मनोज निरौला Manoj Niroula

मनोज निरौला Manoj Niroula सधै सकारात्मक सोच राख्ने प्रयास गर्छ?

दशैमा मामाघर जाँदै हामी Piyush Niroula
08/10/2022

दशैमा मामाघर जाँदै हामी Piyush Niroula

"विजया दशमी २०७९" को पावन अवसरमा सुख:, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ...
05/10/2022

"विजया दशमी २०७९" को पावन अवसरमा सुख:, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु !!

03/09/2022

घरमा ससुरा र बुहारी हुन्छन् । ससुरा सोफामा बसेर टिभी हेरी रहेका हुन्छन् । बुहारी भान्सामा हुन्छिन् । कलिङ्ग बेल बज्छ । बुहारी ढोका खोल्न जान्छिन् ।
- तपाईं को हुनु हुन्छ ? कति कामले पाल्नु भयो ?
- म एउटा एनजिओवाट महिलाहरूको तथ्याङ्क लिन आएकी हूँ ।
बुहारी बोलेको सुनेर ससुरा ढोका बाहिर आउँछन् ।
- को हो दुुलही ? यिनी को हुन ?
- बाबा ! वहाँ महिलाहरूको तथ्याङ्क लिन आउनु भएको रे ।
ससुराले भने - अँ , सोध्नुस् , तपाईलाई कस्तो तथ्याङ्क चाहिएको हो ?
- हजूरसंग होइन वहाँसंग लिनु पर्छ ।
- उनले भन्ने जपाफ म दिन्छु सोध्नुस् । ससुराले भन्छन् ।
- हजूरको बुहारीले जागिर खानु हुन्छ कि हाउस वाइफ हो ?
बुहारीले हाउस वाइफ भन्नै खोजेकी थिइन् , ससुराले जवाफ दिन्छन् - जागिर खान्छिन् ।
- कुन संस्थामा वा सरकारी जागिरमा ?
- नर्स हुन उनी । विहान देखि राती सम्म म र मेरी पत्नीले ओैषधी खायौं कि खाएनौ , त्यसको हिसाब राख्छिन् । वेला - वेलामा हाम्रो ब्लड प्रेसर चेक गर्छिन् । ओैषधी खाने वेला भयो कि ओैषधी र पानी ल्याएर अगाडि राखेर खान निर्देशन दिन्छिन् । विहान वा बेलुका भए पनि चार - पाँच किलोमिटर हिंड्न लगाउँछिन् । मलाई मन पर्ने पुस्तकहरू किनेर ल्याएर पढ्न दिन्छिन् ताकि म बोर न होऊँ । हामीलाई छोरीको जस्तै माया दिन्छिन् । यसो भनूँ , उनी नर्स भन्दा पनि माथी छिन् ।
हाम्री बुहारी बेबी सिटर पनि हुन । नाति - नातिनालाई नुहाउने - धुवाउने , ख्वाउने - पिउने , स्कुल पठाउने , राती लोरी गाएर सुताउने सबै काम यिनले नै गर्छिन् ।
यिनी ट्यूटर पनि हुन । केटाकेटीहरूलाई पढाउने काम यिनकै हो ।
यिनले एउटा रेष्टुरेण्ट पनि चलाएकी छिन् । विहान ६ बजे देखि राती ९ बजे सम्मको , जसलाई हामीले किचन भन्छौं । विहानको चिया - नाश्ता देखि दिउसोको खाना , अपराह्नको नाश्ता र रातीको खाना । वेलामौकामा फरमाइश अनुसार खानेकुरा पनि बनाएर ख्वाउँछिन् । अतिथि सत्कारमा यिनले महारत हासिल गरेकीछिन् । घरमा पाहुना आउँदा खुशी साथ सत्कार गर्छिन् । सदैव हँसिलो अनुहार हुन्छ , उनको मुहारमा , कहिल्यै मलिनता झल्किन्न ।
यिनी मेरो छोराको सल्लाहकार पनि हुन , असल सल्लाह दिने गर्छिन । यिनकै कारण उसले आनन्दसंग जागिर खान पाएको छ । यो घरलाई यिनले आफ्नो मायाले प्रेमालय बनाएकीछिन् ।यिनी कहिले - काहीँ माइत जाँदा घर नै शून्य हुन्छ ।
यिनी हाम्रो घरको रेलको इन्जिन हुन् , हामी डिब्बा । यिनले न कहिले सार्वजनिक विदा पाउँछिन र न त पर्व विदा । चाड - पर्वमा त यिनको काम झन दोब्बर हुन्छ ।
- अंकल ! हजूरले भनेको कामको विवरण हाम्रो फर्ममा छैन ।
- त्यसो भए तिम्रो फर्म नै अधूरो छ ।
- अंकल ! हजूरले भनेका काममा वहाँले वेतन कति पाउनु हुन्छ ।
- नानी ! वेतन त्यो होइन जो अरूले तिमीलाई देओस् , वेतन त्यो हो जो तिमीले अरूलाई आर्जन गर्ने वातावरण बनाई दिन्छौ । मेरी बुहारीले गर्दा मेरो छोराले आरामसंग जागिर खान पाएको छ , उसलाई घरको कुनै तनाव छैन । मेरी बुहारीले गर्दा हामी स्वस्थ्य छौं , मेरी बुहारीले गर्दा यो घर स्वर्ग जस्तो भएको छ , मेरी बुहारीले गर्दा नाति - नातिनाको भविष्य सुन्दर बन्दै छ , मेरी बुहारीको संस्कार तथा व्यवहारले गर्दा हाम्रो इष्ट मित्र समेत प्रसन्न छन् ? यी अद्भूत कामहरूको वेतन तोक्न मिल्छ र ?

©®¥©P

 #सेवा  #सन्तुष्टि र  #पैसा  #फरक कुरा हो ।म काम गर्न आएको हुँ जनता को सेवा मात्र चाहना हो ! यो उदघोस् हो नेपाली काँग्रे...
31/08/2022

#सेवा #सन्तुष्टि र #पैसा #फरक कुरा हो ।
म काम गर्न आएको हुँ जनता को सेवा मात्र चाहना हो ! यो उदघोस् हो नेपाली काँग्रेस सुनसरी सभापति तथा इनरुवा न पा का प्रमुख केदार भण्डारी को !हिजो मात्र वहाँ ले इनरुवा ५ बलाहा मा अवस्थित आफ्नो निजी करोडौ मुल्य पर्ने १९ कठ्ठा जमिन ब्रिद्धाश्रम ,आँखा अस्पताल ,आयुर्वेदिक अस्पातल का लागि इनरुवा नगरपालिका लाई निसुल्क पारीत गर्ने घोषणा गर्नु भएको छ ! प्रमुख ज्यु प्रती मुरी मुरी धन्यवाद तथा हार्दिक आभार ब्यक्त गर्न चाहन्छु ! यस् महान कार्यमा सहकार्य गरी योजना लाई मुर्तरुप दिन का लागि सम्पूर्ण सहयोगी हातहरु लाई समेत अनुरोध गर्दै फेरि पनि आदरणीय दाइ लाई बधाइ अनि शुभकामना ।

Address

Dharan
56710

Telephone

+9779807316876

Website

Alerts

Be the first to know and let us send you an email when मनोज निरौला Manoj Niroula posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category