Mahendra Secondary School, Chakraghatti, Sunsari

Mahendra Secondary School, Chakraghatti, Sunsari Official Page of Shree Mahendra Secondary School, Barahakshetra-6, Chakraghatti, Sunsari

माध्यमिक तह विज्ञान विषयको करार शिक्षक आवश्यकता सम्बन्धी विज्ञापन
31/08/2026

माध्यमिक तह विज्ञान विषयको करार शिक्षक आवश्यकता सम्बन्धी विज्ञापन

कोसी प्रदेश फुटबल एसोसियसनको सूचनाअनुसार FIFA U-15 World Cup & Festival 2026 का लागि  राष्ट्रिय टिममा सुनसरीबाट छनोट हुँ...
31/08/2026

कोसी प्रदेश फुटबल एसोसियसनको सूचनाअनुसार FIFA U-15 World Cup & Festival 2026 का लागि राष्ट्रिय टिममा सुनसरीबाट छनोट हुँदै कोसी प्रदेशबाट छनोट हुन सफल यस श्री महेन्द्र माध्यमिक विद्यालय बराहक्षेत्र -६ मा कक्षा - ९ मा अध्ययनरत छात्र रिजन कार्कीलाई धेरै धेरै बधाई छ । अब केन्द्रमा हुने छनोट चरणको शुभकामना ।

Rijan
of luck for the next step

आफूले अध्यापनरत यस विद्यालयप्रतिको उत्तरदायित्व बहन गर्ने सुन्दर अवसरलाई सदुयोग गर्दै विद्यालयमा निर्माणाधीन 'प्रा.डा. भ...
29/08/2026

आफूले अध्यापनरत यस विद्यालयप्रतिको उत्तरदायित्व बहन गर्ने सुन्दर अवसरलाई सदुयोग गर्दै विद्यालयमा निर्माणाधीन 'प्रा.डा. भद्र पोखरेल स्मृति सभाहल" का लागि बाँकी रहेको आवश्यकतालाई पूर्ण बनाउने गरी उच्च गुणस्तरीय कुर्सीहरू प्रदान गरी उदाहरणीय कार्य गर्नुभएकोमा यस विद्यालयका शिक्षकज्यूहरू १०+२ संयोजक घनश्याम दहाल, विशाल दाहाल, स.प्र.अ. गीता भट्टराई न्यौपाने, कल्पना पौडेल, किरण भट्टराई, आधारभूत तह संयोजक विष्णु कुमार न्यौपाने, देविकला बुढाथोकी तथा प्रभु नारायण चौधरीप्रति हार्दिक आभार व्यक्त गर्दछौं। साथै बराहक्षेत्र ६ बाट श्री सरिता श्रेष्ठज्यूले स्व.ससुरा बुबाको स्मृतिमा आवश्यक संख्यामा कुर्सी प्रदान गर्नुभएकोमा उहाँलाई तथा यसमा सहजीकरण गर्नुहुने शिक्षक श्री कुमार श्रेष्ठज्यूलाई समेत हार्दिक धन्यवाद व्यक्त गर्दछौं। 🎉
यससँगै विद्यालयले देखेको विशाल र आधुनिक सभाहल निर्माणको सपनामा कुर्सीहरू पर्याप्त संकलन भइसकेको जानकारी अनुरोध छ। यस महाअभियानमा अझै पनि आन्तरिक सजावटका समानहरू, कोठाभित्र रोपिने साना-ठूला बिरुवा वा फूलहरू/गमला तथा कोठामा जोडिने sound system, microphone system, ठूलो आकारको interactive display board लगायतका सहयोगका लागि विद्यालयसँग दाताहरू सम्पर्कमा आइरहनुभएको छ। अझै पनि यहाँहरू सबैको सहयोग र अपनत्वका लागि हामी सधैं स्वागत गर्न तत्पर छौं। ❤️

28/08/2026
यस विद्यालयको SLC Batch 2054 ले आफूलाई शिक्षा दिएको शिक्षालयप्रतिको उत्तरदायित्व बहन गर्न सुन्दर अवसरलाई सदुयोग गर्दै वि...
24/08/2026

यस विद्यालयको SLC Batch 2054 ले आफूलाई शिक्षा दिएको शिक्षालयप्रतिको उत्तरदायित्व बहन गर्न सुन्दर अवसरलाई सदुयोग गर्दै विद्यालयमा निर्माणाधीन 'प्रा.डा. भद्र पोखरेल स्मृति सभाहल" का लागि विद्यालयमा स्वयम् उपस्थित भई उच्च गुणस्तरीय २० थान कुर्सीहरू, एउटा ठूलो आकारको दराज तथा एउटा सुन्दर भित्ते घडी प्रदान गरी उदाहरणीय कार्य गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौं। 🎉

 #धन्यवाद  #जन्मदिनको_हार्दिक_शुभकामना🎉🎉यस विद्यालयका शिक्षक, परीक्षा समिति संयोजक तथा विव्यस शिक्षक प्रतिनिधि श्री दिपक...
22/08/2026

#धन्यवाद #जन्मदिनको_हार्दिक_शुभकामना🎉🎉

यस विद्यालयका शिक्षक, परीक्षा समिति संयोजक तथा विव्यस शिक्षक प्रतिनिधि श्री दिपक वस्तीज्यूले विद्यालयप्रतिको अपनत्व प्रस्तुत गर्दै आज पर्न गएको उहाँको जन्मदिनको शुभअवसर पारेर हजुरबुबा स्व. नेत्रप्रसाद वस्ती र हजुरआमा स्व. चित्रकुमारी वस्तीकाे स्मृतिमा विद्यालयमा निर्माणाधीन 'प्रा.डा. भद्र पोखरेल स्मृति सभाहल" का लागि उच्च गुणस्तरीय आवश्यक कुर्सीहरू प्रदान गरी प्रसंसनीय कार्य गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौं। साथै उहाँलाई जन्मदिनको शुभ अवसरमा सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना! 🎉

यस विद्यालयका canteen सञ्चालक श्री पदम बहादुर कार्कीज्यूले विद्यालयमा निर्माणाधीन 'प्रा.डा. भद्र पोखरेल स्मृति सभाहल" का...
21/08/2026

यस विद्यालयका canteen सञ्चालक श्री पदम बहादुर कार्कीज्यूले विद्यालयमा निर्माणाधीन 'प्रा.डा. भद्र पोखरेल स्मृति सभाहल" का लागि उच्च गुणस्तरीय आवश्यक कुर्सीहरू प्रदान गरी प्रसंसनीय कार्य गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौं। 🎉

यस विद्यालयका कर्मचारी श्री योगेन्द्र भट्टराईज्यूले विद्यालयमा निर्माणाधीन 'प्रा.डा. भद्र पोखरेल स्मृति सभाहल" का लागि उ...
21/08/2026

यस विद्यालयका कर्मचारी श्री योगेन्द्र भट्टराईज्यूले विद्यालयमा निर्माणाधीन 'प्रा.डा. भद्र पोखरेल स्मृति सभाहल" का लागि उच्च गुणस्तरीय आवश्यक कुर्सीहरू प्रदान गरी प्रसंसनीय कार्य गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौं। 🎉

19/08/2026

विद्यालयमा आजको दिनको सुरुवात! 😍

Address

Dharan

Alerts

Be the first to know and let us send you an email when Mahendra Secondary School, Chakraghatti, Sunsari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mahendra Secondary School, Chakraghatti, Sunsari:

Shortcuts

Share