बागवानी विकास केन्द्र, बोच, दोलखा

  • Home
  • Nepal
  • Dolakha
  • बागवानी विकास केन्द्र, बोच, दोलखा

बागवानी विकास केन्द्र, बोच, दोलखा .....कृषकहरूको सेवामा समर्पित......

नेपालका दुर्गम पहाडी भू-भागहरुमा बागवानी क्षेत्रसँग सम्बन्धित सेवा तथा प्रविधिहरू विस्तार गर्ने उद्देश्यसाथ वि.सं. २०३४ सालमा स्विस सरकारको सहयोगमा सञ्चालित सघन पहाडी विकास आयोजना (Integrated Hill Development Project) अन्तर्गत दोलखा जिल्लाको बोँच गा.वि.स., वडा नं ०५ मा कृषि फार्मको नामले यस केन्द्रको स्थापना भएको ऐतिहासिक पृष्ठभूमि देखिन्छ । करिव १० वर्ष सघन पहाडी विकास आयोजना (IHDP) अन्तर्गत सञ्च

ालन हुँदै आएकोमा वि.सं. २०४५ सालमा यस केन्द्र नेपाल सरकारलाई हस्तान्तरण भएको थियो र तत्पश्चात बागवानी केन्द्र, बोँचको नामले यस केन्द्रले आफ्ना सेवाहरू प्रवाह गर्दै आईरहेको थियो । वि.सं. २०६१ सालमा तत्कालिन कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतका निकायहरुको संगठनात्मक संरचना परिवर्तन गरिँदा यस केन्द्रको नामाकरण हालको शीतोष्ण फलफूल रुटस्टक विकास केन्द्र रहन गएको हो ।

हाललाई यस केन्द्रको कमाण्ड क्षेत्र दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्ला तोकिएको छ । हालको संघिय संरचनामा यस केन्द्रले बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत आफ्नो सेवा प्रवाह गर्दै आईरहेको छ ।

कृषि स्नातकको रुपमा यस बागवानी विकास केन्द्र, बोच, दोलखामा विगत पाँच महिनादेखि खटिनुभएका भाइबहिनीहरू उषा दाहाल, Shobik A...
02/06/2026

कृषि स्नातकको रुपमा यस बागवानी विकास केन्द्र, बोच, दोलखामा विगत पाँच महिनादेखि खटिनुभएका भाइबहिनीहरू उषा दाहाल, Shobik Aryal र Ashma Dharel लाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना व्यक्त गर्दछौँ।

परिक्षणात्मक कार्ययस केन्द्रको गौरीशंकर जोनमा रहेको किवीको माउबोट ब्लकमा रहेका २४ वटा मोन्टी जातका बिरुवामा कृत्रिम पराग...
02/06/2026

परिक्षणात्मक कार्य

यस केन्द्रको गौरीशंकर जोनमा रहेको किवीको माउबोट ब्लकमा रहेका २४ वटा मोन्टी जातका बिरुवामा कृत्रिम परागसेचन (Artificial Pollination) र फूल छाट्ने (Flower thinning) कार्यले किवीफलमा पार्ने असरको अध्ययन सुरुवात गरेका छौं । जसमा तपसिल अनुसारका treatment र replication रहेका छन् ।

Factor 1: Artificial Pollination
Flower Touching Method
Dry Pollen Application Method
Wet Pollen Application Method
Control

Factor 2: Flowering Thinning
Lateral Flower thinning
Control

Total Replication: 3
Total treatment: 8
Research Design: Randomized Complete Block Design
Total Plants: 24
Variety: Monty (Female, Green Flesh Kiwi Variety)

किवीफलमा असिना अवरोधक नेट (Anti-Hail Net) को प्रयोग:सामान्यतया नेपालको सन्दर्भमा चैत्रदेखि जेष्ठ महिनामा कृषिका लागि मौस...
08/05/2026

किवीफलमा असिना अवरोधक नेट (Anti-Hail Net) को प्रयोग:

सामान्यतया नेपालको सन्दर्भमा चैत्रदेखि जेष्ठ महिनामा कृषिका लागि मौसम प्रतिकूल रहने गर्दछ । यसै वर्ष पनि विगत ४/५ हप्तादेखि निरन्तर हावाहुरी र असिना पानीले किसानको फल्दै गरेका बालीनालीमा ठूलो क्षति गरेको देख्न सकिन्छ । किवीफलको बिरुवामा पनि नँया पलायका पालुवाहरु, कलिला मुनाहरु र फक्रदै गरेका फूलहरुमा असिना पानीले ठूलो क्षति गरेको देख्न सकिन्छ । फलस्वरुप किवीफलको उत्पादन र गुणस्तरमा ह्रास आउने गर्दछ । असिनाको चोटले गर्दा फलमा दाग लाग्ने, चिरा पर्ने, फल झर्ने र बजार मूल्य घट्ने जस्ता समस्याहरु आउने गर्दछन् । यस किसिमका समस्याबाट जोगाउन असिना अवरोधक नेटको प्रयोग गर्नु पर्दछ ।

असिना अवरोधक नेटको प्रयोग चैत्र महिनादेखि जेष्ठ महिनासम्म गर्नु पर्दछ र असारमा नेटलाई बगैचाबाट झिकी सुरक्षित साथ राख्नु पर्दछ । यस तरिकाले एउटा नेटलाई करिब ८ देखि १० वर्षसम्म प्रयोग गर्न सकिन्छ । यसको खरिद मूल्य प्रति रोल रु. १९,००० (6m x 50m) देखि ३०,००० (8m x 50m) सम्म पर्ने गर्छ । सामान्यतया High Density Polyethylene (HDPE) material बाट बनेको UV stabilized, 60-70 GSM र 4 x 4 mm वा 5 x 7 mm mesh भएको नेटलाई प्रयोग गर्नु पर्दछ ।

यसका फाइदाहरुः
१. असिनाको असरबाट जोगाइ उत्पादन घट्नबाट जागाउने ।
२. हावाहुरीबाट हाँगा भाचिने र मुना वृद्दीमा ह्रास ल्याउने जस्ता समस्याहरु कम गर्ने ।
३. अधिक घाम र तापक्रमबाट बिरुवालाई जोगाउने ।
४. चराचुरुङ्गीको क्षतिलाई कम गराउने ।

यसका चुनौतीहरुः
१. नेटको खरिद मूल्य र नेट राख्न चाहिने सपोर्टले गर्दा प्रारम्भिक लागत उच्च हुने ।
२. परागसेचनमा कमि ल्याउन सक्ने हुँदा बगैँचामा मौरी घारको उचित व्यवस्थापन गर्नु पर्ने ।
३. नेटको उचित व्यवस्थापन हुन नसके पानी जम्ने, नेट च्यातिने र हावाले क्षति गर्ने प्रबल सम्भावना हुन्छ ।

(बागवानी विकास केन्द्र, बोच, दोलखाको किवीफलको माउबोट ब्लकमा लगाइएको असिना अवरोधक नेट)

किवीफलमा भाले र पोथी फूलको पहिचानःकिवीफल भाले र पोथी फूल छुट्टाछुट्टै बिरुवामा हुने dioecious फल हो । यसको गुणस्तरीय उत्...
07/05/2026

किवीफलमा भाले र पोथी फूलको पहिचानः

किवीफल भाले र पोथी फूल छुट्टाछुट्टै बिरुवामा हुने dioecious फल हो । यसको गुणस्तरीय उत्पादन गर्न भाले र पोथी जातको बिरुवा पहिचान गरि १ः८ को अनुपातमा बिरुवा रोपण गर्नु पर्दछ । भाले बिरुवाले फल लाग्न आवश्यक परागकण मात्र प्रदान गर्ने काम गर्दछ भने पोथी बिरुवाले फल उत्पादन गर्ने गर्दछ । भाले र पोथी बिरुवाको पहिचान गर्ने उपयुक्त समय भनेको यसको फूल फूल्ने समय (सामान्यतया चैत्र देखि बैशाख महिना) हो । यस समयमा किवीफल बगैँचामा फूलको अवलोकन गरि भाले र पोथी फूल पहिचान गर्न सकिन्छ ।

१. भाले फूलः
यसमा पोथी अंग (डिम्बासय/O***y) हुन्छ तर अपरिपक्व (Rudimentary) हुन्छ भने डिम्बवाहिनी नली (Style) हुदैन ।
यसमा प्रशस्त मात्रामा पुँकेशर (Stamen) र प्रशस्त मात्रामा परागकण (Pollen) हुन्छन् ।
भाले फूल फक्रेको करिब ३-५ दिन सम्म मात्र परागकणहरु सक्रिय हुन्छन् ।

२. पोथी फूलः
यसमा भाले अंग (पुंकेशर/Stamen) फूलको छेउमा भएतापनि परागकणहरु उत्पादन गर्न सक्दैनन् ।
पोथी अंगहरु स्त्रीकेशर (Stigma), डिम्बवाहिनी नली (Style) र डिम्बासय (O***y) स्पष्टसँग फूलको बीचमा देख्न सकिन्छ ।
पोथी फूलले फक्रेको ५-९ दिन सम्म अर्थात् फूलको पत्रदल झर्ने बेला सम्म परागकण ग्रहण गरि निशेचन गर्न सक्ने क्षमता राख्दछ ।

Some glimpses of a study on the varietal characterization of different kiwi fruit varieties at the Mother Block of Kiwi:
06/05/2026

Some glimpses of a study on the varietal characterization of different kiwi fruit varieties at the Mother Block of Kiwi:

Seed Production Block No. 3
04/05/2026

Seed Production Block No. 3

२०८२/८३ को वार्षिक आयोजना प्रस्ताव सम्बन्धी  सार्वजनिक सूचना !!
30/04/2026

२०८२/८३ को वार्षिक आयोजना प्रस्ताव सम्बन्धी सार्वजनिक सूचना !!

आ. व. २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम नँया जातका माउबोट खरिद तथा रोपण कार्यक्रम अन्तर्गत ओखर, नास्पति, रेड किवी र ग...
23/04/2026

आ. व. २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम नँया जातका माउबोट खरिद तथा रोपण कार्यक्रम अन्तर्गत ओखर, नास्पति, रेड किवी र गोल्डेन किवी ब्लकमा बिरुवाको नाम सहितको ट्याग राख्दै गरेका तस्वीरहरू:

१. ओखर ब्लक
जातहरु: हार्टले, पायने, फर्नर, फर्नेट
बेर्नाको श्रोत: बागवानी अनुसन्धान केन्द्र, जुम्ला

२. नास्पति ब्लक
जतहरु: फर्पिङ, होसुई, कोसुई
बेर्नाको श्रोत: सुख्खा फलफूल विकास केन्द्र, बैतडी

३. रेड किवी
बेर्नाको श्रोत: बोच, दोलखा
जम्मा माउबोट संख्याः २८

४. गोल्डेन किवी
बेर्नाको श्रोतः रामेछाप
जम्मा माउबोट संख्या: ५९

केन्द्रको कलमी बिरुवा ब्लकमा ईन्टर्न भाइबहिनीद्वारा सञ्चालित परिक्षणात्मक प्लटमा हुर्कदै गरेका किवीका कलमी बिरूवाहरु:
22/04/2026

केन्द्रको कलमी बिरुवा ब्लकमा ईन्टर्न भाइबहिनीद्वारा सञ्चालित परिक्षणात्मक प्लटमा हुर्कदै गरेका किवीका कलमी बिरूवाहरु:

Address

Boanch
Dolakha

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when बागवानी विकास केन्द्र, बोच, दोलखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to बागवानी विकास केन्द्र, बोच, दोलखा:

Share