13/11/2019
"मैले/हजुरले बाड्न सकेको खुशी""
पक्कै पनि यो सम्भव हुने यदि सधा झैँ यहाहरुको साथ अनि सहयोग नभएको भए , हो यो मुहारको खुसी , ति अरुहरु जस्तै नया लुगा लाउने रहर , अरु हरु जस्तै नया लुगा लगाई टिका लगाएर रमाउने यी सब सम्भव हुनुको श्रेय हजुर हरुमा समर्पण छन् ।
धेरै धेरै धन्यबाद अनि आभार प्रकट गर्दछौ हामी र पुनस्थापना गृहका तर्फ बाट, पुनस्थापना गृहका सम्पूर्ण परिवारलाई (२८ जना) दशैंको लागी नया लुगा , नया जुत्ता , ६ थान तावल , २ थान ग्यास सिलिन्डर भरेको TV channel जडान, १ थान भट्टी चुल्ला (ग्यास) हस्तान्तरण गर्यौ , र यस्मा जम्मा खर्च रु ४६,९६२ भएको छ ।
र हामी सग केहि रकम बाकी रहेको छ जुन हामी यसै पुनस्थापना गृहमा रहेको भाई महेन्द्र राई , वहा केहि बर्ष देखी दाहिने खुट्टामा रड लाउनु भएको छ र बैसाखीको सहाराले हिडडुल गर्नु हुन्छ , केहि समय देखी खर्च अभावले खुट्टाको Operation भएको थिएन र हामीले यो उब्रेको पैसाले वहाको खुट्टाको Operation गरेर खुट्टाको रड निकाल्ने छौ।
आशा छ भोलिको दिनमा सम्भव हुने छ र वहा पनि हामी सरह बिना बैसाखी हिडडुल गर्न सक्नु हुनेछ अनि एउटा नया जीवन , नया सुरुवात गर्नु हुनेछ र हामी सरह सक्ने वहाले पनि समाजको लागी योगदान दिनु हुनेछ ।
आउने दिनहरुमा महेन्द्र भाइको खुट्टाको Operation बारे जाकारी दिनेछौ पक्कै दिने छौ ।
अन्त्यमा क्ष्यमाप्राथी छौ , ढिलो Update गरेकोमा केहि कारणबस ढिला हुन गएको मा यो पटक र आउने दिन मा पक्कै पनि एस्तो नहुने प्रतिबदता गर्दछौ ।
धन्यबाद फेरी पनि यसरीनै यहाहरुलाई सक्ने सहयोग गरेर , आफु र अरुलाई खुसी बढेर जीवन भर पुगोस ।।।।
धनले कसलाई पुगी सरि छ र तर थोरै भए पनि सकेको बेला कसैको राम्रो काममा केहि सहयोग गर्नु त्यो नै महान आत्मा सन्तुस्टी हुने छ जस्तो लाग्छ ।
सहयोग को लागी मलाई या तलको ठेगाना मा पठाउन सक्नु हुने छ ।
Account Details
सहयोगी हातहरु - नेपाल
Account Details :
०१५० ५८७४ ६६०० १७ (0150 5874 6600 17)
Himalayan Bank Limited - Dharan Branch
Do mail us if you have any inquires or questions @ [email protected]
Massage us on our FB Page
Join Hands,Save Life - Nepal सहयोगी हातहरु - नेपाल
हजुर हरुको हर सहयोग अमुल्य हुने छ र त्यो सहयोग ले धेरै को मुहारमा खुशी ल्याउन सक्छ ।
"Once You Start to Serving Others,
You Will Know How Important You Are"