07/08/2025
सार्वजनिक सूचना !
विषय: ११ के भी फिडर सटडाउन सम्बन्धी सूचना !
सूचित गरिन्छ कि सुरी दोभानमा ड्रपआउट फ्युज जडान गर्ने तथा मर्मत सम्भार कार्यका लागि सुरी ११ के.भी. फिडर लगभग १ घण्टा ३० मिनेटको लागि बन्द गरिनेछ।
यस मर्मत कार्यका क्रममा निम्न क्षेत्रहरूमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछः
🔹 सुरी
🔹 चंखु
🔹 मार्बु
उक्त समयमा विद्युत सेवा अवरुद्ध रहने भएकाले सेवाग्राहीहरूलाई असहजता हुन सक्नेछ। यस असहज परिस्थितिमा धैर्य धारण गरी सहकार्य गरिदिनुहुन अनुरोध छ।
प्राविधिक कारणले कार्य सम्पन्न गर्न ढिलो चाँडो समय लाग्ने हुनसक्ने सम्भावना रहेकोले र असहजताको लागि नेपाल विद्युत प्राधिकरण सिंगटी यूनिट केन्द्र क्षमाप्रार्थि छ।
ने वि प्रा , दोलखा वितरण केन्द्र ,
सिंगटी यूनिट केन्द्र