10/03/2025
भोलि मिति २०८१ साल फागुन २७ गते मङ्गलबारबाट सञ्चालन हुने शैक्षिक सत्र २०८१ को कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु। साथै शैक्षिक गुणस्तर सुधारको प्रक्रिया अन्तर्गत यस बर्ष निम्न अनुसार गरिएको जानकारी गर्दछु।
१- कक्षा- ५ को लागि पालिका स्तरमा एउटै प्रश्नपत्र मार्फत परीक्षा सञ्चालन गरिने र पालिकाभरिका विषयगत रुपमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूको (गुणस्तर मापनको लागि) पुनः वैधता परीक्षण गरिने ।
२- कक्षा - ८ को लागि साविककै परीक्षा केन्द्रहरू ( श्री भूमिराज मावि इयरकोट, श्री लटिनाथ मावि खार, श्री गणेश विनायक मावि सिप्टी र श्री जनहित मावि धुलिगडा) कायम गरिएको ।
३- यस अघि कक्षा- ८ को पालिका स्तरीय परीक्षामा सम्बन्धित विद्यालयको प्रअ लाई नै केन्द्राध्यक्ष नियुक्त गर्ने गरिएकोमा यस वर्ष सम्बन्धित विद्यालयका सहायक प्रधानाध्यापकहरुलाई नियुक्त गरी अन्यत्र परीक्षा केन्द्रमा खटाइएको ।
४- परीक्षालाई मर्यादित रूपमा सञ्चालन गर्न सहयोगको लागि सबै परीक्षा केन्द्रहरूमा परीक्षा अनुगमनको व्यवस्था मिलाइएको ।
५- कक्षा-८ को परीक्षामा आधारभूत तह १-५ को शिक्षकलाई मात्र निरीक्षक राख्ने व्यवस्था गरिएको ।
शैक्षिक गुणस्तर सुधारमा सबै पक्षको अहम भूमिका हुने हुँदा शैक्षिक सत्र २०८१ को परीक्षालाई मर्यादित रूपमा सञ्चालन गर्न र विद्यार्थीहरूलाई घरमा र डेरामा अध्ययन गर्ने शान्त वातावरण सिर्जनामा सहयोग गरिदिन आम अभिभावक, शिक्षक, सरोकारवाला, जिम्मेवार सबैलाई हार्दिक अनुरोधछ।