30/01/2026
पैदल यात्रा (हाईकिङ) कार्यक्रम सम्पन्न:....................................................................
१६ माघ २०८२, धरान ।
प्रहरी कर्मचारीहरुको शारीरिक तन्दुरुस्ती, व्यवसायिक क्षमता अभिवृद्धि तथा समुहगत अभ्यासका साथै कर्मचारीहरुको मनोवल बढाइ उत्प्रेरणा अभिवृद्धि गर्ने उदेश्यले पैदल यात्रा (हाईकिङ) कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका कार्यालय प्रमुख प्र.ब.उ. ज्ञानेन्द्र प्रसाद फुयालको कमाण्डमा कार्यरत सि.प्र.अ., जु.प्र.अ तथा प्रबह देखी प्रज सम्म गरी ६५ जनाको टोली धरानमा अवस्थित रहेको धार्मिक तथा पर्यटकीय स्थल शिवजट्टा मन्दिरसम्मको अं.५ कि.मी पैदल यात्रा (हाईकिङ) सम्पन्न गरी कार्यालय फिर्ता भएको हो ।