24/08/2025
सनातन हिन्दु राष्ट्र भने पछि ज्वरो आउने र सनातन 🕉️कार धर्म-संस्कृति लाई निन्दा मात्र गर्ने पात्रहरू देवभूमि बैतडी सुदूरपश्चिममा आएर तथ्यहीन भ्रामक झूठा कूरा बोली भाषण दिदै आम जनतामा भ्रम छर्ने काम भईरहेको रहेछ। नेता बन्न पूर्व नै भ्रष्टाचार, चोरी, डकैत, छल, जालझेल, सहकारी ठगी र किर्तेमा जेल जाने आजको अवस्थामा ४ पटक देशको प्रधानमन्त्री बनेको व्यक्ति एक निस्कलंक इमानदार र संस्कारिक रास्ट्रवादी नेता पाउनु हाम्रो बैतडिको लागि, सुदूरपश्चिमको लागि र समग्र देशकै लागि गर्वको कुरा हो।
पहिलोपटक जनपञ्चायतमा निर्वाचित सांसद आदरणीय ब्यक्तित्व लोकेन्द्र बहादुर चन्द काठमाडौं बाट बैतडी फर्किनु पर्ने भयो। त्यो समयमा कैलालीको अत्तरिया बाट पहाड बैतडी दार्चुला मोटर बाटो थिएन त्यसैले भारतको टनकपुर पिथौरागढ हुदै झुलाघाट जानुपर्ने हुन्थ्यो। बैतडी जाने क्रममा बैतडीका लागि भारतको टनकपुर बाट भारतीय मोटर चढनुपर्ने भयो।मोटरका लागि सहयोगी पठाए र उनले भने हाम्रो माननीय ज्युका लागि अपर सिट चाहियो। त्यो समयमा सानो गाडीमा अपर र लोअर दुई किसिमको बस्ने व्यवस्था हुन्थ्यो। गाडी चालकले भने तुम्हारा माननीय ज्युको इतना शौख है तो खुदका गाडी खुदका रास्ता होना चाहिए। सहयोगीले यही कुरा सुनाए। तत्कालीन माननीय चन्द ज्युले भने ठिक छ।
म अर्को पटक नेपालमा केही गरेर मात्रै फर्किनेछु। पारीको सुझाव लाई शिरोधार्य गर्दै पुर्व प्रधानमन्त्री चन्दले बैतडीको पाटन हवाई अड्डा, दार्चुलाको गोकुलेश्वर हवाई अड्डा र कैलाली देखिको पहाडी मार्ग लाई तिब्र रुपमा अगाडि बढाउनु भयो। साथै महाकाली फाष्ट ट्रयाक अध्ययन सुरु गराउनु भयो। बैतडी पाटन सिंचाइ र बैतडी पाटन जलविद्युत समेत सुरु गराउनु भयो।
_____
बैतडीले चारपटक प्रधानमन्त्री पाएर के पायो?
सबै भन्दा पहिला त यो बुझ्न जरूरी छ कि लोकेन्द्र बहादुर चन्द ज्यू प्रधानमन्त्री भएको अवधि ४ पटक मा १४६० दिन यानि कि, ४८ महिना यानि कि जम्मा ४ वर्ष मात्रै प्रम हुनुभएको थियो। छोटो समयमा थोरै बजेटमा पुरै देश को विकास गर्नु थियो। तरपनि बैतडी जस्तो बिकट ठाउँ सम्म बिजुली, हवाई सुविधा, शिविर राखेर सडक निर्माण, कृषि परियोजना पुर्याउनु आफैंमा चुनौतीपूर्ण थियो। अर्को अर्थमा भन्नुपर्दा बैतडीमा आधुनिक विकासको जग बसालियो।
देशले राजनितीज्ञ प्रधानमन्त्री मात्रै होइन् एउटा अन्तरराष्ट्रिय स्तरको सर्जक साहित्यकार पनि पायो। मदन पुरस्कार वि.सं. २०५४ पाउनु भएको मुर्धन्य साहित्यकार जसले बैतडी, सुदूपपश्चिम र देश लाई साहित्य मार्फत रास्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा चिनाउन सफल हुनुभयो।
तस्विर साभारः अनलाईनखबर