राष्ट्रिय स्वतन्त्र पार्टी डुङ्गेश्वर ०१ सचिवालय

  • Home
  • Nepal
  • Dailekh
  • राष्ट्रिय स्वतन्त्र पार्टी डुङ्गेश्वर ०१ सचिवालय
Directions

राष्ट्रिय स्वतन्त्र पार्टी डुङ्गेश्वर ०१ सचिवालय Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from राष्ट्रिय स्वतन्त्र पार्टी डुङ्गेश्वर ०१ सचिवालय, Political Party, Dailekh.

11/10/2026

नेपालीहरूको महान् पर्व विजया दशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्व–२०८३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

यी चाडपर्वहरूले हाम्रो समाजमा आपसी सद्भाव, भाइचारा, एकता, सहिष्णुता र सामाजिक सद्भावलाई अझ प्रगाढ बनाउँदै परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारीबोध बढाउन प्रेरणा प्रदान गरून्।

आउनुहोस्, चाडपर्वको खुसीसँगै समाजमा विद्यमान विकृति, विसङ्गति र विभेदको अन्त्य गर्दै सुशासन, पारदर्शिता, जवाफदेहिता र समृद्ध नेपालको निर्माणका लागि हातेमालो गरौँ। सम्पूर्ण नेपालीको मुहारमा खुसी, हरेक घरमा समृद्धि र राष्ट्रमा सुशासन स्थापित होस्। हार्दिक मंगलमय शुभकामना!

09/10/2026

प्रिय घण्टी मित्रहरु ! क्यान्डिडेट क्लबमा आबेदन दिनुभयो ?
या दिने सोचमा हुनुहुन्छ ।

दिनुभयो/हुनुहुन्छ भने ध्यान दिनुस् :

१.आबेदन दियको हो छनौट होइन त्यसैले सन्जालमा पोष्ट नगर्नुस् ।
२.नेता चिनेको भर नपर्नुस/लबिङ नगर्नुस् ।
३. पार्टी छोडेर आउनु भएको छ भने पार्टी त्यागको बिज्ञप्ती निकाल्नुस् ।
४.भुगोलको बारे ज्ञान लिनुस्, रणनीतिक योजना तर्फ केन्दृत हुनुस् ।

एकै गल्तिले हजुर उमेदवार बन्न बन्चित हुनुपर्ने हुन सक्छ ।
ख्याल गर्नुस् ।

🔥 कर्णाली तयार छ—जनताको आवाज सुनाउन! 🔥कर्णाली मा भोग रोग विकटता अभाव गरिबी बेरोजगारी पछौटेपन कुरिती राज्य को पहुँच बाट  ...
08/10/2026

🔥 कर्णाली तयार छ—जनताको आवाज सुनाउन! 🔥कर्णाली मा भोग रोग विकटता अभाव गरिबी बेरोजगारी पछौटेपन कुरिती राज्य को पहुँच बाट निकै टाढा राखियको तर रास्वपाको पर्खाइमा रहेको कर्णाली
“हामी सुन्छौँ” अभियान अन्तर्गत कर्णाली प्रदेशमा पाल्नुहुने राष्ट्रिय स्वतन्त्र पार्टीका सम्माननीय केन्द्रीय सदस्यज्यूहरू तथा माननीयज्यूहरूलाई हार्दिक स्वागत तथा सम्मान! 🙏
कर्णालीका गाउँ–बस्तीमा पुगेर जनताको दुःख, समस्या, आवश्यकता र अपेक्षा सुन्ने यो अभियान केवल भेटघाट होइन—जनताको आवाजलाई नीति र निर्णयको केन्द्रमा पुर्‍याउने अभियान हो।
अब भाषणभन्दा बढी जनताको कुरा सुनौँ,
आश्वासनभन्दा बढी काम गरौँ।🇳🇵

07/10/2026
राष्ट्रिय स्वतन्त्र पार्टीको “हामी आउँदैछौं” कार्यक्रम अन्तर्गत डुङ्गेश्वर गाउँपालिकामा यही असोज २२ गते कार्यक्रम आयोजना...
06/10/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको “हामी आउँदैछौं” कार्यक्रम अन्तर्गत डुङ्गेश्वर गाउँपालिकामा यही असोज २२ गते कार्यक्रम आयोजना हुँदैछ।

यस कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ।

📍 कार्यक्रम स्थान: डुङ्गेश्वर गाउँपालिका, डाँडापराजुल, दैलेख
🕚 समय: बिहान ११:०० बजे
📅 मिति: २०८३ असोज २२ गते

आउनुहोस्, कार्यक्रममा सहभागी भई जनतासँग प्रत्यक्ष संवाद र अन्तरक्रिया गरौँ।

06/10/2026

🔥 कर्णाली तयार छ—जनताको आवाज सुनाउन! 🔥कर्णाली मा भोग रोग विकटता अभाव गरिबी बेरोजगारी पछौटेपन कुरिती राज्य को पहुँच बाट निकै टाढा राखियको तर रास्वपाको पर्खाइमा रहेको कर्णाली
“हामी सुन्छौँ” अभियान अन्तर्गत कर्णाली प्रदेशमा पाल्नुहुने राष्ट्रिय स्वतन्त्र पार्टीका सम्माननीय केन्द्रीय सदस्यज्यूहरू तथा माननीयज्यूहरूलाई हार्दिक स्वागत तथा सम्मान! 🙏
कर्णालीका गाउँ–बस्तीमा पुगेर जनताको दुःख, समस्या, आवश्यकता र अपेक्षा सुन्ने यो अभियान केवल भेटघाट होइन—जनताको आवाजलाई नीति र निर्णयको केन्द्रमा पुर्‍याउने अभियान हो।
अब भाषणभन्दा बढी जनताको कुरा सुनौँ,
आश्वासनभन्दा बढी काम गरौँ।
🇳🇵

पार्टिको ‘हामी आउँदै छौँ’ अभियानमा कर्णाली प्रदशको दैलेख   जिल्लामा पाल्नुहुने सम्पूर्ण केन्द्रीय नेताज्यूहरू, सांसदज्यू...
06/10/2026

पार्टिको ‘हामी आउँदै छौँ’ अभियानमा कर्णाली प्रदशको दैलेख जिल्लामा पाल्नुहुने सम्पूर्ण केन्द्रीय नेताज्यूहरू, सांसदज्यूहरू तथा पार्टीका आदरणीय सहयात्रीहरूलाई हार्दिक स्वागत तथा घण्टीमय अभिवादन टक्राउँछौँ! 🙏🔔🔔🔔

05/10/2026

भूमि सम्बन्धी समस्या समाधानमा सरकारको प्राथमिकता र आगामी कार्यदिशा : अहिले सम्म ५७३७ लालपुर्जा बितरण

वि.सं. २०१५ सालको संसदीय निर्वाचनमा तत्कालीन सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमै लेखेको थियो "पहिले आवाद भएपछि पर्ती रहन गएको जग्गा एवं त्यस्ता वन, जसलाई राख्दा फाइदा छैन, तिनलाई फँडानी गरी प्राप्त भएको जग्गा र भूमिको अधिकतम सीमा निर्धारण गर्दा आएको अधिक भूमि समेत भूमिहीन किसानलाई प्राथमिकता दिने गरी बाँडिनेछ।”

त्यसयता देशमा व्यवस्था फेरिए। पञ्चायत आयो, सुधारिएको पञ्चायत आयो, बहुदल आयो, प्रजातन्त्र आयो, गणतन्त्र आयो। विभिन्न समयमा बहुमतका सरकार बने, दुईतिहाइका सरकार बने, मिलिजुली सरकार बने तर सात दशकअघि राजनीतिक घोषणामा लेखिएको सुकुम्बासीको समस्या आज पनि समाधान गर्नुपर्ने प्रमुख राष्ट्रिय मुद्दाका रूपमा रहेको छ।

दशकौँदेखि यही समस्या समाधान गर्छौँ भनेर नागरिकसँग मत मागियो। जग्गा पाइन्छ, लालपुर्जा पाइन्छ, भूमिको समस्या अन्त्य हुन्छ भनेर आश्वासन दिइयो। तर आयोग बने, समिति बने, कार्यविधि बने, अध्ययन भए, निर्णय भए र फेरि ती निर्णयहरू रोकिए। संरचना फेरिए, सरकार फेरिए, तर भूमिहीनको अवस्था उस्तै रह्यो।

पूर्ववर्ती सरकारले भूमि समस्या समाधानका नाममा विभिन्न आयोग तथा संरचना खडा गर्‍यो। राजनीतिलाई केन्द्रमा राखेर बनेका ती संरचनामा राज्यले ठूलो स्रोत र समय खर्च गर्‍यो। वि.सं. २०७७ देखि गत वर्षसम्म सम्म मात्र यस्ता संरचनामा दुई अर्ब रुपैयाँभन्दा बढी राज्यको खर्च भएको देखिन्छ। तर त्यसको तुलनामा अपेक्षित नतिजा आएन।

समस्या समाधान गर्नुपर्ने संरचना नै समस्या समाधानमा बाधक बन्ने अवस्था देखियो। त्यसैले हामीले निर्वाचनपूर्व गरेको घोषणाअनुसार तरिका नै परिवर्तन गरेर काम सुरु गरेका छौँ।राजनीतिक भागबन्डा र अनावश्यक तह थपेर होइन, विषयविज्ञता, स्थानीय तहसँगको समन्वय र स्पष्ट जिम्मेवारीका आधारमा परिणाम निकाल्ने बाटो रोजेका छौँ। यो प्रक्रिया छरितो, पारदर्शी र राज्यलाई कम भार पर्ने किसिमको बनाउने प्रयास गरिएको छ।

भूमि समस्या समाधान समिति गठन भएपछि अहिले देशभरका तथ्यांक एकीकृत रूपमा संकलन र प्रशोधन भइरहेका छन्। हालसम्म प्रणालीमा कुल १३ लाख ११ हजार १९७ निवेदन प्रविष्ट भइसकेका छन्। यी निवेदनको अध्ययन तथा प्रमाणीकरणको काम अघि बढिसकेको छ र अब प्राथमिकता निर्धारण गर्दै समाधानतर्फ अगाडि बढिरहेका छौँ।

विभिन्न जिल्लामा लालपुर्जा नभएका स्वबासी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी ५,७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण भइसकेको छ।यो सुरुवात हो। अब यसलाई तीव्र गतिमा देशभर विस्तार गर्ने चरणमा हामी प्रवेश गरेका छौँ।

सार्वजनिक महत्वका क्षेत्र तथा जोखिमयुक्त स्थानमा बसेका भूमिहीन सुकुम्बासीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने प्रक्रिया अघि बढेको छ। काठमाडौं उपत्यकाबाट विस्थापित परिवारहरूको हकमा उनीहरूको स्थायी वतन भएको जिल्लामै भूमि व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको छ।झुटो विवरण दिई आफूलाई भूमिहीन देखाउनेहरूको अभिलेख भिडान गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया समेत सुरु भएको छ।

भूमि सम्बन्धी ऐन, वन ऐन तथा अन्य सम्बन्धित कानुनमा आवश्यक सुधार गरी यो प्रक्रियालाई थप गति दिने दिशामा सरकार अघि बढिरहेको छ। समस्या समाधान रोक्ने कानुनी, प्रक्रियागत तथा संरचनागत अवरोधहरू आवश्यकताअनुसार परिवर्तन गर्दै समाधानको बाटो खोलिँदैछ।

हामीले निर्वाचनमा स्पष्ट वाचा गरेका छौँ : १,००० दिनभित्र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने। यसलाई रास्वपा सरकारको स्पष्ट कार्यसम्पादन लक्ष्य (KPI) का रूपमा अघि बढाइएको छ।अब जिल्ला जिल्लामा भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्दै, क्रमशः सुकुम्बासी समस्यामुक्त जिल्ला घोषणा गर्ने र यस समस्यालाई सधैँका लागि समाधान गर्ने दिशातर्फ सरकार अघि बढेको छ।सात दशकसम्म आश्वासन पाएका नागरिकले अब लालपुर्जा पाउनुहुन्छ।त्यसका लागि हामी काम गरिरहेका छौ ।

लोकतन्त्र जोगाउने नेताले होइन , जनताले हो जनता लोकतन्त्रको पक्षमा छन सभापति रबि लामिछाने Rastriya Swatantra Party - RSP
05/10/2026

लोकतन्त्र जोगाउने नेताले होइन , जनताले हो
जनता लोकतन्त्रको पक्षमा छन
सभापति रबि लामिछाने Rastriya Swatantra Party - RSP

05/10/2026

हिजोको राष्ट्रिय स्वतन्त्र पार्टी दैलेख जिल्ला कमिटी बैठकमा प्रबेसि साथीहरूलाई स्वागत भयो, विगतमा भएका कामकारबाहीहरू समीक्षा भयो अनि पार्टीको हामी सुन्छौँ कार्यक्रम २० गते देखि २७ गतेसम्म गर्ने कार्यक्रम छ हजुरहरूको समस्याहरूलाई सम्मानका साथ विशेष प्राथमिकता दिइनेछ।

Address

Dailekh
DUNGESHWOR

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पार्टी डुङ्गेश्वर ०१ सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share