बोगटान फुड्सिल गाउँपालिका, चवराचौतारा डोटी

  • Home
  • Nepal
  • Doti
  • बोगटान फुड्सिल गाउँपालिका, चवराचौतारा डोटी

बोगटान फुड्सिल गाउँपालिका, चवराचौतारा डोटी Government services

📍 बोगटान फुड्सिल गाउँपालिका डायरीस्वास्थ्य निर्देशनालय राजपुर, डोटीको आयोजना, बोगटान फुड्सिल गाउँपालिकाको सहयोग, चवरा चौ...
31/05/2026

📍 बोगटान फुड्सिल गाउँपालिका डायरी

स्वास्थ्य निर्देशनालय राजपुर, डोटीको आयोजना, बोगटान फुड्सिल गाउँपालिकाको सहयोग, चवरा चौतारा समाज धनगढी कैलालीको समन्वय तथा निर्सग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., धनगढीको प्राविधिक सहयोगमा सञ्चालन भएको २ दिने एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त शिविरबाट गाउँपालिकाभित्रका महिला तथा पुरुष गरी जम्मा ७१६ जना सेवाग्राही लाभान्वित भएका छन्। शिविरमार्फत हाडजोर्नी तथा नसारोग, महिला रोग, नाक–कान–घाँटी, जनरल फिजिसियन, बालरोग, मानसिक रोग लगायतका विशेषज्ञ सेवा तथा निःशुल्क औषधि वितरण गरिएको थियो।

विकट ग्रामीण क्षेत्रमा पुगेर जनतालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुहुने निर्सग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., स्वास्थ्य निर्देशनालय राजपुर डोटी, विशेषज्ञ चिकित्सकहरूको टोली तथा शिविर सञ्चालनमा समन्वय र सहजीकरण गर्नुहुने चवरा चौतारा समाज धनगढी कैलालीका सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक धन्यवाद तथा सम्मान व्यक्त गर्दै गाउँपालिका अध्यक्षज्यूबाट सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको छ।

💐 स्वास्थ्य सेवामा सबैको साथ, नागरिकको स्वास्थ्य हाम्रो प्रतिबद्धता। 💐

#फेरिभेटौलाकार्यक्रम
#बोगटानफुड्सिलगाउँपालिका_डायरी
#स्वास्थ्यशिविर
#निःशुल्कस्वास्थ्यसेवा
#जनताकोलागिसेवा

निःशुल्क मोतीविन्दु तथा मासु पलाएको शल्यक्रिया गरिने बारे अत्यन्त जरुरी सूचना !!
28/05/2026

निःशुल्क मोतीविन्दु तथा मासु पलाएको शल्यक्रिया गरिने बारे अत्यन्त जरुरी सूचना !!

निःशुल्क विशेषज्ञ  स्वास्थ्य शिविर संचालन हुने सम्बन्धी अत्यन्त जरुरी सूचना !!
28/05/2026

निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन हुने सम्बन्धी अत्यन्त जरुरी सूचना !!

फेरि भेटौँला कार्यक्रमबोगटान फुड्सिल गाउँपालिका, डोटीका प्रशासकीय अधिकृत आदरणीय श्री भरत बहादुर चन्दज्यूलाई हार्दिक बिदा...
27/05/2026

फेरि भेटौँला कार्यक्रम
बोगटान फुड्सिल गाउँपालिका, डोटीका प्रशासकीय अधिकृत आदरणीय श्री भरत बहादुर चन्दज्यूलाई हार्दिक बिदाइ तथा सम्मान।

मिति २०७६ सालदेखि आजसम्म गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत तथा प्रशासकीय अधिकृतको गरिमामय जिम्मेवारी निर्वाह गर्दै यहाँले प्रदर्शन गर्नुभएको इमान्दारिता, उच्च जिम्मेवारीबोध, निष्पक्षता तथा अटुट समर्पणभावप्रति हामी हार्दिक सम्मान तथा कृतज्ञता व्यक्त गर्दछौँ।

दुर्गम क्षेत्रको विकास, सुशासन प्रवर्द्धन, सेवा प्रवाहलाई प्रभावकारी बनाउने कार्य तथा स्थानीय सरकारको प्रशासनिक नेतृत्वलाई सबल र व्यवस्थित बनाउन यहाँले पुर्‍याउनुभएको योगदान अत्यन्त प्रशंसनीय र सदैव स्मरणीय रहनेछ। यहाँको कार्यशैली, अनुशासन, सहकार्यको भावना तथा नेतृत्वदायी भूमिकाले सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरूलाई प्रेरित गरेको छ।

बिदाइका यी भावनात्मक तथा अविस्मरणीय क्षणहरू कार्यालय परिवारसँगका केही अमूल्य स्मृतिहरूमा सदैव जीवन्त रहनेछन्। आगामी कार्यजीवन अझ सफल, सम्मानित, प्रगतिशील तथा उपलब्धिमूलक रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

फेरि भेटौँला।

योजना भुक्तानी रकम सार्वजनिकरण तथा दावि विरोध पेश गर्ने सम्बन्धमा
25/05/2026

योजना भुक्तानी रकम सार्वजनिकरण तथा दावि विरोध पेश गर्ने सम्बन्धमा

नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन हुने सम्बन्धि अत्यन्त जरुरी सूचना
25/05/2026

नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन हुने सम्बन्धि अत्यन्त जरुरी सूचना

सरुवा सहमतिका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना ।
19/05/2026

सरुवा सहमतिका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना ।

योजनाको भक्तानी रकम सार्वजनिकरण तथा दाबि बिरोध पेश गर्ने सम्बन्धमा l
19/05/2026

योजनाको भक्तानी रकम सार्वजनिकरण तथा दाबि बिरोध पेश गर्ने सम्बन्धमा l

विपद् सम्बन्धी विवरण संकलन तथा उपलब्ध गराउने बारे अत्यन्त जरुरी सूचना l
18/05/2026

विपद् सम्बन्धी विवरण संकलन तथा उपलब्ध गराउने बारे अत्यन्त जरुरी सूचना l

जिल्ला प्रशासन कार्यालय डोटीबाट प्रदान गरिने राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाहरू २०८३ साल वैशाख २३ गतेदेखि रोकिएको जानक...
12/05/2026

जिल्ला प्रशासन कार्यालय डोटीबाट प्रदान गरिने राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाहरू २०८३ साल वैशाख २३ गतेदेखि रोकिएको जानकारी दिएको छ।
*महत्वपूर्ण जानकारी*
* प्राविधिक समस्या:- मिति २०८३ वैशाख २१ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (NIDMIS) मा प्राविधिक समस्या आएको छ।
* ​प्रभावित सेवा:- नयाँ दर्ता (Enroll) गर्दा आउने राष्ट्रिय परिचय नम्बर (NIN) लाई प्रणालीले Validate गर्ने सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।
* ​मर्मत कार्य:- विभागले मिति २०८३/०१/२३ मा पहिलो पटक सूचना जारी गरेको थियो र हालसम्म पनि मर्मत कार्य जारी रहेकोले सेवा सुचारु हुन सकेको छैन।
* ​क्षेत्राधिकार:- यो समस्या देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरू, ईलाका प्रशासन कार्यालयहरू र नारायणहिति दरबार संग्रहालय परिसरमा रहेको राष्ट्रिय परिचयपत्र ईकाईमा समेत लागू भएको छ।
| नाम | l सम्पर्क नम्बर |

|*विजयराज जोशी** | 📞 ९८६५६०५३६६
|*सुवास परियार** | 📞 ९८४८६५५०५८
|*माया कुमारी भट्ट** | 📞 ९८४८७९३०४४
*सुझाव:- घरबाट हिँड्नु अघि एक पटक माथिका नम्बरहरूमा फोन गरेर मात्र जानुहोला ताकि तपाईंको समय र खर्च खेर नजाओस्।

Address

Doti

Alerts

Be the first to know and let us send you an email when बोगटान फुड्सिल गाउँपालिका, चवराचौतारा डोटी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to बोगटान फुड्सिल गाउँपालिका, चवराचौतारा डोटी:

Share