नगर आपतकालीन कार्यसंचालन केन्द्र -MEOC Bhimeshwor

  • Home
  • Nepal
  • Dolakha
  • नगर आपतकालीन कार्यसंचालन केन्द्र -MEOC Bhimeshwor

नगर आपतकालीन कार्यसंचालन केन्द्र -MEOC Bhimeshwor विपदबाट हुन सक्ने आपतकालीन अवस्थाकाे

19/03/2026
19/03/2026

भोलि चैत्र ६ गते शुक्रबार र पर्सि ७ गते शनिबार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात तथा तीव्र हावाहुरीको सम्भावना रहेको पूर्वानुमान छ।
तसर्थ, काम नपरी यात्रामा ननिस्कनु हुन, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्नु हुन, आगोका स्रोतहरु बन्द गर्न, सवारी साधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान प्राधिकरण सबैमा हार्दिक अनुरोध गर्दछ।
हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनि नबस्नु हुन, बिजुलीको तार लत्रिएको छ भने नछुनु हुन, सो समयमा विद्युतीय उपकरण नचलाउनु हुन एवं जोखिमयुक्त स्थानमा नबस्नु हुन पनि आग्रह गर्दछौं। हेलो गृह मन्त्रालय

19/03/2026
मिति २०८२ चैत १ गते चलेको तीव्र गतिको हावाहुरीका कारण भीमेश्वर नगरपालिका वडा नं. ७, पाठशाला टोलमा एउटा ठूलो बाँसको झ्याङ...
18/03/2026

मिति २०८२ चैत १ गते चलेको तीव्र गतिको हावाहुरीका कारण भीमेश्वर नगरपालिका वडा नं. ७, पाठशाला टोलमा एउटा ठूलो बाँसको झ्याङ जरासहित उखेलिएर स्थानीयको घरमाथि ढल्न पुग्यो। यसबाट घरको संरचनामा भौतिक क्षति पुगेको र घटना लगत्तै सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी निम्न निकायहरूको सक्रियतामा उद्धार कार्य अघि बढाइएको थियो भीमेश्वर नगरपालिकाका प्रतिनिधि सुरक्षा निकाय स्थानीयले तत्काल घरमाथि थुप्रिएका बाँसका हाँगाहरू र केही जराहरू हटाई थप थिचिनबाट घरलाई जोगाएको थियो। घरको अवस्था र सुरक्षालाई मध्यनजर गर्दै नगरपालिकाले तत्काल निम्न कदमहरू चालेको छ। बाँकी रहेका ठूला जराहरू र बाँसका भागहरू हटाउन नगरपालिकाको व्याकहोडर परिचालन गरी जोखिमपूर्ण हिस्सालाई सुरक्षित रूपमा हटाइएको छ। ठूलो जोखिम हटेपछि घर पूर्ण रूपमा सुरक्षित रहेको प्राविधिक र सुरक्षाकर्मीको सल्लाह बमोजिम परिवारलाई आफ्नै घरमा बसोबास गर्ने व्यवस्था मिलाइएको छ।

आज मिति २०८२ चैत १ गते चलेको ठूलो हावाहुरीका कारण भीमेश्वर नगरपालिका वडा नं. ७, पाठशाला टोलमा जरासहितको बाँसको झ्याङ ढल्...
15/03/2026

आज मिति २०८२ चैत १ गते चलेको ठूलो हावाहुरीका कारण भीमेश्वर नगरपालिका वडा नं. ७, पाठशाला टोलमा जरासहितको बाँसको झ्याङ ढल्न गई घरमा क्षति पुगेको छ। घरमाथि ढलेका बाँसका हाँगाहरू र केही जराहरू तत्कालै हटाइएको छ।उद्धार कार्यमा भीमेश्वर नगरपालिकाका प्रतिनिधि प्रहरी कार्यालयको टोली र स्थानीय छिमेकीहरूको सक्रिय सहभागिता रहेको थियो। बाँसका बाँकी रहेका केही भाग र ठूला जराहरू हटाउने कार्य अझै बाँकी रहेकोले, थप जोखिमलाई मध्यनजर गर्दै उक्त कार्य भोलिका लागि तय गरिएको छ। घरमा थप क्षति हुन सक्ने र सुरक्षाको जोखिम कायमै रहेकोले उक्त घरका सदस्यहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

भीमेश्वर नगरपालिकाको लागि प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन जारी गरिएको छ। कृपया यो समय अवधिमा धानबालि नकाटन हुन ...
03/10/2025

भीमेश्वर नगरपालिकाको लागि प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन जारी गरिएको छ। कृपया यो समय अवधिमा धानबालि नकाटन हुन अनुरोध गरिन्छ।

उच्च सतर्कता अपनाउनु होला ।
02/10/2025

उच्च सतर्कता अपनाउनु होला ।

Address

Bhimeshwor
Dolakha
45500

Alerts

Be the first to know and let us send you an email when नगर आपतकालीन कार्यसंचालन केन्द्र -MEOC Bhimeshwor posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नगर आपतकालीन कार्यसंचालन केन्द्र -MEOC Bhimeshwor:

Share