Kavre

Kavre Kavre is located to the west of Ramechhap and Dolakha, to the east of Kathmandu, Lalitpur and Bhaktapur, to the south of Sindhupalchowk and to the north of
(217)

देशको राजधानी काठमाण्डौबाट काभ्रेपलान्चोक जिल्लाको प्रवेशद्वार साँगा २१ कि.मि. पूर्वमा पर्दछ भने सदरमुकाम धुलिखेल ३१ कि.मि. को दुरीमा छ । यो जिल्ला ८५०२४' देखि ८५०४९' पूर्वी देशान्तर र २७०२१' देखि २७०८५' उत्तरी अक्षांशका बिच १४०४ बर्ग कि.मि. क्षेत्रमा फैलिएको छ।

यस जिल्लाको पूर्वमा रामेछाप र दोलखा,पश्चिममा काठमान्डौं,ललितपुर र भक्तपुर,उत्तरमा सिन्धुपलान्चोक, दक्षिणमा सिन्धुपाल्चोक, दक्षिणमा सिन्ध

ुली र मकवानपुर जिल्ला पर्दछन्। पूर्वमा सुनकोशी पश्चिममा नगरकोट डाँडा एंव साँगा भञ्ज्याङ्ग उत्तर इन्द्रावती एवं सुनकोशी नदी र दक्षिण कोखाजोर र एवं खानी खोलाले वेष्टित यो जिल्ला भौगोलिक विषमता र प्राकृतिक सम्पदायुक्त जिल्ला मानिन्छ ।

समुद्र सतह देखि ३१८ मिटर (कोखाजोर खोला) देखि ३०१८ मिटर (वेथान्चोक नारायण डाँडा) सम्मको उचाई रहेको यस जिल्लाको अधिकांश भाग पहाडी भू-धरातलले भरिएको छ ।

वि.सं. २०१८ सालमा नेपाल अधिराज्यलाई १४ अंचल ७५ जिल्लामा प्रशासनिक विभाजन गर्नु पूर्व यो पूर्व १ नम्बर क्षेत्र अन्तर्गत पर्दथ्यो । पूर्व १ नं. क्षेत्रका २८ मौजा मध्ये काभ्रे र पलाञ्चोक नामका दुई ठूला मौजा भित्र रहेका विभिन्न गाँउ क्षेत्रलाई मिसाई काभ्रेपलान्चोक जिल्लाको स्थापना गरिएको थियो । प्रशिद्ध पलान्चोक भग्वतीवाट पलान्चोक र काभ्रे नित्य चण्डेश्वरीबाट काभ्रे चयन गरी यस जिल्लाको नाम काभ्रेपलान्चोक रहन गएको पाइन्छ ।

अञ्चल: बागमती अञ्चल
सदरमुकाम: धुलिखेल
क्षेत्रफल: १,३९६ वर्ग कि.मि.
जनसंख्या: ४,३०,७९६
गाविस संख्या: ८७
नगरपालिका(हरू): धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका
संविधानसभा निर्वाचन क्षेत्र संख्या: ४
भौगोलिक अवस्थिति: पहाडी प्रदेश
सबैभन्दा अग्लो उचाई: मिटर
सबैभन्दा होंचो उचाई: मिटर
प्रमुख जातिहरू: तामाङ,बाहुन, क्षेत्री, मगर, नेवार आदि
प्रमुख भाषाहरू: तामाङ,नेपाली आदि
मानव विकास सुचाङ्क स्थिति: ६ (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०११

12/07/2024
21/12/2023
11/12/2021
11/12/2021
30/05/2017
lhaso Kavreli Tigers
09/03/2015

lhaso Kavreli Tigers

Remember this view from Dhulikhel Bhanjyang ?
04/09/2014

Remember this view from Dhulikhel Bhanjyang ?

Address

Dhulikhel
011

Website

Alerts

Be the first to know and let us send you an email when Kavre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kavre:

Share