जिल्ला प्रशासन कार्यालय, रसुवा

  • Home
  • Nepal
  • Dhunche
  • जिल्ला प्रशासन कार्यालय, रसुवा

जिल्ला प्रशासन कार्यालय, रसुवा जिल्ला कार्यालय

२०८१ सालको तिहार, नेपाल सम्वत् र छठ पर्वको साइतहरुhttps://daorasuwa.moha.gov.np/
30/10/2024

२०८१ सालको तिहार, नेपाल सम्वत् र छठ पर्वको साइतहरु
https://daorasuwa.moha.gov.np/

07/07/2022
 #जनहितमा जारी सूचना ।
15/07/2019

#जनहितमा जारी सूचना ।

03/08/2017

एकिकृत घुम्ती सेवा शिविर सम्बन्धी जरूरी सूचना
रसुवा जिल्लाका दक्षिणी भेगका गाउँपालिकाहरु नौकुण्ड, कालिका र उत्तरगयाका सर्वसाधारणको घरदैलोमा सेवाप्रवाह गर्ने उद्देश्यले यही मिति २०७४ श्रावण २१ र २२ गते कालिका गाउँपालिकाको कालिकास्थानमा एकिकृत घुम्ती सेवा शिविर सञ्चालन गरीने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
शिविरमा जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला पशु सेवा कार्यालय, जिल्ला वन कार्यालय र लामटाङ राष्ट्रिय निकुञ्ज कार्यालयबाट समेत सेवा उपलब्ध हुने व्यहाेरा जानकारी गरार्इनछ ।

जिल्ला प्रशासन कार्यालय, रसुवाद्वारा मिति २०७४-०४-०५ गते सदरमुकाम धुन्चे बजार अनुगमन गर्दा स्थानिय पसलबाट जफत गरीएका म्य...
21/07/2017

जिल्ला प्रशासन कार्यालय, रसुवाद्वारा मिति २०७४-०४-०५ गते सदरमुकाम धुन्चे बजार अनुगमन गर्दा स्थानिय पसलबाट जफत गरीएका म्याद गुज्रेका खाद्य सामाग्रीहरू नष्ट गरिदै...

21/07/2017

जिल्ला प्रशासन कार्यालय, रसुवाद्वारा बजार अनुगमन गर्दा स्थानिय पसलबाट जफत गरीएका म्याद गुज्रेका खाद्य सामाग्रीहरू नष्ट गरिदै...

जिल्ला प्रशासन कार्यालय, रसुवाले सदरमुकाम धुन्चेमा खाद्य सामाग्रीहरुको बजार अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी...
21/07/2017

जिल्ला प्रशासन कार्यालय, रसुवाले सदरमुकाम धुन्चेमा खाद्य सामाग्रीहरुको बजार अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी स्मीता पौडेलको संयोजकत्वमा नेपाल प्रहरी, नागरिक समाजका प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि स्थानिय पत्रकार समेतको सम्मिलित टोलीले होलसेल तथा खुद्रा पसलमा अनुगमन गरी म्याद नाघेका सामाग्री जफत गरी नष्ट गरेको छ ।

अनुगमनका क्रममा अधिकांस पसलले म्याद नाघेका सामाग्री बिक्री गरेको पाईएको थियो । यस सम्बन्धमा अब उपरान्त म्याद नाघेका खाद्यान सामाग्री बिक्री नगर्ने चेतावनी दिँदै केहि व्यापारीलाई यस कार्यालयमा हाजिर हुन भनिएको छ । मूल्यसूची नराख्ने र लेबल नभएका सामाग्री बिक्री गर्ने गरेको समेत फेला पारेको थियो । यस्ता पसलहरुलाई एक पटकको लागि सचेत गराउँदै तुरुन्तै मूल्यसूची राख्न निर्देशन दिइएको थियो ।

21/07/2017

रसुवा, साउन ५ – रसुवाको सदरमुकाम धुन्चेमा सञ्चालित खुद्रा तथा होलसेल पसलहरुमा म्याद गुज्रिएका सामाग्री विक्रि वितरण गर्ने गरेको पाइएको छ । गोसाइकुण्ड गाउँपालिका–६ मा पर्ने धुन्चेमा सञ्चालित होलसेल तथा खुद्रा पसलमा तीन वर्ष अघि वर्ष नाघिसकेको सामाग्री समेत वेच्ने गरेको खुलसा भएको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाले आज सदरमुकाममा सञ्चालित खुद्रा तथा होलसेल पसलमा गरेको अनुगमनका क्रममा अधिकांस पसलमा म्याद गुज्रिएको सामाग्री फेला परेपछि सो तथ्य बाहिर आएको हो ।

नौ वटा पसलमा अनुगमन गर्दा म्याद नाघेको मात्र होइन लेवल नभएको सामाग्री समेत वेच्ने गरेको पाइएको छ । कार्यालयले वर्षै पिच्छे अनुगमन गरिएपनि कतिपय पसलले अहिलेसम्म पसल दर्ता नगरेका र मुल्य सुची समेत राखेका छैनन् ।

अनुगमनका क्रममा भेटिएका म्याद नाघेका सामाग्री जफत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी स्मिता पौडेलले वताउनुभयो । वर्षनी अनुगमनको क्रममा व्यापारीहरुलाई चेतावनी दिने गरिएपनि समस्या भने ज्युँकात्यँुहु रहेको छ ।

श्राेत: सहकार्य अनलार्इन

21/07/2017

अाज विहान(२०७४/०४/०६) राम्चे - ग्राङ सडक खण्डका विभिन्न स्थानमा पहिराे गई सवारी साधनका लागि बाटो अबरुद्द भएकाे छ , पहिराे पन्छाउने कार्य भैरहेकाे र पहिराे गएकाे स्थानमा पुगेकाे प्रहरीले ४/५ घण्टा भन्दा बढी समय लाग्न सक्ने जानकारी दिएकाे छ ।

स्राेत: जिल्ला प्रहरी कार्यालय, रसुवा

19/07/2017

यस कार्यालयमा MRP राहदानीकाे लागि पेश गरिएकाे र.नं. ३८६ सम्मकाे राहदानी तयार भर्इ अाइ सकेकाेले उक्त र.नं. सम्मकाे सम्बन्धित व्यक्तिले अाफ्नाे सक्कल नागरिकता प्रमाणपत्र र सक्कल रसिद लिर्इ कार्यालय समय भित्र यस कार्यालयमा सम्पर्क राख्नुहुन जानकारी गरार्इन्छ ।

- राहदानी फाँट काेठा नं. ७, जिल्ला प्रशासन कार्यालय, रसुवा ।

"कुनै पनि नदी जलाधारमा हुन सक्ने बाढी विपद् बाट अाफु पनि बचाैं अरूलार्इ पनि बचाअाैं"जनहितकाे लागि जारीबाढी पूर्वानुमान व...
11/07/2017

"कुनै पनि नदी जलाधारमा हुन सक्ने बाढी विपद् बाट अाफु पनि बचाैं अरूलार्इ पनि बचाअाैं"
जनहितकाे लागि जारी
बाढी पूर्वानुमान वुलेटिन

Address

Dhunche

Website

Alerts

Be the first to know and let us send you an email when जिल्ला प्रशासन कार्यालय, रसुवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share