बारुणयन्त्र धरान-१२ धरान उप महानगरपालिका

  • Home
  • Nepal
  • Dharan
  • बारुणयन्त्र धरान-१२ धरान उप महानगरपालिका

बारुणयन्त्र धरान-१२ धरान उप महानगरपालिका Dharan Firebrigade phone-025-520199,mobile-9842038299

23/02/2023
23/02/2023
सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी ।हंसवाहन संयुक्ता विधादानं करोतु मे ॥सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वतीको यीनै...
30/01/2020

सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी ।
हंसवाहन संयुक्ता विधादानं करोतु मे ॥

सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वतीको यीनै स्तोत्रको सरल नेपाली अनुवाद प्रस्तुत गर्दै आजको सरस्वती पूजा विशेष आलेखलाई श्री गणेश गर्न चाह्यौं । जो चन्द्रको समान उज्जवल हुनुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने स्फटीकको मालासहित शुसोभीत हुनुहुन्छ, सेतो कमलको फूलमा आसिन ती देवी जसको ब्रह्मा, विष्णु तथा शिव आदि सबैले उपासना गर्नुहुन्छ उनै माता सरस्वती हाम्रा अज्ञानताहरु चिर्दै हामीलाई निर्मल विद्या दिनुहोस् ।

सरस्वती पूजा या भनौ, श्रीपञ्चमी भनाै वा वसन्त पञ्चमी आज विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतिको पुजा आराधना गरी मनाइने विशेष दिन । आजबाट क्रमशः वसन्त ऋतुको शुरुवात हुने मान्यता रहेको छ । यो हिउँदको मुटु छेड्ने जाडो र पानीको ठिहिबाट क्रमशः अब कोईलीको कुहु कुहु अनि न्यानोपनाको राजा मौसम बसन्तको सेरोफेरोमा स्वागत छ ।

वैदिक सनातन हिन्दू संस्कारका अत्यन्त ब्यवहारीक आयामहरु छन् । यी संस्कारहरु नेपालीपनका अभिन्न अङ्गहरु भएका छन् । हलो, गोरु, माटो, वोट विरुवा, कुकुर लगायत चेलीवेटी, औजारहरु अनि अन्नवालीहरुकासाथै आजको दिन श्रृजना अनि ज्ञानको पूजा गर्ने दिन हो है ।

'ब्रह्मा भिभर्त पूराण'मा प्रष्ट रूपमा उल्लेख गरिएको छ कि विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गरिन्छ भनि भगवान श्री कृष्णले वरदान दिएका हुन्र । विहानै उठेर प्रातः स्नान पश्चात् चोखोनितो गरी सफा कपडा लगाएर कलश स्थापना गरिन्छ अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरुको अर्चना गरिन्छ, सूर्यको अर्चना पनि गरिँदै सरस्वतीको उपासना गरिन्छ

बराहक्षेत्र नगरपालिका, सुनसरी करार सेवामा लिने सूचना..............
21/08/2019

बराहक्षेत्र नगरपालिका, सुनसरी
करार सेवामा लिने सूचना..............

p/z share .......
02/05/2019

p/z share .......

**आगलागी र यसबाट बच्ने उपाय***….शहरी तथा ग्रामीण क्षेत्रहरूमा आगलागीका कारण हामीले जन–धनको क्षति व्यहोरिरहेका छौं विगतका...
02/05/2019

**आगलागी र यसबाट बच्ने उपाय***….
शहरी तथा ग्रामीण क्षेत्रहरूमा आगलागीका कारण हामीले जन–धनको क्षति व्यहोरिरहेका छौं विगतका वर्षहरूझैं यो सुख्खायामको शुरुवातसँगै धरानमा केही आगलागीका दुर्घटना भइसकेका छन् । धरानमा नयाँ बजार (गीता मन्दिरदेखि माथि), पुरानो बजार (लाखे फोटोकपी), सब्जी मण्डी (मासु दोकान) क्षेत्रमा आगलागी भई ठूलो मात्रामा नोक्सानी भएको बारेमा त सबै अवगत नै छन् । आगो बारे जान्ने तथा केही सुरक्षा सतर्कता अपनाउने हो भने हामी आगलागीबाट हुन सक्ने धन–जनको क्षतिलाई रोक्ने तथा कम गराउन सक्छौँ ।

****आगलागी रोकथामका उपाय****.....
– केटाकेटीले भेट्न सक्ने ठाउँमा सलाई, लाइटर जस्ता सामग्री नराख्नुहोस् ।
– भान्सामा खाना बनाउँदा ग्याँस वा आगो बल्ने अवधिभरि भान्सा छाडेर टाढा नजानुहोस् ।
– यथासम्भव ग्याँस सिलिण्डरलाई भान्सा कोठाभन्दा बाहिर नै राख्नुहोस् ।
– सिलिण्डरको पाइप, सिलिन्डर समय–समयमा जाँच गर्नुहोस्, कुनै खराबी वा टुटफुट पाउनु भएमा, तुरुन्त मर्मत गराउन लगाउनुहोस् ।
– खाना बनाइसकेपछि ग्याँसको रेगुलेटर बन्द गर्ने तथा समय–समयमा ग्याँस सिलिण्डर र पाइपको सरसफाइ गर्नुहोस् ।
– ग्याँस सिलिण्डर घर ल्याउन अघि सिल नभएको, तौल कमजस्तो लाग्ने, धेरै गन्हाउने (लिक भएको शंकास्पद) सिलिण्डर नल्याउनुहोस् ।
– घरमा भएका विद्युत उपकरणहरू सही अवस्थामा छ÷छैन नियमित जाँच गर्नुहोस्, नाङ्गो टार, टुटेफुटेका स्विच, एक्सटेन्सन कर्डलाई मर्मत् तथा परिवर्तन गर्नुहोस् ।
– एक्सटेन्सन कर्डमा धेरै विद्युत खपत गर्ने (आइरन, हिटर, फ्रिज, माइक्रोवेभ ओभन, मोटर) तथा अन्य धेरै उपकरण जोडेर एकैचोटि प्रयोग नगर्नुहोस् ।
– २ पिन स्विचको बदलामा सिधै नाङ्गो तार सकेटमा पसाएर विद्युतीय सामग्री प्रयोग कहिल्यै नगर्नुहोस् ।
– प्रयोग नभएको अवस्थामा विद्युतीय सामग्रीहरू सकेटबाट निकालेर अलग राख्नुहोस् ।
– राति सुत्ने बेलामा वा घर छाडेर बाहिर जानुपर्दा सम्पूर्ण विद्युतीय उपकरणहरू बन्द गरेरमात्र जानुहोस् । (यसले तपाईंलाई आगलागीबाट सुरक्षामात्र होइन बिजुलीको खपतमा कमी ल्याउन पनि सहयोग पु¥याउँछ ।)
– हावा चलेको अवस्थामा खुला स्थानमा आगो नबाल्नुहोस्, बारी, बाटोमा बालिएको आगो पूर्ण रूपमा निभेको निक्र्यौल गर्नुहोस् ।
– घरमा पेट्रोल, डिजेल, मट्टीतेलको भण्डारण नगर्नुहोस् । (यस्ता सामग्रीमा केटाकेटीको पहुँच रोक्नुहोस्)
– घरमा प्रज्ज्वलनशील पदार्थहरू राख्न परे यसलाई छुट्टै, उपयुक्त भाँडोमा राम्रोसँग बिर्को बन्द गरेरमात्र राख्नुहोस्, जहाँ आगोको स्रोत सहजै पुग्न नसकोस् ।
– केटाकेटीले जोखिम आँकलन गर्न सक्दैनन् उनीहरू खेल्ने क्रममा ठूला मानिसको नक्कल गरेर आगोको प्रयोग गर्न सक्दछन् केटाकेटीलाई मात्र घरमा एक्लै नछाड्नुहोस् ।
– घर तथा घर वरपर सरसफाइ कायम राख्नुहोस्
– घर, गोठ खाली छाडेर नजानुहोस्, आफू केही समयका लागि जानुपर्दा छिमेक वा आफन्तलाई हेरचाह गर्न आग्रह गर्नुहोस् ।
– कोठाभित्र चुरोट नखानुहोस् तथा जथाभावी चुरोटका ठूटा नफ्याँक्नुहोस् ।
अनेपक्षित आगलागीका पूर्व तयारी
– आफ्नो मोबाइलमा वा घरको टेलिफोन सम्पर्क सूचीमा वारुण यन्त्र (दमकल) को नम्बर ०२५–५२०१९९ र ९८४२०३८२९९ सेभ गरेर राख्नुहोस् ।
– घरमा रहेका पानीका ट्याङ्की पूर्ण रूपमा रित्तो हुञ्जेल प्रयोग नगर्नुहोस्, आकस्मिक अवस्थाको लागि केही मात्रामा पानी जोहो गरेर राख्नुहोस् ।
– घरमा फायर ब्ल्याङ्केट (भान्छामा), फायर एक्स्टिनगुसर राख्नुहोस् ।
– कोठामा सिठी, टर्चलाइट सदैव तैयारी अवस्थामा राख्नुहोस् ।
– कोठामा खन्ती, झम्पल, मार्तलजस्ता सामग्री सुरक्षित साथ राख्नुहोस्, जसले आकस्मिक अवस्थामा झ्याल, ढोका फोडेर बाहिर निस्किन सकियोस् ।
– आफू बसेको घर वा कार्यालयमा आकस्मिक अवस्थामा कसरी सुरक्षित साथ बाहिरिन सकिन्छ त्यसको पहिचान तथा आँकलन गर्नुहोस् ।
– वन क्षेत्रमा डँढेलो लगाउने तथा चुरोट खाएर जथाभावी नफ्याक्नुहोस् ।
आगलागी भइहालेमा के गर्ने ?
– तपाईंले कुनै आगलागीको घटना देख्नु भएमा, तत्काल छेउछाउमा रहेका अन्य व्यक्तिलाई पनि खबर गर्नुहोस् र नियन्त्रणमा सहयोगका लागि आग्रह गर्नुहोस् ।
– आगलागी कसरी भएको जान्ने प्रयास गर्नुहोस् । (विद्युतीय वा अन्य आगो)
– आगोको आकारमा विचार पु¥याउनुहोस्, आगो फैलन सक्ने र आगो तपाईंको नियन्त्रणमा आउने सम्भावना छैन भने तत्काल वारुण यन्त्रलाई खबर गर्नुहोस् ।
– विद्युतबाट आगो लागेको शङ्का लागेमा घरमा रहेको मेनस्विच तत्काल बन्द गर्नुहोस् ।
– विद्युतीयबाहेक अन्य सामान्य सानो आगलागी छ भने पानीको सहायताले निभाउने प्रयास गर्नुहोस् ।
– आगो कोठाभित्र लागेको छ र नियन्त्रण गर्न सम्भव छैन भने कोठाको ढोका बन्द गरिदिनुहोस् । (यसले आगोलाई सहजरूपमा फैलन दिँदैन)
– आगलागी भएको स्थानमा अग्नि नियन्त्रक बाहेक अरूलाई प्रवेश गर्न नदिनुहोस् ।
– आफ्नो ज्यान जोखिममा राखेर आगलागी भएको स्थानबाट सामान निकाल्ने प्रयास नगर्नुहोस् ।
– आगलागी भएको स्थानदेखि नजिकै रहेको मुख्य चौकमा केही सहयोगीलाई वारुण यन्त्रलाई बाटो देखाउनका लागि पठाउनुहोस् ।
– आगलागीबाट केही सामग्री जोगाउन सकिन्छ भने त्यसलाई निकालेर सुरक्षित स्थानमा राखिदिनुहोस् ।
व्यक्तिगत घर तथा कार्यलयहरूमा पनि सुरक्षाको लागि बजारमा सहज र सुपथ मूल्यमा उपलब्ध हुने फायर एक्स्टिनगुसर, फायर ब्ल्याङ्केट राख्न सकिन्छ जसले आगलागीको शुरुवाती समयमा नै आगलागीलाई नियन्त्रण गरी जन–धनको थप क्षति हुनबाट रोक्न सकिन्छ ।

धरान उपमहानगरपालिकाले पानवारी, विष्णुपादुका क्षेत्रलाई पनि धरानमा गाभ्दा यसको कार्यक्षेत्र बढेको छ्र । वारुण यन्त्र केवल धरान उपमहानगरपालिकाको कार्यालय परिसर चतरा लाइनमा केन्द्रिकृत गरिएको छ । जसले फुस्रे, पानवारी, बाँझगरा, रेल्वे, विष्णुपादुका क्षेत्रमा आगलागी हुँदा वारुण यन्त्र पुग्न नै धेरै समय लाग्ने अवस्था छ जुन समयमा धेरै धनको क्षति हुन सक्छ यसका लागि विभिन्न स्थानको पहिचान गरी वारुण यन्त्रलाई विकेन्द्रीकरण गर्नु आवश्यक भइसकेको छ । अहिले विभिन्न नयाँ टोल, गल्लीहरू नामाकरण भएका छन् ।

जसलाई सम्झन कदापि सजिलो छैन । यसका लागि वारुणयन्त्रको टोली समय–समयमा त्यस्ता स्थानको भ्रमण गर्ने तथा स्थानीयलाई आगलागी सुरक्षाका उपाय सिकाउन सकिन्छ । जसले वारुण यन्त्रका कर्मचारीलाई विभिन्न स्थानसँग परिचित रहन सहयोग पुग्छ । साथै, स्थानीयलाई आगलागी हुनबाट सुरक्षित हुने तथा आकस्मिक अवस्थामा वारुणयन्त्र सहयोगको लागि उपलब्ध हुन सक्छ भनी निश्चिन्त रहन सक्दछन् ।

(नेपाली, पेशागत स्वास्थ्य तथा सुरक्षा क्षेत्रमा कार्यरत छन्)

Address

Dharan/12
Dharan

Telephone

+9779842038299

Website

Alerts

Be the first to know and let us send you an email when बारुणयन्त्र धरान-१२ धरान उप महानगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category