09/03/2026
"एक पराजयले सपनाहरूको अन्त्य गर्दैन, गगन थापा अब एक मात्र भरोसा हो"
प्रतिनिधिसभा निर्वाचन २०८२ को परिणामपछि सामाजिक सञ्जालदेखि चिया पसलसम्म एउटै चर्चा छ— गगन थापाले गर्दा यस्तो भयो। तर एउटा व्यक्तिको काँधमा दशकौं देखि थुप्रिएको पार्टीको आन्तरिक बेथिति र संरचनागत कमजोरीको भारी थोपर्नु न्यायसंगत हो ? पक्कै होइन ।
राजनीतिमा हार र जित स्वाभाविक र अस्थायी प्रक्रिया हो , स्थायी हो त केवल ईमान्दारी , निष्ठा र एजेन्डा । नेपाली कांग्रेसभित्र परिवर्तनको बिगुल फुक्ने युवाहरुलाई राजनीतिमा सपना देख्न सिकाउने र प्रतिकूल समयमा पनि वैचारिक स्पष्टता राख्ने नेता हुन् Gagan Thapa । आजको परिस्थितिमा उनीमाथि मात्रै औँला ठड्याउनु भनेको परिवर्तनको आवाजलाई कमजोर बनाउनु हो।
मेरो सभापति गगन थापालाई एउटा संदेश -
प्रिय गगन दाई
एउटा निर्वाचनको अंकगणितले तपाईको कद र तपाईले देखाएको सपनाको उचाईलाई मापन गर्न सक्दैन। आँधी चल्दा रुखका पातहरू झर्न सक्छन् तर जरा बलियो छ भने नया पालुवा पलाउन समय लाग्दैन। आजको यो 'ब्रेक' तपाईको राजनीतिक यात्राको अन्त्य होइन, बरु अझ ठूलो छलाङका लागि लिइएको विश्राम हो ।
अहिले विजय हासिल गर्नेहरुलाई भोलि तपाईको अनुभवी साथको आवश्यकता पर्ने छ । यो मुलुक लाई सही बाटोमा ल्याउनु छ लाखौं युवाहरु आज पनि तपाईकै आवाजमा आफ्नो भविष्य खोजिरहेका छन्। तपाई हार्दा ती आशाहरू हार्नु हुंदैन। बिगतमा अरुले गरेका कमिकमजोरीहरु बाट सिक्नुहोस् आफूलाई अझ निखार्नुहोस् तर हतोत्साहित नहुनुहोस्। इतिहास साक्षी छ— समयले सधै तिनै मानिसहरुको कदर गर्छ, जो लडेर पनि फेरि उठ्ने आँट गर्छन् ।
त्यसैले उठ्नुस् , सम्हालनुस् ,हामी तपाईको साथमा छौं ।
यात्रा अझै बाँकी छ ! 🇳🇵
जय नेपाल ।