05/06/2026
माननीय मन्त्रीज्यूको स्वागत तथा ब्रिफिङ *******************************
आज मिति २०८३ साल जेष्ठ २२ गते शुक्रबार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय प्रतिभा रावलज्यूले भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रको निरीक्षण गर्नुभयो। अनुगमन निरीक्षणको क्रममा माननीय मन्त्रीज्यूले केन्द्र परिसरमा रहेको सर्भे म्युजियम, क्यालिब्रेशन ल्याव ,विविध सर्भे उपकरणहरू तथा कम्प्युटर ल्यावको अनुगमन गर्नुका साथै लामो तथा छोटा अवधिका तालिम तथा काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा संचालित शैक्षिक कार्यक्रम सञ्चालनको अवस्था, जनशक्ति व्यवस्थापन तथा भविष्यका कार्ययोजनाबारे जानकारी लिनुभएको थियो। कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक श्री जनकराज जोशीज्यूले केन्द्रको परिचय सहितको प्रस्तुतीकरण गर्नुभएको थियो । भ्रमणका क्रममा मन्त्रालयका सह-सचिव श्री गणेशप्रसाद भट्टज्यू , नापी विभागका महानिर्देशक श्री प्रकाश जोशीज्यू तथा माननीय मन्त्रीज्यूको सचिवालयका पदाधिकारीज्यूहरूको समेत उपस्थिति रहेको थियो।