बिजुली अफिस धरान

बिजुली अफिस धरान governmental organization

18/04/2026

निराजन बस्तितिर आगलागी भैरहेको जानकारी प्राप्त भएको कारण ११ के .भि. बगरकोट फिडरबाट बितरित बिधुत सेवा अवरुद्ध भएको छ । मर्मत सम्भार सकिने बितिकै चाडैनैइ बिधुत सेवा सुचारु हुनेछ ।

धरान उपमहानगरपालिका तथा आसपासमा चलेको ठूलो हावाहुरीको कारण यस क्षेत्रको बिधुत सेवा अवरुद्ध भएको छ । हावाहुरी तथा बर्षादक...
06/04/2026

धरान उपमहानगरपालिका तथा आसपासमा चलेको ठूलो हावाहुरीको कारण यस क्षेत्रको बिधुत सेवा अवरुद्ध भएको छ । हावाहुरी तथा बर्षादको क्रम नरोकिएको कारण तत्काल बिधुत सेवा सुचारु हुन केही समय लाग्ने ब्यहोरा जानकारी गराइन्छ । कहीँ कतै बिधुतीय समंरचना ढलेको तथा बिधुतीय समंरचनामा रुख अथवा अन्य केही लागेको तथा छोएको कुनै समस्या देख्नु भएमा तल दिइएका नम्बरमा सम्पर्क गरि जानकारी गराइदिनु हुन अनुरोध छ ।🙏

धरान फ्युज सेवा तथा मर्मत
०२५-५३८९४०
०२५-५७०२३०
९८५२०६३४२१
पानबारी फ्युज सेवा :- ९८५२०६४४२३
चतरा फ्युज सेवा :- ९८५२०६४४२२
बिष्णुपादुका फ्युज सेवा :- ९८५२०६४४२१

31/03/2026

चारकोशे झाडिमा हावाहुरी तथा चट्याङ सहितको बर्षादको कारण ३३ के.भि.दुहबी धरान लाइन फल्ट भएको कारण धरान बितरण केन्द्र अन्तर्गतको बिधुत सेवा अवरुद्ध भएको छ । लाईन मर्मत तथा पेट्रोलिङ सम्बन्धी कार्य भैरहेको हुनाले कृपया धैर्य धारण गरिदिनु हुन अनुरोध छ ।

27/03/2026

हावाहुरी सहितको बर्षादको कारण ३३ के.भि.दुहबी धरान लाइन फल्ट भएको कारण धरान बितरण केन्द्र अन्तर्गतको बिधुत सेवा अवरुद्ध भएको छ । लाईन मर्मत तथा पेट्रोलिङ सम्बन्धी कार्य भैरहेको हुनाले कृपया धैर्य धारण गरिदिनु हुन अनुरोध छ ।

हावाहुरीले विद्युतलाई छिट्टो प्रभावित बनाउँछ। पोल भाँचिने, तार झर्नुका साथै करेण्ट लाग्ने, विद्युत सर्ट भई आगलागी लगायत ...
19/03/2026

हावाहुरीले विद्युतलाई छिट्टो प्रभावित बनाउँछ। पोल भाँचिने, तार झर्नुका साथै करेण्ट लाग्ने, विद्युत सर्ट भई आगलागी लगायत विविध दुर्घटना हुन सक्ने भएको हुँदा सतर्क तथा सुरक्षित रहनु हुन अनुरोध गरिन्छ । पुनश्च: सम्बन्धित निकायबाट जारी भएको सुचना यसै साथ प्रेसित गरिएको छ।

यस धरान बितरण केन्द्र अन्तर्गतको बिधुत सम्बन्धित कुनै समस्या देख्नु भएमा तल दिइएका नम्बरमा सम्पर्क गरि जानकारी गराइदिनु हुन अनुरोध छ ।🙏
धरान फ्युज सेवा तथा मर्मत
०२५-५३८९४०
०२५-५७०२३०
९८५२०६३४२१
पानबारी फ्युज सेवा :- ९८५२०६४४२३
चतरा फ्युज सेवा :- ९८५२०६४४२२
बिष्णुपादुका फ्युज सेवा :- ९८५२०६४४२१

16/03/2026

चट्याङ सहित को असिना पानी को कारण ११ के.भि. धरान फिडर फल्ट भएको कारण धरान उपमहानगरपालिकाको केही स्थानहरुमा लाइन अवरुद्ध भएको छ । मर्मत तथा पेट्रोलिङ कार्य भाइरहेकोले कृपया केही समय धैर्य धारण गरिदिनुहुन अनुरोध छ ।

16/03/2026

धरान १६ स्टेडियम अगाडि बितरण लाईन मर्मत तथा स्थानान्तरण सम्बन्धी कार्य गर्नुपर्ने भएकोले स्टेडियम वरिपरि आज मिति २०८२।१२।०२ गते अहिले बिहानको ९:०० बजे देखि १२:०० बजे सम्म बिधुत सेवा अवरुद्ध हुने ब्यहोरा जानकारी गराइन्छ ।

12/03/2026

चारकोशे झाडी तथा धरान बजार क्षेत्रमा चट्याङ तथा हावाहुरी सहित भएको बर्षाद को कारण ३३ के.भि. दुहबी धरान लाईन फल्ट भएको कारण धरान बितरण केन्द्र अन्तर्गतको बिधुत सेवा अवरुद्ध भएको छ । जङ्गल क्षेत्रको हावाहुरी बर्षाद केही रोकिएपछी पेट्रोलिङ गरि लाईन सुचारु गरिने छ । कृपया धैर्य धारण गरिदिनु होला ।

धरान ०८, लाङ्घाली सामुदायिक वन समुहको कार्यालय अगाडी रहेको सुकेको सालको रुख हावाहुरीको मौसम नजिकिदै आएको कारण जतिवेला पन...
10/03/2026

धरान ०८, लाङ्घाली सामुदायिक वन समुहको कार्यालय अगाडी रहेको सुकेको सालको रुख हावाहुरीको मौसम नजिकिदै आएको कारण जतिवेला पनि ढल्न सक्ने भएकोले यसले मानविय तथा विद्युतीय दुर्घटना निम्त्याउन सक्ने साथै हावाहुरीको कारण ढलेमा लामो विद्युत सेवा समेत अवरुद्ध गर्न सक्ने भएको हुनले उक्त रुख काटी हटाउन भोलि मिति २०८१।११।२७ गते वुधवार विहान ८ः०० वजे देखि ९ः०० सम्म ३३ के.भि.धरान फिडर सट्डाउन हुने हुदा यस धरान बितरण केन्द्र( बिजुली अफिस धरान ) अन्तर्गत सम्पुर्ण स्थान को बिधुत सेवा अवरुद्ध हुने ब्यहोरा जानकारी गराइन्छ । यसबाट ग्राहक महानुभाबहरुमा पर्नजाने असुबिधा प्रति ने.बि.प्रा. धरान बितरण केन्द्र क्षमाप्रार्थी छ ।

26/02/2026

११ के.भि. धरान फिडर अन्तर्गत मर्मत कार्य गर्नको निमित्त अहिले ९:५५ देखि करिब १५ मिनेट्को निमित्त धरान बजार स्टेडियम, फुस्रे क्षेत्रको बिधुत सेवा अवरुद्ध हुने ब्यहोरा जानकारी गराइन्छ ।

15/02/2026

सबस्टेशनमा आकस्मिक मर्मतका लागि केहिवेर विद्युत अवरूध्द हुने छ, यसबाट समस्त ग्राहकबर्गमा पर्ने असुविधाका लागि क्षमा प्रार्थी छौँ।

09/02/2026

धरान १६ बालिका स्कूल लाइन अगाडि तार अपग्रेड तथा मर्मत कार्य गर्नुपर्ने भएको हुदा आज मिति २०८२।१०।२६ गते साेमबारको दिन बिहान ७:४५ बजे देखि ११:०० बजेसम्म धरान वडा नम्बर १६ तथा १३ नम्बर वडाको जनपथ लाइन, जूनेली पथ, बालिका स्कूल लाइन आसपासका एरियामा बिधुत सेवा अवरुद्ध हुने ब्यहोरा जानकारी गराइन्छ । यसबाट पर्न जाने असुबिधा प्रति ने.बि.प्रा. धरान बितरण केन्द्र क्षमा प्रार्थी छ ।

Address

Nepal Electricity Authority Marg
Dharan

Alerts

Be the first to know and let us send you an email when बिजुली अफिस धरान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to बिजुली अफिस धरान:

Share