राप्ती गाउँपालिका दाङ्ग लुम्बिनी प्रदेश नेपाल

  • Home
  • Nepal
  • Dang Deu Khuri
  • राप्ती गाउँपालिका दाङ्ग लुम्बिनी प्रदेश नेपाल

राप्ती गाउँपालिका दाङ्ग लुम्बिनी प्रदेश नेपाल दाङ जिल्लाको पूर्वीभागमा अवस्थित राप्ती गाँउपालिका
(1)

राप्ती गाउँपालिकालाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण पालिका बनाउने तयारी_______मसुरिया, २१ जेठ।दाङको राप्ती गाउँपालिक...
04/06/2026

राप्ती गाउँपालिकालाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण पालिका बनाउने तयारी_______

मसुरिया, २१ जेठ।
दाङको राप्ती गाउँपालिकामा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण पालिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरणका प्रतिनिधि सुदीप शर्माले गुणस्तरीय सेवा प्रवाह, सुशासन, संस्थागत क्षमता विकास तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्थानीय तहको कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषयमा सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा गुणस्तर व्यवस्थापन प्रणाली अवलम्बन गर्दा स्थानीय सरकारको सेवा प्रवाह थप पारदर्शी, उत्तरदायी तथा नागरिकमैत्री बन्ने विषयमा छलफल गरिएको थियो। साथै पालिकाले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण प्राप्त गर्न आवश्यक प्रक्रिया, मापदण्ड र तयारीका विषयमा जानकारी गराइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले गुणस्तरीय सेवा प्रवाह र सुशासन प्रवर्द्धनका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो। उहाँले नागरिकलाई प्रभावकारी, छिटोछरितो र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित आवश्यक सुधारका कार्यहरू अघि बढाइने उल्लेख गर्नुभयो।

अध्यक्ष विष्टले आफ्नो कार्यकालभित्र राप्ती गाउँपालिकालाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण प्राप्त गर्ने स्थानीय तहका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले गुणस्तर व्यवस्थापन प्रणालीलाई संस्थागत गर्दै सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाइने बताउनुभयो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरणले संस्थागत क्षमता अभिवृद्धि, कार्यसम्पादनको प्रभावकारिता तथा सेवा प्रवाहको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले कर्मचारी तथा जनप्रतिनिधिहरूको सक्रिय सहभागिता र प्रतिबद्धताबाट पालिकाले गुणस्तरीय प्रशासनिक अभ्यासलाई आत्मसात् गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमलापति चाैधरी,विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्य, शाखा प्रमुखलगायत जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

"कृषि, पशु, उद्यम तथा रोजगार प्रदर्शनी-२०८३" मा सहभागी हुने सम्बन्धी अत्यन्त जरुरी सूचना ।
04/06/2026

"कृषि, पशु, उद्यम तथा रोजगार प्रदर्शनी-२०८३" मा सहभागी हुने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि लुम्बिनी प्रदेश सरकारसँग माग गर्ने बजेट, कार्यक्रम तथा योजना...
03/06/2026

दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि लुम्बिनी प्रदेश सरकारसँग माग गर्ने बजेट, कार्यक्रम तथा योजनाबारे बुधबार सरोकारवालासँग छलफल तथा सुझाव संकलन गरेको छ।

गाउँपालिकामा क्रियाशील राजनीतिक दलका प्रमुख, उद्योगी–व्यवसायीका प्रतिनिधीहरुको सहभागितामा आयोजित कार्यक्रममा आगामी वर्ष सञ्चालन गरिने विकास आयोजना, पूर्वाधार निर्माण तथा जनमुखी कार्यक्रमलाई साझा प्राथमिकतामा राखी प्रदेश सरकारसमक्ष एकीकृत रूपमा प्रस्तुत गर्ने विषयमा छलफल गरिएको थियो।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टज्यूको अध्यक्षता तथा प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोख्रेलज्यूको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन,राेजगार, सिँचाइ, खानेपानी तथा अन्य आधारभूत पूर्वाधारसँग सम्बन्धित योजनालाई प्राथमिकतामा राख्न सुझाव दिनु भएको थियाे।

ए. आई एक्सरे प्रविधि मार्फत सक्रिय क्षयरोग खोजपड्ताल शिविर सञ्चालन हुने सम्बन्धी अत्यन्त जरुरी सुचना।
03/06/2026

ए. आई एक्सरे प्रविधि मार्फत सक्रिय क्षयरोग खोजपड्ताल शिविर सञ्चालन हुने सम्बन्धी अत्यन्त जरुरी सुचना।

दररेट पेश सम्बन्धमा ।
01/06/2026

दररेट पेश सम्बन्धमा ।

लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा दाङको राप्ती गाउँपालिकामा प्रदेश सभासँग स्थानीय सभाको कानून निर्माण सम्बन्धी सहका...
01/06/2026

लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा दाङको राप्ती गाउँपालिकामा प्रदेश सभासँग स्थानीय सभाको कानून निर्माण सम्बन्धी सहकार्य कार्यक्रम सोमबार गाउँपालिकाको सभाहल मसुरियामा सम्पन्न भएको छ।

स्थानीय तह र प्रदेश सभाबीच कानून निर्माण प्रक्रियामा समन्वय, सहकार्य तथा अनुभव आदान–प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सभा सञ्चालनको इतिहास, कार्यविधिका आधारभूत सिद्धान्त, निर्माण प्रक्रिया, निति तथा कानून निर्माणमा प्रयोग हुने भाषामा ध्यान दिनुपर्ने विषय,अभ्यास लगायतका बारेमा छलफल गरिएको थियो।

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरज्यूकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभामुख मेनुका खाँड केसीज्यू,राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टज्यू,उपाध्यक्ष कमलापति चाैधरीज्यू,प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगर,राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकज्यू,गाउँसभाका सदस्यज्यूहरु,मेलमिलापकर्ता लगायत कर्मचारीज्यूहरुकाे उपस्थित रहेको थियो ।

कार्यक्रममा गाउँसभा सञ्चालनकाे नमूना अभ्यास समेत गरिएको थियो ।

राप्ती गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा___________मसुरिया, १६ जेठ ।दाङको  राप्ती गाउँपालिकालाई पूर्ण ख...
30/05/2026

राप्ती गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा___________

मसुरिया, १६ जेठ ।
दाङको राप्ती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।

गाउँपालिकाका सबै ९ वटै वडामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्राप्त भएपछि शनिबार एक कार्यक्रमका बीच औपचारिक रूपमा गाउँपालिकालाई दिगोपना घोषणा गरिएको हो।

कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयाेजक एवं जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतका अनुसार पालिकाभित्र १६ महिनादेखि २३ महिनासम्म तथा २४ देखि ५९ महिनासम्मका बालबालिकालाई १५ महिनाभित्र लगाउनुपर्ने सम्पूर्ण खोप लगाइएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।

गाउँपालिका अध्यक्ष तथा पालिका स्तरीय खोप समन्वय समिति संयोजक प्रकाश विष्टको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले खोप सेवा बालबालिकाको स्वास्थ्य अधिकारसँग जोडिएको अत्यन्त महत्वपूर्ण विषय भएको बताउनुभयो। उहाँले गाउँपालिकाले सबै वडामा प्रभावकारी रूपमा खोप सेवा पु¥याई राष्ट्रिय मापदण्डअनुसारको कार्य सम्पन्न गरेकोमा प्रशंसा व्यक्त गर्दै यस्तो उपलब्धि सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्नुभयो। आगामी दिनमा अन्य स्वास्थ्य कार्यक्रमहरूमा पनि यस्तै प्रकारको समन्वय र सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।

त्यसैगरी गाउँपालिका अध्यक्ष प्रकाश विष्टले पूर्ण खोप सुनिश्चितता घोषणा कुनै एक व्यक्ति वा संस्थाको प्रयासको परिणाम नभई सम्पूर्ण समुदाय, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक तथा सरोकारवाला निकायहरूको साझा मेहनत, समर्पण र प्रतिबद्धताको प्रतिफल भएको बताउनुभयो।

उहाँले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई विशेष सम्मान व्यक्त गर्दै गाउँका टोल–टोल, बस्ती–बस्ती र घर–घरमा पुगेर स्वास्थ्य सचेतना फैलाउने तथा खोप अभियानलाई सफल बनाउन निरन्तर खटिने स्वयंसेविकाहरू समाजका मौन नायक भएको उल्लेख गर्नुभयो।

त्यस्तै सम्पूर्ण स्वास्थ्यकर्मीहरूको पेशागत दक्षता, सेवाभाव र जिम्मेवारीबोधका कारण गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उहाँले भनाई थियो।

अध्यक्ष विष्टले पूर्ण खोप सुनिश्चितता घोषणा केवल औपचारिकता मात्र नभई बालबालिकाको सुरक्षित भविष्यप्रतिको सामूहिक प्रतिबद्धता भएको उल्लेख गर्दै स्वस्थ बालबालिका नै समृद्ध समाजका आधार भएको धारणा राख्नुभयो। साथै स्थानीय सरकारले जनस्वास्थ्यको क्षेत्रमा प्रभावकारी सेवा प्रवाह, स्वास्थ्य संस्थाको सुदृढीकरण, स्वास्थ्यकर्मी तथा स्वयंसेविकाको क्षमता अभिवृद्धि र स्वास्थ्य पहुँच विस्तारका लागि निरन्तर प्रतिबद्ध रहने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्याेती वलीले खोप कार्यक्रमको महत्व तथा यसको दिगोपनाका विषयमा जानकारी दिनुभएको थियो।

सो अवसरमा गाउँपालिकाका नाै वटै वडालाई पूर्ण खोप सुनिश्चितताका प्रमाणपत्र प्रदान गरिएको थियो। साथै गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न महत्वपूर्ण योगदान पु¥याएको भन्दै लालमटिया स्वास्थ्य चौकी भालुबाङका खोप फोकल पर्सन मुना खड्का र देविकोट स्वास्थ्य इकाईका अहेब यज्ञबहादुर कार्कीलाई कदरपत्रसहित सम्मान गरिएको थियो।

कार्यक्रममा वडा नं.१ का वडा अध्यक्ष गेम बहादुर खड्का,वडा नं. ३ का वडा अध्यक्ष उमेश अधिकारी , वडा नं. ९ का अध्यक्ष रिमबहादुर सुनारी मगर , वडा सदस्यहरू मनबहादुर पुन,विष्णु पाेख्रेल,सुन्दर शाही,राप्ती आधारभूत अस्पताल कालापानीका मेडिकल सुपरिटेन्डेन्ट एमडीजिपी डाक्टर सुशील केसी, शिक्षा, युवा तथा खेलकुद शाखाकी देवी मल्ल लगायत विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो।

धूम्रपान, मद्यपान तथा लागुपदार्थ दुर्व्यसन विरुद्ध राप्तीमा सचेतनामूलक नाटक प्रदर्शनमसुरिया, १३ जेठ ।दाङको राप्ती गाउँपा...
27/05/2026

धूम्रपान, मद्यपान तथा लागुपदार्थ दुर्व्यसन विरुद्ध राप्तीमा सचेतनामूलक नाटक प्रदर्शन

मसुरिया, १३ जेठ ।
दाङको राप्ती गाउँपालिकाका विभिन्न स्थानमा बुधबार धूम्रपान, मद्यपान तथा लागुपदार्थ दुर्व्यसन विरुद्ध सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।

राप्ती गाउँपालिकाको आयोजना तथा मधुवन मिडिया इन्टरटेनमेन्टको संयाेजनमा नाटक प्रदर्शन गरिएको हाे।

नाटक वडा नम्बर १ भालुबाङस्थित ग्रिनपार्क तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, वडा नम्बर २ को आदर्श नमुना माध्यमिक विद्यालय लालमटिया, वडा नम्बर ४ को माध्यमिक विद्यालय मौरीघाट र वडा नम्बर ५ को सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँमा प्रदर्शन गरिएको थियो।

नाटकमार्फत स्थानीय नागरिक तथा विद्यार्थीहरूलाई धूम्रपान, मद्यपान तथा लागुपदार्थ दुर्व्यसनका असरबारे जानकारी गराइएको थियो। कलाकारहरूले यस्ता दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावबारे सशक्त सन्देश दिएका थिए।

विशेषगरी युवापुस्ता, विद्यार्थी तथा सर्वसाधारणमा बढ्दो दुर्व्यसन नियन्त्रण गर्दै सकारात्मक सामाजिक वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

कार्यक्रममा वरिष्ठ कलाकार रामचन्द्र अधिकारी ‘काजिबा’, कार्यक्रम निर्देशक तथा कलाकार विष्णु गैरे, कलाकार सुशीला निरौला ‘बिम्ली’, रोहानी लामा तथा सुरेश असिम को प्रस्तुति रहेको थियो। कलाकारहरूले मनोरञ्जनसँगै जनचेतना फैलाउने शैलीमा नाटक प्रस्तुत गरेका थिए।

कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले पछिल्लो समय युवापुस्तामा बढ्दै गएको धूम्रपान, मद्यपान तथा लागुपदार्थ दुर्व्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएको बताउनुभयो। उहाँले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थी तथा युवामा सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कला र नाटकमार्फत समाजमा प्रभावकारी सन्देश प्रवाह गर्न सकिने उल्लेख गर्नुभयो। साथै उहाँले स्वस्थ, सभ्य र दुर्व्यसनमुक्त समाज निर्माणका लागि सबै पक्षको साझा सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

हकदावी सम्बन्धी सूचना ।
26/05/2026

हकदावी सम्बन्धी सूचना ।

दररेट पेश गर्ने सम्बन्धी सूचना ।
26/05/2026

दररेट पेश गर्ने सम्बन्धी सूचना ।

Address

Dang Deu Khuri
22404

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97782413077

Alerts

Be the first to know and let us send you an email when राप्ती गाउँपालिका दाङ्ग लुम्बिनी प्रदेश नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to राप्ती गाउँपालिका दाङ्ग लुम्बिनी प्रदेश नेपाल:

Share