (vaccine) पूर्ण रूपमा लगाउने।
‎११) सुत्केरी/गर्भपतन पश्चात समयमा नै आफूलाई पायक परिवार नियोजनको साधन प्रयोग गर्नु होला। अनावश्यक गर्भले महिलालाई विभिन्न रोग र समस्या उत्पन्न गर्छ।
‎१२) अपरेशन गरेर डेलिभरी पश्चात कम्तीमा अर्को ३ वर्ष बच्चा नपाउने। जति धेरै अवधिको दूरी रहन्छ, महिलाको स्वास्थ्य राम्रो रहन्छ।
‎१३) सानै उमेरमा बिहे नगर्ने। बिहे गरिहाले पनि अविभावकले बुझाउने कि कम्तीमा महिलाको उमेर २० वर्ष पछि मात्र बच्चा गर्भ राख्ने योजना बनाउने। वैज्ञानिक हिसाबले महिलाको उमेर २५ वर्ष पश्चात बच्चा जन्माउन उपयुक्त मानिन्छ।
‎.
‎अन्त्यमा- स्वस्थ आमा, स्वस्थ शिशु र स्वस्थ समाज।

दुल्लु अस्पताल, दैलेख।

29/12/2025

पौष १३ गतेसम्ममा नै ८ औं मेजर अपरेशन सम्पन्न।
६ वटा गर्भवतीकाे बच्चा निकाल्ने अपरेशन, १ वटा एपेन्डिसाइटिसको र १ वटा हर्नियाको

29/12/2025

भोली पौष १५ गते तम्हु लोसारको सार्वजनिक बिदा, नियमित ओपिडी सेवा बन्द हुने तथा आकस्मिक सेवा (Emergency) सधैं झैं खुल्ला रहने छ।

Address

Dullu

Website

Alerts

Be the first to know and let us send you an email when Dullu Hospital, Dailekh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dullu Hospital, Dailekh:

Share