Rsp duneshwor municipality

Rsp duneshwor municipality Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rsp duneshwor municipality, Political Party, Dailekh.

02/01/2026

वि.सं. २०८२ पौष १६
ने.सं. ११४६ पोहेलाथ्व द्वादशी

सूचना

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीका सम्बन्धमा विभिन्न सरोकारवालाहरुबाट प्राप्त भएका प्रतिक्रिया र सुझावहरुप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।

समय अभावलाई मध्यनजर गर्दै अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका कारणले यस प्रक्रियामा कुनै कमीकमजोरीहरू देखिएमा सच्याउन पाइने समयको सदुपयोग गरिने कुरामा सहमत हुँदै सूची पेश भएको हो ।

उक्त बन्दसूचीमा रहेका त्रुटिहरु सच्याउन निर्वाचन आयोगद्वारा दिइएको समयसीमाभित्र पार्टीले कुनै त्रुटि देखिएमा सुधार गरी समयमै पेश गर्ने जानकारी गराइन्छ । अतः बन्दसूचीमा सच्याउनुपर्ने विषयमा पौष १७ गते बिहान १०:०० बजेभित्र यथोचित सुझाव प्रदेश सभापति मार्फत् वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन सकिने छ।
धन्यवाद ।
पार्टी सचिवालय

25/12/2025

क्रिसमसकाे हार्दिक शुभकामना ।

13/12/2025

वि.सं. २०८२ मंसिर १७
ने.सं.११४५ थिंलाथ्व त्रयोदशी

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको शुभकामना

'अपाङ्गता समावेशी समाजको प्रवर्द्धन, सामाजिक उन्नतिको संवर्द्धन' भन्ने मूल नाराका साथ मनाउन लागिएको ३४ औं 'अन्तर्राष्ट्रिय अपाङ्गता दिवस’ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण विशेष क्षमता भएका दाजुभाइ, दिदीबहिनी तथा अभिभावकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

अपाङ्‍गता भएका नागरिकहरूको हक अधिकार प्रवर्द्धनका लागि विश्वभर संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो। दिवसको औपचारिकतासँगै राज्यले अपाङ्गता भएका नागरिकहरूप्रति गरेको व्यवहार, प्रदान गरेको सेवा–सुविधा र सुनिश्चित गरेको अधिकारको समीक्षा गर्ने महत्त्वपूर्ण दिन पनि हो यो।

नेपालको संविधानले अपाङ्‍गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गर्नुका साथै समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा विभेदरहित आर्थिक रुपले समान, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने लक्ष्य लिएको छ । अपाङ्‍गताको आधारमा गरिने विभेदलाई निषेध गर्दै उहाँहरूलाई पनि अन्य नागरिक सरह राज्यका निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउने संविधानको मर्म हो। तर, व्यवहारिक कार्यान्वयनको पाटो अझै फितलो छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विश्वास गर्दछ कि, अपाङ्गता हुनु भनेको असक्षमता होइन, बरु यो मानव विविधताको एक पाटो हो। अपाङ्गता भएका व्यक्तिहरूलाई दया वा सहानुभूति होइन, अवसर, अधिकार र आत्मसम्मानको खाँचो छ। सार्वजनिक यातायात, सरकारी कार्यालय, सडक पेटीदेखि लिएर सूचना प्रविधिसम्मको पहुँचलाई ‘अपाङ्गता मैत्री’ बनाउनु राज्यको दायित्व हो।

हामी चाहन्छौं– राज्यका हरेक नीति-निर्माण तहमा अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता होस्। शिक्षा, स्वास्थ्य र रोजगारीमा उहाँहरूको सहज पहुँच स्थापित गर्न र उहाँहरूमा अन्तर्निहित प्रतिभालाई राष्ट्र निर्माणमा उपयोग गर्न हाम्रो पार्टी सदैव प्रतिबद्ध छ। विशेष गरी प्रविधिको प्रयोगमार्फत् अपाङ्गता भएका व्यक्तिहरूको जीवनलाई सहज बनाउन र उहाँहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन राज्यले विशेष कार्यक्रम ल्याउनुपर्नेमा हामी जोड दिन्छौं।

अपाङ्गता भएका व्यक्तिहरूप्रति समाजमा विद्यमान विभेदकारी दृष्टिकोण परिवर्तन गर्दै समतामूलक, समावेशी र न्यायपूर्ण समाज निर्माण गर्न आजको यस दिवसले हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछौं ।

डोल प्रसाद अर्याल
कार्यवाहक सभापति

Address

Dailekh
DUNGESHWOR

Website

Alerts

Be the first to know and let us send you an email when Rsp duneshwor municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share