06/08/2026
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ। बैठकले,
१. वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल छैन र लालायित पनि छैन। प्रदेश सरकारहरु अहिले पनि कांग्रेस, एमाले र नेकपा मिलेर निर्माण गरुन् भन्ने हाम्रो धारणा रहेको छ। प्रदेश सरकारको सम्बन्धमा कुनै निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा पार्टीको बृहत्तर हितलाई ध्यान दिइ उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गरिएको छ। पार्टीको निर्देशन बिना सत्ता केन्द्रीत कुनै गतिविधिमा सहभागी नहुन सबै प्रदेशको संसदीय दल र प्रदेशसभाका सांसदहरुलाई बैठक निर्देश गर्दछ।
२. राप्रपाको मंसिर २६, २७ र २८ गते हुने महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन महाधिवेशन मुल आयोजक समिति मातहत विभिन्न समितिहरु गठन गरिएको छ। जसअनुसार, अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा राजनीतिक प्रतिवेदन समिति, उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा सभा, जुलुस व्यवस्थापन समिति, उपाध्यक्ष ध्रुब बहादुर प्रधानको संयोजकत्वमा अतिथि सत्कार समिति, उपाध्यक्ष हेमजङ् गुरुङको संयोजकत्वमा भोजन व्यवस्थापन समिति, महामन्त्री भुवन पाठकको संयोजकत्वमा समारोह व्यवस्थापन समिति, महामन्त्री राजेन्द्र गुरुङको संयोजकत्वमा जिल्ला समन्वय तथा सम्पर्क समिति, कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक समिति, गण्डकी प्रदेश अध्यक्ष पन्चराम गुरुङको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम तथा झॅाकी व्यवस्थापन समिति, कार्यसम्पादन समिति सदस्य डा. विष्णु भण्डारीको संयोजकत्वमा बौद्धिक सम्पर्क तथा समन्वय समिति, प्रवक्ता मोहन कुमार श्रेष्ठको संयोजकत्वमा प्रचारप्रसार समिति, केन्द्रीय सदस्य दिपक रन्जितको संयोजकत्वमा शान्ति सुरक्षा तथा व्यवस्थापन समिति, केन्द्रीय सदस्य ई. सजिना कार्कीको संयोजकत्वमा स्वास्थ्य समिति, केन्द्रीय सदस्य ध्रुब विक्रम मल्लको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन समिति र काठमाण्डौं, ललितपुर, भक्तपुर जिल्लालाई स्वागत द्वार व्यवस्थापन समितिको जिम्मेवारी दिईएको छ।
मोहन कुमार श्रेष्ठ
प्रवक्ता एवं प्रचार विभाग प्रमुख
Mohan Kumar Shrestha